20090316

नेपाली सेनालाई कमजोर र कथित जनसेना लाई मजबुत बनाउन फेरी अर्को खेल सुरु

प्रचन्ड र बादलले आगोमा हात हाल्दैछन, राष्टपति, प्रधानमन्त्री र रक्षामन्त्रीसंग प्रधानसेनापतिद्वारा छुट्टाछुट्टै भेटवार्ता


जताततै बाट कमजोर र भाताभुङग हुँदै गएको प्रचन्ड सरकारले नेपाली सेना लाई कमजोर र आफ्नो कथित जनसेना लाई मजबुत बनाउन फेरी अर्को खेल सुरु गरेपछी सेना भित्र खैलाबैला मचिएकोछ, यस् ले फेरी अर्को राजनीतिक अन्योल स्रिजना गरेकोछ ।
पदावधी थप्न सिफारिस गरिएका जर्नेलहरुलाई रक्षामन्त्रालयले अवकाश दिएलगत्तै प्रधानसेनापति रुक्माङ्गत कटुवालले उच्चस्तरीय भेटघाट गर्नुभएको छ । प्रधानसेनापति कटुवालले आज राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्ड र रक्षामन्त्री रामवहादुर थापा वादलसंग छुट्टा-छुट्टै भेट गर्नुभएको हो । भेटका क्रममा प्रधानसेनापति कटुवालले पदावधि सकिएका ८ जना जर्नेलहरुकेा समयावधि थप्न आग्रह गर्नुभएको स्रोतले बताएको छ । यसअघि ८ जना जर्नेलहरुको पदावधि थप्न नेपाली सेनाले गरेको सिफारिस रक्षामन्त्रालयले अस्वीकार गरेको थियो । सरकारले प्रदीप विक्रम राणा, नरेन्द्र बहादुर रावल, शिव पौडेल, नर बहादुर कँडेल, राजु प्रताप केसी र रमेश विष्टलाई अवकाश दिएको छ । केही समय अघिदेखि रक्षामन्त्रालय र सेनाबीचको विवाद चुलिदै गएपछि एकले अर्काको निर्ण्र्ााअस्वीकार गर्ने क्रम पनि सुरु भएको छ ।
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोईरालाले सेनाका जर्नेलहरुको म्याद नथप्ने सरकारको निर्णय प्रति आपत्ति जनाउनुभएको छ । पार्टीका नेताहरुसाग छलफल गर्दै कोईरालाले माओावादी नेतृत्वप्रति आक्रोश व्यक्त गर्नुभएको हो । प्रधानसेनापतिले सिफारिस गरेपनि रक्षा मन्त्रालयले अस्वीकार गरेका आठ जना जर्नेलहरुको सेवा अवधि थप्न कांग्रेसले आजै पहल गर्ने भएको छ । स्रोतका अनुसार कोईरालाले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गर्नु हुनेछ । कांग्रेस नेता रामशरण महतले यो विषयले फेरि तनाव सिर्जना गर्ने भएकोले त्यसो हुन नदिन पहल गर्न लागिएको उज्यालोलाई जानकारी दिनुभयो । अवकाश दिंदा सेनामा भ्याकूम रहने भएकाले सेवा अवधि थप्नु पर्ने कांग्रेसको तर्क छ । छलफलका क्रममा कोइरालाले माओवादीका क्रियाकलाप प्रति आपत्ति जनाउनुभएको थियो । स्रोतका अनुसार १४ जना जर्नेलको सेवा अवधि सकिन लाग्दा कांग्रेसले आप\mना तर्फबाट केहीको नाम सिफारिस गरेको थियो । तर सिफारिस रक्षाले अस्वीकार गरेको छ । सरकारले प्रदीप विक्रम राणा, नरेन्द्र बहादुर रावल, शिव पौडेल, नर बहादुर काडेल, राजु प्रताप केसी र रमेश विष्टलाई अवकाश दिएको छ । सिफारिस भएर पनि ब्रिगेडियर जनरलको सयावधि थप नभएको यो पहिलो घटना हो।´
नेपाली सेनामा हाल ५८ जना ब्रिडियर जनरल, १५ जना मेजर जनरल छन्।
सोमबार प्रकाशित माओवादी निकट मानिने जनदिशा दैनिकले आफ्नो प्रमुख समाचारमा ´यसपटक अवकास पाउने सबै जर्नेलहरुले वर्तमान लोकतान्त्रिक सरकारलाई पर्याप्त सहयोग नगरेको´ बताएको छ। ´उनीहरुले सरकारको आदेशको बेवास्ता गर्दै नेपाली सेनामा थप भर्ना अभियानमा सहयोग गरेका थिए,´ जनदिशाले थप लेखेको छ- ´उनीहरुकै उक्साहटमा कटवालले रक्षामन्त्रीको आदेशलाई समेत चुनौति दिदैं गैरसंवैधानिक तवरले भर्ती प्रक्रियालाई अगाडि बढाएका थिए।´

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक