20090408

नेपाली सेना को औचित्य के ???

- शेखर ढुङेल

नेपाली शेनापतीहरु अब ईतिहास देखाएर टल्कने फुली , पद र भत्ता पचाउन दुस्प्रयास नगर । ईतिहास एक निर्जिब भावना हो त्यो भावना ले बर्तमान यथार्थता लाई स्विकार गरेको छैन आँफै एउटा ईतिहास बनाउदा मात्र गर्ब गर्न सकिन्छ । स्पस्टै छ बर्तमान नेपाली शेना लाई गौरब साली बनाउने शाह बंशिय राजसंथा को कबच बन्न सकेन जब कि हिजो सम्म राजसंथा यस्कै भरमा टिकेको आरोप लागेको थियो । जस्ले कथित गौरब साली शेना को स्थापना गराएको थियो । स्पस्टै छ जनता को साथ को हुइया हाक्ने शेना ले जनता को प्रजातन्त्र र प्रजातान्त्रिक सेनानी हरु को रक्षा गर्न सकेन । आतंक को जाल मा फसेर म्रीत प्राय भएका छन ।
ईतिहास को पन्ना खोल्ने होइन कि ईतिहास कोर्ने हो । ऐतिहासिक परम्परा , सस्क्रिती , राष्ट्र धर्म , न्यायालय , राष्ट्रिय एकता , अखन्डता , सार्बभौम सत्ता माथि नाङो आक्रमण भैराखेको छ शेना को कुनै भूमिका र जिम्मेवारि हुँदैन ? ईतिहास र जनता को दुहाइ दीन्छन तर कुन ईतिहास को सम्रक्ष्यण र कुन जनता को शान्ती को चाहना पुरा गर्न सक्यो ? न त राजसस्था जोगाउन सक्यो न त २०४६ साल मा जनता को लामो संघर्श र बलिदान बाट प्राप्त संबिधान जोगाउन सक्यो ।
देश मा आतंक कारी हरुको राज चलेको छ शेना उन्लाई सेलुट ठोक्दै पद र भत्ता जोगाउन कुदेको छ । शेना ले जनता लाई जवाफ दिनु पर्दछ कि के यो जन समर्थित सरकार हो ? हो भने किन अमेरिका ले उनी हरु को आतंककारी बिल्ला हटाएको छैन ? के आतंक रोकिएको छ ? यो जनसमर्थन प्राप्त सरकार हो यस सरकार लाई सहयोग गर्नु कर्तब्य हो भन्ने ठान्दछौ भने जन सेना लाई किन समायोजन् गर्दैनौ ? किन सरकार को निर्णय को बिरोध मा अन्य दल को नेता लाई उचाल्दै छौ ? हालै एमाले नेता के पि ओली ले भन्नु भए झै हत्या , आतंक , र बलात्कारी हरु ले नेत्रित्व गरेको सरकार लाई मद्घत गर्नु यो शेना को धर्म हो ? के यो शेना ले जन आधार गुमाइ सक्यो ? र आतंकरी लाई सेलुट ठोक्दै उन्का गाली खाँदै पद मा मात्र बस्ने यो शेना को नेत्रित्व को उदेस्य हो ? लुटाहा , भ्रस्टाचारी , बिखन्डनकारी हरु ले देश राज गर्दा टुलु टुलु हेरेर बस्ने शेना बिस्व मा कही छ ? जनता को राजस्व मा देश ले ले सेतो हात्ती पाले झै शेना पाल्नु को औचित्य के हो बर्तमान शेना पती ले जवाफ दिन्छन कि ?
देश को तमाम बिक्रिती र अस्त ब्यस्तता प्रती नजर अन्दाज गर्नु , जिम्मेवारि बाट बिमुख हुनु बर्तमान शैनिक नेत्रित्व को पदिय लालच र अक्ष्यमता को पराकास्ठा हो । प्रजातान्त्रिक ब्यबस्था अनी देश को बिषीस्ठ धरोहर हरु धरायसी हुँदा रमिता हेर्नु राष्ट्रिय शेना को चरित्र हो ? अधिनायक बादी चरित्र को माओवादी लाई सहयोग गर्नु राष्ट्रिय सैनिक को धर्म हो ? किन प्रयोग गर्ने शेना ले ८६ बर्षिय गिरिजा बाबु लाई उन्ले ६० बर्ष लडेर लेराएको ससदिय ब्यबस्था टिकाउन मद्धत नगर्ने ले ? किन प्रयोग गरी राखेको छ अन्य दल लाई जो स्वयम आतंक कारी लाई सेलुट ठोकी राखेको छ ? दरबार को धर्म पुत्र बनी आसिर्बाद प्राप्त बर्तमन शेना प्रमुख ले राज सस्था को अबसान हुँदा खबर्दारी को एक शब्द किन बोलेनन ? जन जाती , भाषा भाषी , शघियता , को बिबाद लुट , आतंक , हत्या , अपहरण को दल दल मा देश भास्सिएको छ , सरकार पूर्णत असफल छ के गर्दै छ शेना को डि एम अाइ ? हिजो प्रजातान्त्रिक योद्धा हरु को चियो र दमन गर्ने शेना आज सैऔ शसस्त्र देश बिघठन कारी समुह को खोजी र नियन्त्रण किन गर्दैन ? जनता ले शेना को लागि ब्यहोरेको अरबौ रुपैयाँ के घोडे जात्रा , शिव रात्री पर्ब मनाउन र नालायक नेता हरु को अगाडि पछाडि पोशाक मा सज्जिएर शोभा बढाउन मात्र हो त ? शिर मा शिव को डमरू सिउरिने शेना ले उनै शिव राष्ट्र देब को अस्तित्व माथि धावा खोलिदा हेरेको हेरै छ । आन्तरिक बिबाद र आन्तक ले भोली बाह्य हस्तक्षेप निम्ताउने सम्भाबना देखिएको छ शेना को चासो को बिषय हो कि होइन ? पूर्व प्र म कृष्ण प्रसाद भट्टराई ले बिदेशी शेना ले आक्रमण गर्‍यो भने नेपाली शेना एक मिनेट पनि टिक्न सक्दैन भन्नु भएको थियो त्यो सत्य जस्तो लाग्दै छ किन कि आन्तरिक सुरक्षा मा समेत असफल वा मुक दर्शक यो शेना ले बिदेशी शेना को के सामना गर्ला ?
प्रश्न उठेको छ यो परम्परागत राष्ट्रिय शेना को मनोबल उच्च राख्न कुन अर्थ र स्वार्थ मा सहयोग गर्ने नेपाली जनता ले ? जस्ले आफ्नै गर्ब को उदगम स्थल राजसस्था फ्याकिदा टुलु टुलु हेर्यो मात्र , प्रजातान्त्रिक मुल्य र मान्यता , जनता को जीहु धन मा तबाही मच्चिदा रमिते मात्र बन्यो , राष्ट्र को स्वधर्मा माथि आक्रमण हुँदा न त मस्तक बन्यो , सैऔ ठाउँ मा सिमाना मिचिदा सुतिरह्यो ? देश जर्जिया , ईस्टटिमोर , र बोलिभिया को बाटो मा जांदै छ , माओवादी ले लोभ्याएको र मधेस ले मागे जस्तो अधिकार सहित को शघियता मा देश थेग्न सकिन्न भन्ने सम्बेदन सिल कुरा मा को चासो नराख्नु र भूमिका नखेल्नु को अर्थ के हो ? यस अर्थ मा बर्तमान शेना र शेना को नेत्रित्व को अर्थ र भूमिका अनी आवश्यकता र औचित्य के? नेपाली जनता को सम्पूर्ण आसा र भरोसा मा कुठारा घात हुँदा रमिते बन्ने यो राष्ट्रिय शेना को पछाडि बिर्द्ध प्रजातान्त्रिक नेता हरु किन लाग्ने शेना को औचित्य , शक्ती , र क्षमता स्वयम ले देखाउन अब किन बली चढ्ने नेता र जनता हरु ? परिबर्तित अवस्था भन्दै स्थापित प्रजातान्त्रिक ब्यबस्था , र त्यस्को धरोहर समेत बदली सकेको अवस्था मा आफ्नो औचित्य साबित गर्न नसक्ने यो शेना पनि बिघठन गरिदिए के फरक पर्दछ ? - यो यो लेखक को निजी बिचार हो ।


A Letter to Department Of State, USA

Department Of State
U S A

Nepal government has appointed Mr. Sukhdeb Sah, a controversial former International monetary fund officer with a law and order problem in the US, as an ambassador to the United States of America.
According to the Washington post, in 1991, Sangita Satyal, a Nepalese domestic servant, was awarded $40,000 in wages and legal fees from her Nepalese employers, I MF economist Sukhdev Shah and his wife Vijaya. Before receiving a visa, Satyal signed the usual contract guaranteeing minimum wage, overtime, and time off. But unbeknownst to Satyal and the State Department, Shah executed a secondary contract with the woman's father in Nepal, in which he agreed to deposit $50 a month into a bank account.
Satyal said she received food and lodging, but no salary, and was denied access to her bank account. In addition, Satyal, together with Mrs. Shah, ran a day care center in the Shah's Alexandria home, even though Mrs. Shah was legally prohibited from working in the U.S. Satyal eventually ran away. A recent visit to Shah’s home revealed that Mrs. Shah continues to run the day care center.
Apart from this, according to a Nepali news paper “Republica”, Mr. Sah married second time in the USA without divorcing his first wife in Nepal and he has paid a bribe of 10 million Rs. to the Foreign Minister to secure Ambassador’s position
Mr. Sah’s entanglement with law in the US and potentially in Nepal demands a thorough inquiry into his background.
Therefore, we, the members of the Nepali Diasporas in the US, would like to request you not to accept Mr. Sah as a Nepali ambassador to US without further inquiry.


Your faithfully

Shekhar Dhungel and Nepalese community
California U S A
20156 stanton ave. Apt .34
Castro Valley CA 94546
Shekhar1962@gmail.com


यस् पटकको नेपाली नयाँ बर्ष अमेरिकाको न्युयोर्कमा बरिस्ठ कलाकारहरु रामप्रसाद खनाल र भुवन केसीका साथमा रमाइलोसँग मनाउँ, साथमा अन्य कलाकारहरु पनि ।



भारतीय गृहमन्त्रीमाथि जुत्ता प्रहार

भारतका केन्द्रीय गृहमन्त्री पि चिदम्बरमलाई नयाँ दिल्लीमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा एक जना पत्रकारले जुत्ताले हानेका छन्। सत्तारुढ कंग्रेस पार्टीको मूख्यालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री चिदम्बरलाई ´दैनिक जागरण´ पत्रिकाका पत्रकार जर्नेल सिंहले आफैंले लगाएको जुत्ता खोलेर हानेका हुन्। यद्यपि गृहमन्त्री चिदम्बरमलाई जुत्ताले भने लागेन। सन् १९८४ मा भारतमा भएको शिखविरोधी दंगामा संलग्न भएको अभियोग लागेका कांग्रेसका एक वरिष्ठ नेता जगदीश टाइटलरलाई केन्द्रीय जाँच ब्युरोले क्लिन चिट दिएकोमा ती शिख पत्रकारले आक्रोश व्यक्त गरेका थिए। गृहमन्त्रीसँग सवाल जवाफ कै क्रममा ती पत्रकारले जुत्ता खोलेर हानेका थिए। ´म दैनिक जागरणबाट जर्नेल सिंह हुँ। जुन १९८४ को केशमा क्लिन चिट दिइयो… चुनाव अघि यो के गर्न खोजिँदैछ? यो गलत हो। म कंग्रेसको विरोधी हैन तर सीबीआइ गृह मन्त्रालय अन्तर्गत पर्छ र गृहमन्त्रीले यो सब गरिरहेका छन्, मैले गलत पनि गरेको हुन सक्छु तर मैले जे गरें त्यसमा मलाई पछुतो छैन´ ती पत्रकारले बाहिर निस्केर एक टिभी च्यानललाई बताए।

जुत्ता प्रहार गर्ने पत्रकारलाई सुरक्षाकर्मीले पक्राउ गरेर पत्रकार सम्मेलनस्थल बाहिर लगेका थिए। त्यसपछि पनि पत्रकार सम्मेलन भने जारी रह्यो। आफूमाथि जुत्ता प्रहार भएपछि भारतीय गृहमन्त्रीले भने -´मानिसहरु भावनामा बहेर यस्तो काम गर्छन्। तर म उनलाई माफी दिन्छु।´ अघिल्लो वर्ष इराक भ्रमणमा रहेका तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज बुशलाई त्यहाँका एक पत्रकारले जुत्ता प्रहार गरेको विषयले ठूलो चर्चा पाएको थियो। बुशलाई जुत्ता हान्ने पत्रकार मुन्तजीर अल जैदी अहिले पनि जेलमै छन्।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको हत्या गर्ने प्रयास

युरोप भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाको हत्या गर्ने प्रयास असफल भएको छ। टर्कीमा ओबामाको हत्या गर्ने योजना बनाइरहेका एक सिरीयाली मूलका व्यक्तिलाई त्यहाँका सुरक्षाकर्मीले गएको शुक्रबार गिरफ्तार गरेको खुलासा भएको छ। अमेरिकी समाचार संस्था सिएनएनका अनुसार ती व्यक्तिले ओबामा टर्की आएका बेला उनको हत्या गर्ने योजना बनाएका थिए। शुक्रबार ती योजनाकार पक्राउ पर्दा ओबामा फ्रान्समा नेटोको सम्मेलनमा भाग लिँदै थिए। ओबामा आइतबार मात्र टर्की पुगेका थिए। समाचार एजेन्सीहरुका अनुसार ओबामाको हत्या गर्ने योजना बनाएका ती व्यक्तिसँग अल जजिरा टेलिभिजनको प्रेस पास समेत रहेको थियो। पक्राउ परेका व्यक्तिले आफू लगायत अन्य ३ जनाको समूहले ओबामाको हत्या गर्ने योजना बनाएको प्रहरीसमक्ष स्वीकार गरेका छन्। इस्तानबुलमा सोमबार साँझ हुने तय भएको ´सभ्यताका संगठन´ विषयक एक सम्मेलनका क्रममा ओबामालाई छुरा प्रहार गरेर हत्या गर्ने योजना भएको ती व्यक्तिले बताए।
अल जजिराका टर्कीस्थित कार्यालयका प्रमूखले ती व्यक्ति आफ्ना कर्मचारी नभएको र उनले जाली प्रेस पास बनाएको हुनसक्ने जनाएका छन्। अमेरिकी अधिकारीहरुले उक्त असफल योजनालाई निकै गम्भिरतापूर्वक लिएको बताएका छन्। उक्त हत्या योजनापश्चात ओबामाका निर्धारित भ्रमण तालिकामा कुनै परिवर्तन नगरिएको अधिकारीहरुले बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक