20090404

गिरिजाबाबुको स्मरण सक्ती गुम्यो !!!

बढदो उमेरसँगै नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले देशका चर्चित व्यक्तिका नामसमेत किन बिर्सन थालेका छन् कि बिर्सिएको अभिनय गर्न थालेका छन्। नेपाली राजनीतिका प्रमुख पात्र यी ८६ वर्षीय वृद्धले नेताले शनिबार बिहान वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा पूर्व राजाको समेत नाम भुलेपछि उनको स्मरणशक्तिमा कमी आएको अनुमान यहाँका पत्रकारले गरे। ´मैले त्रिभुवन, महेन्द्र, वीरेन्द्र …… ´ भन्दा भन्दै कोइराला एकछिन अलमलिएर थपे, ´अहिलेकाको नाम के रे?´ कोइरालाले सहयोगीलाई सोधेपछि उपस्थित पत्रकार हाँसे। पूर्व राजाको नाम विर्सनुलाई महत्व नदिएको नभई स्मरण शक्तिमा कमि आएको हुनुपर्ने अड्कल तब काटियो जब उनले पत्रकार ऋषि धमलाको समेत नाम बिर्से। पक्राउ परेका धमलालाई रिहा गर्न आग्रह गर्न खोजेका उनले पत्रकारको नाम याद नभएपछि सहयोगीलाई "´एरेस्टमा´ परेको पत्रकारको नाम के रे ?" भनेर सोधेका थिए।

व्यक्तिको नाम मात्रै हैन पत्रकार सम्मेलनमा धार्मिक सहिष्णुताको बारेमा कुरा राख्दै गरेका उनले प्रसिद्ध मन्दीरको नाम समेत भुलेका थिए। ´पहाडमा रहेको एउटा मन्दीर छ नी त्यो के रे ?´ - उनले सहयोगीलाई सोधे। सहयोगीले ´मनकामना´ बताएपछि कोइरालाले, ´हो मनकामनामा मगर पुजारी रहेको सुनाए।´ उनले सिंहदरबार अगाडिको मन्दीरको समेत नाम भुले। जहाँ पोडे पुजारी हुने उनले बताउन चाहेका थिए। सहयोगीले भद्रकालीको नाम लिएपछी कोइराला हाँसे। पत्रकार सम्मेलनमा उनले ´अस्पताल´ अगाडिको मन्दीरको नाम समेत साधे। सहयोगीले कुन हस्पटील नसोधी सिधै ´महांकाल´ भनेपछी कोइराला पुनः हासेका थिए। करिब १० मिनेट लामो पत्रकार सम्मेलनमा उनी पत्रकारसँग खुलेर बोलेका थिए। यसबीचमा उनले कतीपय पुराना कुरा याद गरेर आफ्नो स्मरण शक्ति राम्रै रहेका देखाउँदै थिए। ´तर पुनः दोस्रो पटक उनले धमलाको बारेमा बोल्न खोजे। संयोग यसपटक पनि उनलाई याद भएन। सहयोगीलाई फेरि सोध - ´ त्यो एरेष्ट भएको पत्रकारको नाम के रे ?´ - उपॆन्द्र लामिछाने

शनिबार, आईतवार : कबिता, गजल, गीतपनि

मनभरीका सवालै सवाल

-विद्या सापकोटा

उसका ती सजल नेत्र
आकर्षक/मायालु अनुहार
अनि आद्र ओंठहरुले
गरिरहे निरन्तर आमन्त्रण ।।
मेरो अनियन्त्रित मन
अनायसै सपना सजिएका नयन
प्यास भरिएका चाहना
तानिरहने उन्मुत्त उत्कण्ठा
त्यसपछिको मिलनको क्षण ।।
आमन्त्रण पछिको भेट
तड्पाइ पछिको पूनर्मिलन
सपनापछिको अनौठो विपना
आहा कति मिठो व्यग्रता ।।
नशालु उसका ओंठहरु
मुस्कुराइरहेका दन्तलहर
सम्मोही आँखाहरु………………
तटस्थ मात्र तटस्थ ।।
अस्वभाविक जठता/मौनता
वना पोखाइको प्रतिक्षा
अनी,
मनभरीका सवालै सवाल
अझैपनि किन बन्द ओंठहरु
वास्ना प्रवाह के का लागि
आँखा जुधाइ के का लागि
यो तड्पाइ नै के को लागि
निरुतरित मनका सुनामीहरु ।।
कल्पना त एकान्त मै मिठो हुन्छ
तड्पाइ त एक्लै भोग्न सजिलो हुन्छ
आद्रता त सम्झँदैमा तृप्त भइन्छ
तव चुपचाप चुपचाप
सम्मुख हुनु अर्थहिनता ।।
अझै निरुतरित छु म
यो दोहोरो दुखाइ किन
निरन्तरको आमन्त्रण किन ? ?
समयले दिएको निष्कर्ष
सपनाको रुपान्तरण
निशव्दता, अलौकिकता, अनियन्त्रिणता
ब्यर्थता…… ब्यर्थता अनि प्रष्टिएको वास्तविकता ।।

- कल्याणपुर ७, नुवाकोट, -हाल : शंकरदेव कलेज, काठमाडौं ।, nirjala0008@gmail.com


आज
- Shekhar Dhungel

राष्ट्रवाद रोएको छ , बेसहरा बनी
स्वाभिमान गिरेको छ, धम्कीनै धम्की बनी
अपनत्व भागेको छ, अविश्वास बनी
विश्वास हराएको छ , शंकाको बादल बनी
शान्ति हराएको छ, बारुदको धुवाँ बनी
आँशु सुकेको छ , बैंस मै पीडा बनी
धैयर्ता टुटेको छ , दैनिक निरीह बनी
गन्तव्य छुटेको छ हाम्रो, अरुको भरमा परी ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक