20090405

प्रचन्डले प्रधान न्यायाधिसलाई धम्काए !

जर्नेल अवकास मुद्दा सुनुवाइ अघि प्रधानमन्त्री-प्रधानन्यायाधीश भेट

मुद्दा मा प्रभाब पार्ने हेतुले प्रधानमन्त्री प्रचन्डले प्रधान न्यायाधिस लाई बालुवाटार बोलाएरै के गरेको हो अदालतले यस्तो ? हामी त बिद्रोहबाट आएका हौँ , भोली फेरी अर्को बिद्रोहमा जान तयार छौं तर अदालत का न्यायाधिस ले बुझे राम्रो भनी धम्काए पछी नयाँ राजनीतिक तरङ उत्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान प्रधानन्यायाधीश केदारप्रसाद गिरीलाई भेटेका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा रक्षाले अवकास दिएका ८ जना जर्नेलको मुद्दाबारे छलफल भएको स्रोतले जनाएको छ। आठ जर्नेललाई अवकास दिने सरकारी निर्णयविरुद्ध सर्वोच्चले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै रक्षा मन्त्रालयले दायर गरेको मुद्दामा आइतबार सर्वोच्चमा सुनुवा हुँदैछ। न्यायाधीशद्वय रणबहादुर बम र सुशीला कार्कीको संयुक्त इजलासमा हुने सुनुवामा रक्षा मन्त्रालय र विपक्षीलाई छलफलका लागि बोलाइएको छ। आठ जर्नेललाई अबकास दिने निर्णयबिरुद्ध सर्वोच्चले दिएको अन्तरिम आदेश उचित नभएको भन्दै रक्षा मन्त्रालयले डेढ साताअघि सर्वोच्चमा रिट दायर गरेको थियो। अबकास दिने रक्षा मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्नु भन्ने सर्वोच्चको आदेशपछि अबकास पाएका आठ जर्नेल पूर्ववत् काममा फर्किएका छन्। प्रधानमन्त्री दाहालले आइतबार बिहानै भारतीय राजदूत राकेश सुदलाई पनि छुट्टै भेटेका छन्। भेटको विषायमा केही खुलाइएको छैन। भारतीय राजदूत बाहिरिने बित्तिकै प्रधानन्यायाधीश गिरी बालुवाटार प्रवेश गरेका थिए।


घाँटी रेटेर तीन जनाको हत्या

धनुषामा गएराति एक शिक्षक सहित तीन जनाको हत्या भएको छ । हरिहरपुर गाविसको हरिहरिपुर प्राविका प्रधानाध्यापक मेघबहादुर बम्जन तथा स्थानीय सुखन महतो र विहारी महतोको अपरिचित समूहले घाँटी रेटेर हत्या गरेको हो । तीनै जनाको शव पुष्पलपुर गाविसमा पर्ने जलाध नदी किनारमा फेला परेको प्रहरीलाई उधृत् गर्दै उज्यालो सहकर्मी धरवेन्द्र झाले जनाएका छन् । हत्यापछि स्थानीय बासिन्दाले ढल्केवर -जनकपुर सडक खण्डमा गाडी चल्न दिएका छैनन् । घट्नास्थलबाट प्रहरीले ना १ त १५५४ नम्बरको ट्याक्टर बरामद गरेको छ । मारिएका तीनै जना हिजो ट्याक्टर चढेर पुष्पलपुरतिर गएका थिए । तीनै जनालाई ट्याक्टरबाट ओरालेर हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ । यस्तै रोल्पाको र्घर्ति गाउँ-१ का शेर बहादुर र्घर्तिले आफ्नै बाबुको हत्या गरेका छन् । र्घर्तिले धारिलो हतियार प्रहार गरी आफ्नै बुबा पत्रबहादुर र्घर्तिको हत्या गरेको अञ्चल प्रहरी कार्यालय राप्तीले जनाएको छ । शेर बहादुरलाई प्रहरीले पक्रेको छ ।


न्युयोर्कमा नेपालीहरुले नयाँ नेतृत्व चुने

न्युयोर्क वरपर बसोबास गर्ने नेपालीहरुको सामाजिक संगठन रिजउड नेपलीज सोर्साईटीको आगामी दर्ुइ वर्षा लागि नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएको छ । आइतवार यहाँ सम्पन्न सोर्साईटीको चौथो अधिवेशनले र्सवसम्मत रुपमा यसरी नयाँ नेतृत्व चयन भएको हो ।
र्सवसम्मत रुपमा यसरी चयन भएको नयाँ समितीको अध्यक्षमा श्री पराजुली ,उपाध्यक्षमा रविकिरण कोईराला,सचिवमा गजेन्द्र बुढाथोकी,कोषध्यक्षमा मिलन शाही र सदस्यमा कृष्ण विष्ट,मिना श्रेष्ठ,कमला तिमिल्सिना,हरी काफ्ले र किशोर भण्डारी रहनुभएको छ । आइतवार साँझ देखि शुरु भएको अधिवेशनको सभापतित्व समितीका अध्यक्ष मोहन ज्ञवालीले गर्नुभएको थियो । सभामा सचिव गजेन्द्र बुढाथोकीले सचिवको तर्फाट वाषिर्क प्रतिवेदन र कोषध्यक्षको तर्फाट रवि किरण कोइरालाले आर्थिक प्रतिवेदन र श्री पराजुलिले सस्थाको विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई छलफलका साथ सहभागीहरुले पास गरेका थिए ।
निर्वाचन समितीको तफबार्ट प.मोतिराज भुषालले नयाँ नेतृत्व चयन र्सवसम्मत रुपमा भएको घोषणा गरेपछि आयोजित औपचारिक कार्यक्रममा नेपाली जनसर्म्पर्क समिति अमेरिकाका महासचिव वेद प्रसाद खरेलले यसरी नेपालीहरुको संगठनमा सहमती र समझदारीका आधारमा नयाँ नेतृत्व चयन हुनु खुसिको कुरा हो भन्दै आज नेपालमा कर्ुर्चिका लागि मारामार चलिरहेको बेलामा मोहन ज्ञवालीले प्रजातान्त्रिक तवरले नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिनु उहाँको महानता हो भन्नुभयो । रिजउड स्थापना गर्ने ज्ञवालीको अनुभवलाई नव निर्वाचित समितिले सदुपयोग गर्न जाने संस्थाको मात्र विकास नभएर सारा अमेरिकामा बस्ने नेपालीहरुको समेत भलाई हुने छ भन्नुभयो ।
त्यसै गरि रिजउड नेपलिज सोर्साईटिका पर्ूव सचिव एवं समाजसेवी सरोज श्रेष्ठले रिजउडबाट सुरुवात भएको यो संस्था आज अमेरिका भरिका नेपालीले मात्र होइन नेपालमा बस्ने नेपालीहरुको समेत आस्थाको केन्द्र बन्न पुगेको छ । नवनिर्वाचित समितीले यसलाई अझ वृहत रुपमा विकास गरि नेपालीहरुको साझा संगठन बनाओस भन्दै अनुभवी साथीहरुलाई समेटी अगाडी बढ्न अनुरोध समेत गर्नुभयो ।
सभालाई संम्वेाधन गर्दै रिजउड नेपलिज सार्साईटिका संस्थापक अध्यक्ष मोहन ज्ञवालीले हिजो आफू यस ठाउमा आँउदा एक जना नेपाली थिएनन् । र आज झन्डै हजार जनाको हाराहारीमा हाम्रो बसोवास वृद्धि भएको स्मरण गर्दै हामीले संगठनमा केही लिन हैन दिने भावनाले लाग्नु पर्दछ भन्दै आज यो संस्था रोजगारी नपाउने नेपालीलाई रोजगारी दिलाउने,बास नपाएकालाई बास दिलाउने र मृत्यु भएर सहयोग नपाएका नेपालीलाई सहयोग जुटाउने,दुःख ,परि मर्का परेका नेपालीको मर्म बुझिदिने संस्थाको रुपमा विकास भएको छ । यो संस्थालाई नवनिर्वाचित समितीले अझ संगठित र प्रभावकारी बनाउन पर्दछ भन्दै आफूले कहिल्यै पनि म अध्यक्ष भय भन्ने भावना राखिन हमेसा मैले म यो अमेरिकामा रहेका नेपालीहरुको चौकिदार हुँ भन्ने भावनालिएर काम गरेकाले आज यो संस्था नेपालीहरुको साझा संस्थाको रुपमा परिणत भएको हो । यसलाई यसरी नै अगाडि बढाउन म तपाईहरुलाई जुनसुकै सहयोग गर्नपनि तत्पर रहेको छु भन्नुभयो ।

नवनिर्वाचित अध्यक्ष श्री पराजुलिले आफू र आफ्नो टिमलाई र्सवसम्मत रुपमा चयन गरिएकोमा सम्पर्ूण्ा सहभागीलाई धन्यवाद दिदै मोहन ज्ञवालीको योगदान अतुलनिय छ र भविष्यमा उहाँको सक्रिय सहयोग हामीलाई चाहिन्छ भन्दै न्यूयोर्कमा गत साल रिजउड नेपलिज सोर्साईटिद्धारा स्थापति दर्ुगा मन्दिरको निमार्ण्र्ाावकास र संञ्चालनका लागि म मोहन ज्ञवालीलाई मन्दिर संञ्चालक समितिको अध्यक्षका रुपमा रहिदिन यही सभामा प्रस्ताव गर्छर्ुुन्नुभयो । त्यसरी राखिएको प्रस्तावको सम्पर्ुण्ा उपस्थित सहभागीहरुले ताली बजाए र स्वागत एवं अनुमोदन गरेका थिए । आफूहरु सधैं संस्थाको हितका लागि क्रियाशील रहने यसैगरी आफूलाई नेतृत्वमा पुर्याउनका लागि सहयोग गर्ने न्युयोर्कका सम्पर्ूण्ा नेपालीहरुलाई नवनिर्वाचित अध्यक्ष ले आभार व्यक्त गर्दै दर्ुइ वर्षो कार्यकालमा सम्पर्ूण्ा नेपाली समुदायको हितका लागि क्रियाशील रहने प्रतिवद्धता जनाउँदै नयाँ नेतृत्वलाई सहयोग पुर्याउन सबै शुभेच्छुकहरुलाई आग्रह गर्नुभएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक