20090315

अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका प्रतिनिधिलाई माओवादी कुटपीट

माओवादी निकट अखिल क्रान्तिकारीका कार्यकर्ताले एमाले निकट अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका प्रतिनिधिलाई कुटपीट गरेका छन् । उम्मेदवार मनोनयन नगर्न दबाब दिंदै अनेरास्ववियुका उमेश पाठक र नेविसंघका दिर्घसिं लामालाई आइतवार बिहान कानपुर क्याम्पसमा कुटपीट गरेका हुन् । माओवादी कार्यकर्ता टासी लामाको नेतृत्वमा रहेको समूहको कुटपीटबाट घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । पाठकको अनुहारमा र लामाको पेटमा चोट लागेको छ । दुवै जना उम्मेदवारी दर्ताका लागि आ-आफ्ना संगठनका तर्फबाट प्रतिनिधिको रुपमा त्यहाँ पुगेका थिए । कुटपीटका बाबजुद पनि उम्मेदवारी दर्ता गरिएको लामाले टेलिफोनबाट बताए । नेविसंघका जगतबहादुर लामाको नेतृत्वमा संयुक्त प्यानलले कानपुर क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । त्यस्तै अखिल क्रान्तिकारीले मेखबहादुर लामाको नेतृत्वमा उम्मेदवारी गरेको छ । मत दिन पाउने स्नातक तहका विद्यार्थी उक्त क्याम्पसमा ३६ छन् । जिल्लाका अन्य १० वटा क्याम्पसहरुमा पनि स्ववियू चुनावका लागि आइतवार नै उम्मेदवारी मनोनयन हुँदैछ । सबै क्याम्पसमा अनेरास्ववियु र नेविसंघले संयुक्त प्यानलबाट उम्मेदवारी दिने भएका छन् ।


बसको ठक्कर बाट दुइको मृत्यु


- अमर क्षितिज भण्डारी

दाङ,चैत,३, दाङको तुल्सीपुरमा बसको ठक्कर बाट आज दर्ुइ जनाको मृत्यु भएको छ ।
सल्यानबाट नेपालगञ्जका लागि छुटेकोे भे १ ख ६५८ नम्वरको बसले दाङ तुल्सीपुरको बिरेन्द्र चौक नजिक ठक्कर दिदा पैदलयात्री दुइ जनाको मृत्यु भएको होे । बसको ठक्करबाट जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत २५ बषिर्य खलंगा सल्यानका खगेन्द्र सिंजालीको घटनास्थलमै र दाङ तुल्सीपुरका ३८ बषिर्य खुमबहादुर वलीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय दाङलेे जनाएको छ
ठक्कर दिने बस र चालकलाइ इलाका प्रहरी कार्यालय तुलसीपुरले आफ्नो नियन्त्रणमा लिएको छ ।


नेपाली नारी आवाजको गठन र नयाँ कार्यसमिती


नेपालबार्टर् इजरायल आई बिभिन्न ठाउँमा कार्यरत महिलाहरुको सामाजिक संंस्थाको रुपमा बिगत २ बर्षदेखि बिभिन्न समस्यामा परेका महिलाहरुलाईर् इजरायलको सामाजिक सँस्थासँग मिलेर समस्यामा परेका महिलाहरुको निम्ति कार्यरत यो संस्था २ बर्षपछि अझ यो सँस्थालाई अझ त्रि्रताका साथ अगाडि बढाउने अठोठका साथ नयाँ जोस जाँगरका साथ लक्ष्मी गिरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ । - गोमा खनाल, इजरायल

हार्दिक समबेदना

अमेरिकाको भर्जिनिया मनासस नीवासी हाम्रा मित्र ईन्द्र श्रेष्ठका पुज्यनिय पिता तथा भाउजु उत्तरा श्रेष्ठका ससुरा अनन्त नारायण श्रेष्ठ को ८७ बर्षको उमेरमा निधन भएको खबरले हामीलाई दुखित तुल्याएकोछ । यस दु:खद घडीमा स्वर्गिय आत्माको चिर सान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौँ ।

- रामप्रसाद् खनाल, तिर्था पौडेल एबम खनाल परिवार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक