

नेपाली साँस्कृतिक प्रतिभालाई अवसर
'ANA-2009' वाषिर्कोत्सवको तयारी जोडतोडमा
एसोसिएसन अफ नेपलिज इन अमेरिकाको २७ औं वाषिर्कोत्सव 'अना ०९' सुन्दर शहर ओकल्याण्डमा जुलाई २ देखि ५ सम्म विशेष साँस्कृतिक कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गर्ने तयारी भैरहेको छ । उत्तर क्यालिफोर्नियामा बस्ने नेपालीहरु विभिन्न उपसमितिहरु बनाएर कार्यक्रम उच्च सफलताका साथ सम्पन्न गर्न समर्पित भएर लागेका छन् । क्यालिफोर्निया राज्यको सानपmानसिस्कोनजिक रहेको सुन्दर ओकल्याण्डमा हुने यस सम्मेलनमा साँस्कृतिक कार्यक्रम मुख्य आकर्ष रहनेछ । अनाको वाषिर्कोत्सवमा साँस्कृतिक कार्यक्रम एक विशेष आकर्षाको विषय बन्दै आएको छ, यस पटक त्यस विशेषतामा थप आयाम देखापर्नेछ । समूहका सदस्यहरु अमेरिका र क्यानाडाभरि छरिएर रहेका प्रतिभाशाली नेपाली कलाकारको खोजीमा लागिरहेका छन् । यस प्रतिभा-खोज अभियानमा जहाँ जस्ाले यो समाचार सुन्न र पढ्न सक्नुहुनेछ, उहाँलाई त्यस्ता प्रतिभाको खोजी तथा पहिचान गरी सहयोग गरिदिन समेत अनुरोध छ । उत्कृष्ट प्रतिभाहरुले आफ्नो कलालाई सिडी बनाएर साँस्कृतिक समूहका सदस्यहरुलाई anaculturalprogram09@gmail.com मा सीधै पठाउन अथवा यू-ट्युवमा राखी लिङ्क पठाउन पनि अनुरोध छ । साँस्कृतिक समूहकी संयोजक सुधा शाहसँग प्रत्यक्ष सर्म्पर्क राखेर पनि सहभातिताका लागि नाम लेखाउन सकिनेछ । अनाको यो वाषिर्क कार्यक्रम सबै नेपालीको साझा कार्यक्रम भएकोले सबै प्रतिभाशाली नेपाली कलाकारले आफ्नो प्रतिभा देखाउन पाउनर्ुपर्छ र अवसरबाट वञ्चित हुनु हुँदैन भन्ने आयोजकको मान्यताअनुसार यसरी उत्कृष्ट कलाकारको खोजी गरिएको हो । साँस्कृतिक कार्यक्रमका विधाहरुमा नृत्य, गीत, छोटो प्रहसन, मुक्तक, हास्यव्यङ्गय, क्यारिकेचर हुनेछन् । नेपाली सँस्कृति, सभ्यता र परम्परा झल्किने किसिमका नेपाली भाषा वा अन्य स्थानीय जातजातिका भाषाहरु ज्ास्तै शर्ेपा, तामाङ्ग, मगर, थकाली, भोजपुरी, न्ोवारी, मैथली, थारु, चेपाङ् वा अन्य कुनै पनि जातीय भाषामा समेत आफ्नो प्रतिभा पठाउन सकिनेछ । सिडी वा लिङ्क मे १५ सम्म आयोजकलाई पठाइ सक्नुपर्ने व्यवस्था गरिएको छ । कुन विधा र कुन कलाकारलाई कार्यक्रममा सहभागी गराउने वा नगराउने भन्ने कुराको अन्तिम निर्ण्र्ाासाँस्कृतिक समूहका सदस्यहरुले गर्नेछन् । प्रस्तुति र स्तरीयतताका आधारमा कलाकार र विधाको छनोट हुनेछ ।
सम्मेलनमा सहभागी हुनचाहन ऋबलबमब पब नेपालीका लागि सर्म्पर्क व्यक्ति गोविन्दसिंह रावत हुनुहुन्छ । उहाँको सर्म्पर्क नम्बर ४१६-६७१-३७४७ रहेको छ ।
अनिल पाण्डे
प्रचार-प्रसार संयोजक
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक