20090409

एकिकृत माओवादी र त्यसबाट विद्रोह गरेको नेकपा माओवादीका कार्यकर्ताबाबीच झडप

एकिकृत माओवादी र त्यसबाट विद्रोह गरेको नेकपा माओवादीका कार्यकर्ताबाबीच गए राति विराटानगरमा झडप भएको छ। संविधानसभा उपनिर्वाचनका क्रममा एकिकृत माओवादीले आचार संहिता उल्लघंन गरेको भन्दै विद्रोही माओवादीले उनीहरुमाथि आक्रमण गरेका थिए। प्रहरीले दुई पक्षबीच गोली चलेको बताएको छ भने एकिकृत माओवादीले मात्रिका यादवका विद्रोही कार्यकर्ताले गोली चलाएको बताएका छन्। बिहीबार बिहानैदेखि विराटनगरमा तनाव छ। प्रहरीले कर्फ्यु लगाउने तयारी गरिरहेको छ। बुधबार रातिदेखि संविधानसभा उप निर्वाचनको प्रचार गर्न नपाइने भए पनि एकिकृत माओवादीले प्रचार जारी राखेको आरोप विद्रोही माओवादीले लगाएका छन्। विद्रोहीले माओवादीले चढेको गाडी जलाइदिएका थिए भने उनका चार जना कार्यकर्तालाई अपहरण गरेको आरोप सत्तारुढ माओवादीले लगाएको छ।

राजधानीबाटै ´फरार´, माओवादी र एमालेबीचको सम्बन्ध थप चिसिने

बुटवलमा मारिएका एमाले लडाकु दस्ता युथफोर्सका प्रचण्ड थैवको हत्याको आरोप लागेका सुजीत बिक राजधानीबाटै ´फरार´ भएपछि सरकारका मुख्य दुई घटक माओवादी र एमालेबीचको सम्बन्ध थप चिसिने भएको छ। एमालेले बिकलाई माओवादीद्वारा फरार गराइएको आरोप लगाएपछि दूरी झन् बढेको हो। एमालेले बिक पक्राउ नगर्दासम्म सदन चल्न नदिने अडान लिँदै आएको छ। प्रशासनसामु जान भनेर पार्टीले निर्देशन दिएका बिक भने राजधानीबाट मंगलबार फरार छन्। अपराधीलाई माओवादीले राजनीतिक संरक्षण गरेको आरोप लगाउँदै आएको एमालेले बिक फरार भएको नभई माओवादीले नै भगाएको आरोप लगाएको छ। ´फरार भएको हो कि फरार गराइएको हो ? स्पष्ट हुनुपर्‍यो,´ एमाले सचेतक भीम आचार्यले भने। उता बुधबार बसेको माओवादी सचिवालय बैठकले हत्याको आरोप लागेका बिकलाई साधारण सदस्यबाट नै निष्कासन गरेको जनाएको छ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो दल सरकारबाट नबाहिरिने बताएका छन्। आफूले कुनै गल्ती नगरेकाले सरकारबाट बाहिरिने प्रश्नै नउठ्ने तर्क गर्दै खनालले बरु सरकारमा बसेर गल्ती गर्नेहरु नै बाहिरिने बताए।

´सरकारमा बसेर एमालेले कुनै गल्ति नगरेकाले बाहिरिनु पर्ने आवश्यकता छैन´ प्रेस चौतारी कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष खनालले भने- ´जसले गल्ति गर्छ उही हट्छ।´सरकारको नेतृत्व गरेर पनि हत्या हिंसा जारी राखेको भन्दै उनले माओवादी नेतृत्वलाई आफ्नो व्यवहार सुधार्न आग्रह गरे। खनालले माओवादीको अराजक र आपराधिक गतिविधिविरुद्ध सचेत भएर संघर्ष गर्नुपर्ने बताए। माओवादीले अपराध बन्दुक र बलको भरमा जनता तर्साउने गरेको भन्दै खनालले अब त्यो सहन सक्ने अवस्थामा एमाले नरहेको बताए। ´तोडफोड र आक्रमण एमालेलाई अब सह्य हुन सक्दैन´ खनालले भने- ´एमाले त्यस्ता खाले गगिविधिको प्रतिकारमा उत्रन्छ।´ बुटवलमा मारिएका आफ्ना कार्यकर्ता प्रचण्ड थैवका हत्यारालाई माओवादीले संरक्षण गरेको खनालले आरोप लगाए। बुटवलका प्रचण्ड थैवको हत्यामा संलग्न माओवादी कार्यकर्ता भागेको भन्ने सुनेका छु, यदि भागेको भए उसले अपराध गरेको शतप्रतिशत प्रमाणित हुन्छ’, खनालले भन्नुभयो- अपराधीलाई सरकारले कानुनी कठघरामा ल्याउनुपर्दछ।’ एमालेले न्यायका लागि सदनदेखि सडकसम्म आन्दोलन गरेको बताउँदै थैवका हत्यारालाई पक्राउ गरेपछि न्यायको जित हुने बताउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक