20090403

ज्यादती रोकिएन माओवादीको : कुटपिट र कालोमोसो

एकिकृत नेकपा माओवादीका कार्यकर्ताले नेपाली कांग्रेस दोलखा च्यामा गाउँ सभापति कृष्णप्रसाद फुँयाललाई शुक्रबार बिहान नियन्त्रणमा लिई कुटपिट गरेका छन्। माओवादीले आफ्ना क्षेत्रीय सचिव सन्तोष फुँयाललाई घरमा थुनेको आरोप लगाई कांग्रेस सभापतिलाई कुटपिट गर्नुका साथै कालोमोसो दलेर गाउँसमेत डुलाएको बताइएको छ। माओवादीका क्षेत्रीय सचिव सन्तोषले आफ्नी भतिजी नाता पर्ने एक युवतीसगँ अवैध सम्बन्ध राखेको आरोप लगाउँदै काङ्ग्रेस सभापति फुँयालको नेतृत्वमा गएका स्थानीय गाउलेहरुले सन्तोषको घरमा बाहिरबाट ताला लगाईदिएका थिए। तेतिबेला सन्तोष र उनकी भतिजी घर भित्रै थुनिएका थिए। माओवादीका जिल्ला सदस्य एवम स्थानीय शिक्षक पवन फुँयालले भने स्थानीय युवतीहरु पढ्न सन्तोषको घरमा गएको तर अबैध सम्बन्ध नराखेको बताएका छन्। सभापति फुँयाललाई माओवादी कार्यकर्ताले शुक्रबार १० बजेसम्म आफ्नो नियन्त्रणमा लिएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख यज्ञबिनोद पोख्रेलले प्रहरी टोली घटनास्थल तर्फ पठाएको र अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

नेपाल टे्रड यूनियन कांग्रेस (स्वतन्त्र) का केन्द्रीय सदस्य टिपी खनाल माओवादी सम्बद्ध अखिल नेपाल होटल तथा रेस्टुरेण्ट मजदुर संघका कार्यकर्ताको आक्रमणबाट घाइते भएका छन्। अन्नपूर्ण होटलको क्यासिनो अन्नाका कर्मचारी खनाललाई गत हप्ता होटल परिसरमै संघका कल्पदीप र्राईलगायतका कार्यकर्ताको एक समूहले घरेलु हतियार प्रयोग गरी सांघातिक आक्रमण गरेको ट्रेड युनियन कांग्रेसले जनाएको छ। खनाल विगत ८ वर्षेखि सो होटलमा कार्यरत छन्। कान र टाउकोमा चोट लागेका खनाल एक हप्ता नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार गर्राई घर फर्केको उनको पारिवारिकस्रोतले जनाएको छ। यसैबीच नेपाली कांग्रेसले खनालमाथिको आक्रमणलाई माओवादी र्सवसत्तावादको संंज्ञा दिँदै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ। ँविपरीत विचार राख्नेलाई पेलेर जाने माओवादी प्रवृतिको एउटा नमुना हो यो’ -कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले भने। माओवादीमा हिंसात्मक धङधङी बाँकी नै रहेको भन्दै प्रवक्ता केसीले खनालमाथिको आक्रमण होटलको आन्तरिक कुरा मात्र नभएको बताए।

एकीकृत नेकपा माओवादी पोलिटब्युरो सदस्य धर्मेन्द्र बाँस्तोलाले नेकपा एमालेको भातृ संगठन युथफोर्स क्रान्तिकारीलाई सिध्याउने ´प्रतिक्रान्तिकारी जत्था´ भएको आरोप लगाएका छन्। माओवादी काठमाडौं क्षेत्र नं १ र २ द्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बाँस्तोलाले प्रतिगामीहरुद्वारा युथफोर्सलाई ´माओवादी र वाईसीएललाई सिध्याउन परिचालन गरिएको´ दाबी गरे। युथफोर्सले बुटवलमा वाईसीएलद्वारा आफ्ना कार्यकर्ता मारिएको दाबी गरेपछि दुई दलबीच तिक्तता बढिरहेका बेला माओवादी नेताले सत्ता साझेदार दल एमालेको भातृ संगठनमाथि त्यस्तो आरोप लगाएका हुन्। बाँस्तोलाले माओवादी छरिएका कम्युनिष्ट क्रान्तिकारीलाई समॆटेर एउटै क्रान्तिकारी पार्टी बनाउने अभियानमा लागेको बताए। तर यो अभियानको बाधकका रुपमा एमाले रहेको आरोप लगाए। ´छरिएका क्रान्तिकारीहरुको एकै ठाउँमा ल्याउने अभियान माओवादीले थालेको छ। क्रान्तिकारी पार्टी निर्माणको यस अभियानमा संशोधनवादी एमाले बाधक छ´ बाँस्तोलाले भने। नेपाली सेनालाई लोकतन्त्रीकरण गर्ने प्रक्रियामानेपाली कांग्रेस र एमालेजस्ता संसदवादी दल बाधक रहेको दाबीसमेत बाँस्तोलाको थियो।

14 killed at immigration center, N.Y. USA


Twelve to 14 people were killed Friday whe n a gunman walked into an immigrant services center and opened fire, Gov. David Paterson said. A federal law enforcement official said the gunman was found dead in the building. "I speak for all of New York when I offer my prayers for the victims and families of this tragedy," Paterson said hours after the gunman shot several people and took dozens hostage. The gunman first blocked the back door with his car, authorities said. Two people were seen in handcuffs as they left the building, but NBC's Pete Williams said they were not suspects and that police were simply taking extra precautions as people left the building.
मुलुकमा प्रजातन्त्र मास्ने षडयन्त्र भइरहेकोछ

नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले मुलुकमा प्रजातन्त्र मास्ने षडयन्त्र भइरहेको बताउनु भएको छ । प्रजातन्त्रकै नाममा विभिन्न तत्वले प्रजातन्त्रलाई कमजोर बनाउने षडयन्त्र गरिरहेकाले त्यसबाट सचेत रहन उहाँले सबैसंग आग्रह पनि गर्नुभएको छ । नेपाल ट्रेड यूनियन काँग्रेस स्वतन्त्रको चौथो एकता राष्ट्रिय महाधिवेशनको वीरगन्जमा उद्घाटन गर्दै कोइरालाले हरेक क्षेत्रमा प्रजातान्त्रिक संरचनामाथि आक्रमण भइरहेको बताउनु भयो । उहाँले आफनो राजनीतिक पृष्ठभूमी पनि मजदूर आन्दोलनबाट शुरु भएको स्मरण गर्दै मजदूरहरुको हक अधिकारका लागि लड्न आफु तयार रहेको बताउनुभयो । शान्ति, स्वतन्त्रता र वर्गिय सुरक्षा हाम्रो अभियान, मर्यादित काम र सामाजिक सुरक्षाकालागि लोकतान्त्रिक सविधान भन्ने मुल नाराका साथ सुरु भएको एकता महाधिवेशन पर्सिसम्म चल्नेछ । महाधिवेशनमा देशभरका मजदुर प्रतिनिधिका साथै अरु १५ देशका मजदूर संगठनका नेताहरुको पनि सहभागिता छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक