20090409

सरकार र नेपाली सेनाबीच टकराव बढिरहेकै बेला सैनिक पृतनापतिहरूको अपर्झट सम्मेलन ??!!


सरकार र नेपाली सेनाबीच सैन्य भर्नादेखि पाँचौं राष्ट्रिय खेलकुद बहिष्कारको विषयमा टकराव बढिरहेकै बेला सैनिक मुख्यालयले भावी रणनीति तय गर्न अपर्झट पृतनापतिहरूको सम्मेलन गर्ने भएको छ। सरकार र सैनिक मुख्यालयबीच दूरी बढ्दै गएपछि अहिले राष्ट्रिय राजनीतिमा समेत चर्को बहस भइरहेका बेला मुख्यालयले यही चैत ३० र ३१ गते अर्थात् आउँदो आइतबार र सोमबार उक्त सम्मेलनको आयोजना गरेको मुख्यालयस्रोतले जानकारी दियो। सरकारले नेपाली सेनालाई कमजोर बनाउने उद्देश्यले विभिन्न क्षेत्रबाट आक्रमण तीव्र पार्न थालेकाले सेनाले अस्तित्व जोगाइराख्नका निम्ति एउटा धारणा बनाउन पृतनापतिहरूको सम्मेलन गर्न लागेको नेपाली सेनाका एक उपरथीले बताए। सम्मेलनमा विभिन्न पाँच क्षेत्रका र भ्यालीका एक गरी ६ जना पृतनापतिले देशको पछिल्लो भूराजनीतिक गतिविधि तथा सेनामाथि भएका आक्रमणका बारेमा आ-आफना धारणा राखेपछि मुख्यालयले आफनो धारणा बनाउने ती अधिकारीले जानकारी दिए। सैनिक मुख्यालयले अपर्झ बोलाएको उक्त सम्मेलनमा मुलुकको जटिल परिस्थितिमा नेपाली सेनाले कस्तो भूमिका खेल्नुपर्ने हो, सम्मेलनबाट सुझावसमेत लिने बताइएको छ। विशेष परिस्थितिमा हुन लागेको यो सम्मेलनमा पछिल्लो पटक शृंखलाबद्ध रूपमा सेनाको मनोबल गिराउन सरकारबाट भइरहेका गतिविधिको समेत गम्भीर छलफल हुने ती अधिकारीले जानकारी दिए। सरकारको एउटा अंगका रूपमा रहेको सेनालाई दुस्मनको जस्तो व्यवहार भइरहेको भन्दै ती अधिकारीले भने- राष्ट्र गम्भीर मोडतर्फअघि बढिरहेकाले त्यसलाई नेपाली सेनाले नजिकबाट गम्भीर रूपमा हेरिरहेको छ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक