20090402

मन्त्रिपरिषद् बहिष्कार र संसदको बैठक अवरोध, माओवादी-एमालेबीच कटुता कायमै

बुटवल घटनाले गर्दा माओवादी र एमालेबीच संबन्ध निकै चिसिएको छ , एकीकृत नेकपा माओवादीका एकजना वरिष्ठ नेताले बुटवलमा एमाले कार्यकर्ताको हत्यामा संलग्न भनी आरोपित आफ्ना कार्यकर्तालाई प्रहरीसमक्ष गिरफ्तारी दिन निर्देशन दिएको जनाएका छन्। एमालेले दोषीमाथि कारवाहीको माग गर्दै संसद, सरकार र सडकमा माओवादी विरुद्ध दबाब बढाउँदै लगेपछि माओवादीबाट त्यस्तो आदेश दिईएको सार्वजनिक भएको छ। माओवादीका वरिष्ठ नेता टोपबहादुर रायमाझिले बीबीसीसंग कुरा गर्दै भने, “किटानी जाहेरी दिइएको व्यक्तिलाई आफूमाथि लागेको आभियोग गलत-सही के हो पुष्टी गर्न तुरुन्त खोजी गरिरहेको निकायमा जान निर्देशन दिइएको छ।” हत्याका आरोपी वाईसिएल रुपन्देहीका अध्यक्ष सुजित विश्वकर्माले बिहीबार साँझसम्म गिरफ्तारी नदिएकाले सरकारका दुई प्रमुख घटकबीच बिग्रिएको सम्बन्धमा सुझार देखिएको छैन।
एमाले महासचिव इश्वर पोखरेलले भने, “दोषी कानुनको दायरामा नआउँदासम्म मन्त्रिपरिषद् बहिष्कार र संसदको बैठक अवरोध गरिरहन्छौँ।” माओवादी नेता रायमाझी हत्यालाई लिएर बुटवलमा भएको आगजनी र तोडफोडको नेतृत्व गरेको अभियोगमा आफूहरुले दिएको किटानी अनुसार एमालेका स्थानीय नेताहरुलाई पनि कारवाही हुनु पर्ने बताउँछन्।
उनले एमालेले बुटवल घटनालाई बहाना मात्र बनाएको बताउँदै भने, “बुटवल घटना निमित्त कारण मात्रै हो। एमालेले पहिलेदेखि नै घुर्क्याउने, मोलतोल गर्ने र सरकारको काम तीव्र र प्रभावकारी हुन नदिने प्रयास गरिरहेको छ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विदेश भ्रमणमा रहेकाले सरकारमा एमाले टोलीको नेतृत्व गरेका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम अहिले कार्यवाहक प्रधानमन्त्री छन्। त्यसैले पनि मन्त्रिषरिषद् र संसद बैठक बस्न नदिने एमालेको भूमिकाको केहीले आलोचना गरिरहेका छन्। तर एमाले महासचिव पोखरेलले संक्रमणकालीन राजनीतिमा माओवादीसंग आफ्नो पार्टीको त्रिआयामिक सम्बन्धले गर्दा त्यसो भएको बताए। उनले भने, “अग्रगमनको लागि सहकार्य, अतिवादको खण्डन र अराजकता तथा अपराधपूर्ण क्रियाकलापको प्रतिवाद गर्ने त्रि-आयामिक नीति अनुरुप माओवादीसंगको सम्बन्ध अघि बढाईरहेका छौँ।”
माओवादी विरुद्ध एमालेको कदमले प्रतिपक्षी दलहरुलाई पनि बल दिएको छ। मंगलबारको संसद बैठकमा गैरमाओवादी दलहरु माओवादी विरुद्ध एकजुट भएका थिए। त्यसैकारण सरकारले अध्यादेश पेश गर्नै नपाई बैठक शनिबारसम्मको निम्ति स्थगित गरिएको थियो। तर राजनीतिक खिचातानी जारी रहंदा शनिवारको बैठक पनि अनिश्चित देखिएको छ।


भारतले मिचिरहने, नेपाल थिचिइरहने आखिर कहिले सम्म त ?
- Surya Kumar Khsyatri

"छोड छोड बिस्तारवाद नेपालभूमी छोड,
भ्ाारतीय सेनाहरु कालापानी छोड"
जीवन शर्माले गाए यो गीत, जनताले सुने ,राज्यले प्रतिवन्ध लगायो सुन्न सुनाउन र गाउन । सिमाना हस्तक्षेपको बिरोध राज्यले गर्नुपर्ने थियो तर गरेन । स्वाभिमानी नेपालीको छोराले गाएको गीतसंगीतलाइसमेत राज्यले रोक लगायो । त्यसको उपहार हामीले कैले सुस्ता त कैले पशूपतिनगर, त कैले दार्चुलाका सयौ बिघा जमिन रातारात दिन बाध्य छौ अहिलेसम्म।
असल छिमेकीको नाममा हामी भारतको बलात्कार धेरै प६क सहदै आइरहेका छौ । नेपालको पर्ुव देखि पश्चिमसम्मका धेरै भुभाग हामीले रातारात भारतको भएको सून्दै आएका छौ । भुपरिबेष्ठिकको नाममा हामी हाम्रा पर्ूखाले बगाएको रगत र दिएको बलिदानीको अवमूल्यन गरिरहेका छौ निरह बनेर । सुगौली सन्धीलगायतका अन्य सन्धीले पारेको गहिरो ३ाउहरु चहृराइरहेको बेलामा भारतले नूनचूक र्छर्ने काम गर्दै आएकाछ । जंगेपिल्लरहरु थाहै नपाइकन गायव भएकाछन् । एक ठाउबाट अर्को ठाउमा सारिएकाछन् ।हजारौ नागरीकहरु ीबहान उठदा भारतीय बनेका छन् । यस्तो अवस्थामा हामी बिरोध त के वोल्न पनि नसक्ने अवस्थामा छौ ।
भारतलाइ बिस्तारवाद र अमेरिकालाइ साम्राज्यवाद भन्दै दश वर्षजंगलमा फलाक्दै आएको सत्ताधारी एकिकृत माओवादीले चुइक्क पनि यि अन्यायको बारेमा आवाज उठाएको छैन ।नेपालीभुमीमा दिनदिनै खुनी नङग्रा भारतले गाडीरहेकोछ । सिमा सुरक्षार्थ खटिएका भारतीय सूरक्षाकर्मीहरुको नेपाली कुटपिट गर्नू र सिमाना मिच्नू असली ड्यटी भएको छ। बिगतका सरकार र वर्तमानका अन्य राजनीतिक दलहरुलाइ भारतको इशारामा चल्दै आएको भनी भाषण गर्ने माओवादी पनि सरकारमा आएपछि भारतकै इशारामा चलेको रहेछ भन्ने प्रष्ट हून्छ। संविधानसभा निर्वाचनबाट ठुलो दलको बिल्ला भिरेको माओवादी सरकारमा आएपछि पनि भारतले कयौ पटक सिमाना मिचिसकेको छ । खोइ सरकार चलाउदै आएको माओवादीले बिरोध गरेको । खोइ त हिजो जंगल वस्दा भारतसंग लडन खनेका बङकरहरु । यि सवै कुराहरु प्ाछि सारे पनि खोइ त एउटा राष्ट्रियताको लागी बि१प्ति प्रकाशित गरेको पार्टर्ीीे नाममा । आखिर नेपाली जनतालाइ जून जोगी आए पनि कानै चिरेका भने जस्तै भयो माओवादी सरकार पनि ।
त्यसो त भारतले आफुभन्दा कमजोर मुलुकहरु माथी अपनाउदै आएको बिस्तारवादी नीति,नेपालका राजनेता र समग्र सरकार भारतपरस्त हूनु, पनि नेपालका सिमाना मिचिनुका मुख्य कारण हनू् ।भारतले दक्षिण एसियाका साना देशहरुमा एकछत्र रुपले हस्तक्षेप गर्दै आएको छ । रािष्६्रयताको सवालमा कुरा गर्दा सन् १९६२ देखि नेपालको दार्चुला जिल्लाको कालापानीमा भारतले आफ्नो सैनिक क्याम्प खडा गरेको छ । समग्र नेपालको १ सय ६२ बढी ठाउहरुमा भारतले हस्तक्षेप गरेको छ ।यो मिचाहा प्रबृति एउटै आमाको कोखबाट जन्मेको दाइले, भाइको अंश मिचे जस्तो कुरा हो र - यहा त राष्ट्रियता र नेपाली स्वाभिमानको सवाल छ ।
नेपालका सत्ताधारी, र अन्य दलहरुले भारतको बिरुद्धमा एक शव्द उठाउन सक्दनन् भने कस्तो र कस्को लागि राजनीति गरेका छन् । कस्तो राष्ट्रियताको कुरा गर्छन उनीहरु- यस्तै अवस्था भइरहने हो भने हाम्रै देशमा राजनीति गर्नेहरुले भोलिका दिनमा नेपाललाइ "टेण्डर" खुलाएर बेच्न पनि पछि नपर्लान भन्न सकिन्न । अर्न्तराष्ट्रिय नियम कानुन हरुलाइ समेत मिचेर भारतले अहिले पनि नेपालका सिमानाहरुमा बांध बांधेको छ । जुन बांधका कारण बर्षोनी हजारौं बिघा नेपालीभुमी डुवानमा पर्ने र अनगिन्ती नेपालीहरु बिस्थापित भइरहेको उदाहरण प्रशस्त छन् । यसको उदाहरण कोशी बांध पनि हो ।
नेपाल र भारतले १९५० को नेपाल भारत सन्धी, १८१५ को नेपाल र इष्ट इन्डियाबीचमा भएको सन्धीहरुलाइ अवका दिनमा एक साथ बसेर अध्ययन गरौ अनि मात्र थाहा हुन्छ हामीले के कति गुमाएका रैछौ र भारतले पनि बुझोस की अत्याचार कति गरेका रहेछौ भनेर । ओरालो लागेको मृगलाइ गाइको बाच्छोले लखेट्छ भने झै बन्दुकधारी भारतीय सेनाले सिमाना मिचिरहेको बेला भारतीय सिनेकर्मीले समेत बूद्ध भारतमा जन्मेका थ्ािए भन्नु कति सम्मको दादागिरी हो । चादनी चोक ट चाइना सिनेमालाइ नेपालमा मात्र प्रतिबन्द गरेर सरकारले ठुलो भूल गरेको छ , सकिन्छ भने सिनेमा निर्माता लाइ नै र्सार्वजानिक माफी माग्न लगाउनु पर्छ । अव हामी कहिले सम्म भारतको मिचाहा प्रबृति सहेर बस्ने हो भविष्यको गर्भमा सिमित छ ।

अमेरिकामा हार्दिक स्वागत छ


पछील्लो पिडिका प्रखर गायक भाई मिलन लामा, गायिकाहरु : प्रिय बैनी निसा सुनार, देबिका केसी तपाईं हरुलाई अमेरिकामा हार्दिक स्वागतछ । नायिका पुजना प्रधान र अन्य कलाकारहरुलाई पनि । आसा छ तपाईंहरुको अमेरिका बसाइ र कार्यक्रम सुखद हुनेछ । साथ मा आयोजक लोक छन्त्यालजी र मोहन थापा जि लाई पनि यसका लागि धेरै धेरै धन्यवाद । सबै अमेरिका बासी नेपाली दाजुभाइ दिदी बहिनिहरुलाई कार्यक्रम सफल पारीदिन सहयोग गिरिदिन पनि अनुरोध छ । लोकगीत र दोहोरीगीत अजर अंबर रहोस् कामना पनि ।

- रामप्रसाद खनाल, अध्यक्ष्य
अन्तराष्ट्रिय कलाकार मन्च, अमेरिका


Video By RamHari Subedi ji/ Dcnepal


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक