20090422

प्रधान सेनापती फेरे माओवादी सरकार ढालिदिने भारतीय चेतावनी

प्रधानमन्त्री धर्म संकटमा, बामदेव माओवादी तिर, ओली काङ्रेस तिर, सम्सद अबरुद्ध,

अपडेट:

प्रधानसेनापतिको विषयमा कुनै ठोस निर्णय नगरी बुधबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करीब आधा घण्टा बसेको बैठकमा प्रधानसेनापतिले दिएको स्पष्टिकरणको गम्भीर अध्ययन गर्ने र अर्को बैठकबाट त्यससम्बन्धी निर्णय लिने सहमति भएको सूचना तथा संचारमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा फोरमका मन्त्रीहरु भने सहभागी थिएनन् । प्रधानसेनापतिले दिएको स्पष्टीकरण सबै मन्त्रीहरुलाई अध्ययन गर्नका लागि बाँडिएको छ ।
के साच्चै जोरी खोजेकै हो प्रचन्ड जि मसँग, देखाइदिउत ?????


प्रधानसेनापतिलाई स्पष्टीकरण सोधिएको विषयपछि बढेको राजनीतिक ध्रुविकरणकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बिहान राष्ट्रपति डा. रामवरण यादवलाई भेटेका छन् । शितल निवासमा भएको भेटवार्तामा प्रधानसेनापतिका विषयमा सरकारले लिने निर्णयबारे छलफल भएको बुझिएको छ । भेटपछि प्रधानमन्त्रीले राष्ट्रपतिसंग सकारात्मक छलफल भएको छोटो प्रतिक्रिया दिए । भेटमा राष्ट्रपतिले विभिन्न दलहरुले स्पष्टीकरण विषयमा जनाएको चिन्ताबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए । प्रत्युत्तरमा प्रधानमन्त्रीले गतिरोध अन्त्य गर्न सबैसंग मिलेर आफू अघि बढ्ने प्रतिवद्धता जनाएको स्रोतले जनाएको छ । राष्ट्रपतिलाई भेटे लगत्तै बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ । बैठकले प्रधानसेनापतिको स्पष्टिकरणपछि सरकारले चाल्ने कदमबारे छलफल गर्नेछ ।
स्पष्टिकरण प्रक्रियापछि विकसित राजनीति घटना क्रमबारे छलफल गर्न अहिले माओवादी सचिवालयको बैठक पनि बसेको छ । यसैबीच, प्रधानसेनापतिलाई अवकाश दिने प्रस्ताव मन्त्रिपरिषद्मा आए एमाले मन्त्रीहरुले त्यसलाई समर्थन गर्ने गृह एंव उपप्रधानमन्त्री बामदेव गौतमले जनाएका छन् । प्रधानसेनापतिलाई स्पष्टीकरण सोध्ने सरकारी निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले रोष्टम घेराउ गरेपछि व्यवस्थापिका संसदको बैठक मंगलबार पनि अवरुद्ध भएको छ ।
सरकारी निर्णयप्रति कांग्रेसले गरेको विरोधमा सत्तारुढ घटक एमाले, मधेसी जनअधिकार फोरम लगायतका दलहरुले समेत ऐक्यबद्धता जनाएका छन् । यसअघि स्पष्टीकरण सोध्ने निर्णयको विरोधमा कांग्रेसले बहिष्कार गरेपछि सोमबार पनि संसद अबरुद्ध भएको थियो । माओवादीबाहेक एमाले, फोरम, सदभावना लगायतले कांग्रेसको भनाइप्रति ऐक्यबद्धता जनाएका छन् ।
कांग्रेस सभासद् शेरबहादुर देउवाले सरकारले खराब नियतका कारण स्पष्टीकरण लिएको आरोप लगाउदै तत्काल त्यसलाई फिर्ता लिनुपर्ने माग गरे ।एमाले सभासद् प्रदीप ज्ञवालीले सत्तारुढ दलसँग समेत छलफल नगरी प्रधानसेनापतिलाई स्पष्टीकरण सोधेको भन्दै आफ्नो दलको सहमति नभएको बताए । फोरमका सभासद् शरतसिंह भण्डारीले जनताको सर्वोच्चताको नाममा माओवादीले सर्वसत्तावाद लाद्न खोजे स्विकार्य नहुने बताए । आरोपको प्रतिवाद गर्दै माओवादी सभासद् सीपी गजुरेलले स्पष्टीकरण फिर्ता लिनुपर्ने माग गणतन्त्रको उपहास भएको टिप्पणी गरे । कांग्रेसले जनताभन्दा माथि राखेर सेनालाई महत्व दिएको गजुरेलले आरोप लगाए । सोमबार प्रधानसेनापतिलाई स्पष्टीकरणका लागि पत्र पठाएदेखि छिमेकी देश भारतका राजदूत राकेश सूद पनि बेचैन छन्। प्रधानसेनापतिको कुरामा पनि भारतबाट आएको निर्देशनका कारण सूदको व्यस्तता भ्याइनसक्नुको छ। सोमबार, मंगलबार दिउँसो र साँझ गरी तीन पटक भेटिसके सूदले प्रधानमन्त्रीलाई। मंगलबार दिउँसो भेटपछि ‘ज्वरो आएर’ मन्त्रिपरिषद्‍को बैठक स्थगित भएको थियो। स्थगित भएपछि फेरि सूद बालुवाटार छिरेका थिए। बालुवाटार सूत्रबाट प्राप्त जानकारी अनुसार हरेक भेटमा सूदले प्रधानमन्त्रीलाई थर्काउने गरेका छन्। सूदले एक हप्ताभित्र सरकार ढाल्ने चेतावनी पनि दिएका रहेछन्।
“प्रधानसेनापतिलाई बर्खास्त गर्ने काम तत्काल रोक, हैन भने एक हप्ताभित्र तिमीहरुको सरकार अस्थिर हुनेछ। अनि त्यो अस्थिरताको जिम्मेवार तपाईँ हुनुहुनेछ, सिर्फ तपाईँ,” यसो भनेर सूदले हिजोको अन्तिम भेटमा प्रधानमन्त्रीलाई थर्काएका रहेछन्। भारतको असन्तुष्टि खुल्ला रुपमा भारतीय मिडियामा पनि आइसकेको छ। त्यही चारैतिरबाट दबाब आएर होला, सँधै रातोपिरो देखिने प्रधानमन्त्री हिजो निन्याउरो देखिएका थिए। पछि ज्वरो आएको भनेर साँझ ५ बजे बस्न लागेको भनिएको मन्त्रिपरिषद्को बैठक पनि बस्न सकेन। अब आज बैठक बस्दैछ। राष्ट्रपति डा.रामवरण यादवले प्रधानसेनापतिलाई अहिले अवकास संविधान र कानुनविपरित हुने भएकाले त्यसलाई रोक्न सुझावसहितको पत्र प्रधानमन्त्रीलाई मंगलबार पठाएका छन् । संविधानको संरक्षकको हैसियतले गैरसंवैधानिक कदम रोक्नु आफ्नो कर्तव्य रहेको उल्लेख गर्दै पत्र पठाएको दावी राष्ट्रपति कार्यालयले बतायो ।माओवादी नेतृत्वको सरकारले प्रधानसेनापति रुकमांगद कटवाललाई स्पष्टीकरण लिई हटाउन लागेको बेला राष्ट्रपतिले यस्तो कदम चालेका हुन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक