20090407

मृत घोषणा गरी चितामा राखिएको शव अचानक चल्न थालेपछि !!!

नर्सिङ होमले मृत घोषणा गरी चितामा राखिएको शव अचानक चल्न थालेपछि सोमबार पशुपति आर्यघाट केही आतंकित बन्यो।
मोरङबाट सिन्धुपाल्चोकस्थित घर लैजान ल्याएको शव पशुपति आर्यघाटमा जलाउन खोज्दा मृतक भनिएका व्यक्तिले अचानक सोमबार हात चलाएका थिए। कलंकीनिवासी हिमाल खाती बिरामी भएपछि मोरङस्थित ससुरालीमा बस्न गएका थिए।
ससुरालीमै बिरामी भएपछि नर्सिङहोममा भर्ना भएका थिए। उपचारकै क्रममा उनको मृत्यु भयो भनिएपछि उनका आफन्तले काठमाडौं ल्याएका थिए। परिवारकै सल्लाहमा सोमबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने निधो भएपछि चितामा राख्दा उनले हात चलाएका थिए। मृत्यु भएको भनिएको मान्छे अचानक चलेपछि आतंकित बन्न पुगेको पशुपति आर्यघाटमा प्रहरी प्रभाग गौशालाबाट प्रहरी निरीक्षक सन्तोष तामाङको टोली पुगेको थियो।
प्रहरीले आर्यघाट परिसरमा शव जलाउन खोज्ने आफन्त र हर्र्ने दर्शकलाई तितरवितर गरी खातीलई प्रहरी भ्यानमा हाली नर्सिङहोममा लगेको थियो। शवलाई दोस्रो पटक चितामा पुर्याएर दागबत्ती दिन लाग्दा हात चलाएको हल्ला चलेपछि शवमा दागबत्ती दिन लागेका खातीका साला ज्ञानेश्वर श्रेष्ठ र ससुरा गोविन्द श्रेष्ठलाई आर्यघाटबाटै पक्राउ गरिएको थियो।
गौशालाका प्रहरी निरीक्षक तामाङका अनुसार शवले हात चलाएपछि नर्सिङ होम लगिएको र नर्सिङहोममा पुर्याउनासाथ मृत्यु भएको थियो। प्रहरीले रहस्यमय मृत्यु हुन सक्ने आशंकामा शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ। मृतकको शरीरको विभिन्न भागमा नीलडाम रहेको प्रहरीले जनाएको छ। सो घटनामा थप अनुसन्धान भइरहेको गौशाला प्रभागका निरीक्षक तामाङले बताउनुभयो। - नेपाल समाचारपत्र

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक