20090411

नयाँ बर्ष २०६६ अमेरिकाको न्यूयोर्कमा....

<अमेरिकाको न्यूयोर्कमा नेपाली नयाबर्सको उपलक्ष्यमा रिजवूड नेपाली सोसाइटीद्वारा आयोजित सास्कृतिक कार्यक्रमका केही झलकहरु
प्रधानमन्त्री प्रचन्ड तिमीले नेपाली पोसाक माथि गिद्दे दृष्‍टि लगाए पनि हामी दुई बालक हरु लाई सुहाएकै छ क्यारे कि कसो ??



रिजउड नेपाली सोसाइटीको आयोजना, निबर्तमान अध्यक्ष्य मोहन ज्ञावालीको अध्यक्ष्यता, बर्तमान अध्यक्ष्य श्री पराजुली को पहल, निलम कार्की, मणी बङ्देल, सहदेव पौडेल, सबिता श्रेष्ठ को मिठो उध्घोसण्, बरिस्ठ कलाकार कुन्ती मोक्तान, राम प्रसाद खनाल र अन्य थुप्रै कलाकारहरुको गीत, न्रित्य, अन्त्य मा डिजे, साच्चै रोचक थियो त्यो कार्यक्रम । राष्ट्रसंघका स्थाई प्रतिनिधि मधुरमन आचार्य र प्रसासक प्रेम नारायण शर्मा लगायत बिसिस्ठ पाहुनाहरु र न्यूयोर्कमा बस्ने करिब् एक हजार नेपालीको उपस्थिती, नेपाली खाना परिकार् पनि । नयाँ बर्ष २०६६ अमेरिका को न्यूयोर्कमा यसरी सुरुवात भयो । नेपाल मदर डट कम का तर्फ बाट निबर्तमान अध्यक्ष्य मोहन ज्ञावालीको टिम, नयाँ निर्बाचित अध्यक्ष्य श्री पराजुलीको टिम, सास्कृतिक कार्यक्रम सम्योजक मिलन शाही सहित् समस्त आयोजक नेपाली मित्र हरुलाई हार्दिक धन्यवाद ।

















नेपालीहरुको नयाँवर्ष२०६६ न्यूयोर्कमा नेपालीहरुले वडो धुमधाम र हषर्ेर्ाालासका साथ मनाए । कार्यक्रममा न्यूयोक वरपरका ठाँउबाट आउने मान्छेहरुको घुइचो लागेको थियो । उक्त कार्यक्रममा विभिन्न कार्यक्रमको आयोजनामा गरिएको थियो । स्थानिय रिजउड नेपलिज सोसाइटीको आयोजनामा गरिएको कार्यक्रम नेपाली गाँउ भनेर चिनिने रिजउडमा सम्पन्न भएको थियो । संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनीधी महामहिम मधुरमण आचार्य र ३० डिष्ट्रिककी काउन्सिल मेम्बर एलिजावेथ एस. कार्यक्रममा अतिथिको रुपमा आमन्त्रण गरिएको थियो । यसैगरि वसिष्ठ गायिका कुन्ति मोक्तान, र लोक दोहोरी गायक राम प्रसाद खनाल कार्यक्रमको जोशिला पाटा थिए । कार्यक्रमलाई शत्रमा विभाजित गरिएको थियो ।पहिलो शत्रमा रिजउड नेपलिज सोर्साईटिको निर्वाचित कार्यसमितिको शपथ ग्रहण, पद हस्तान्तरण लगायतका कार्यक्रमहरु समावेश गरिएको थियो । जसमा निर्वाचन समितिको नतिजा अनुसार निर्वाचित कार्यसमितीका पदाधिकारीहरुलाई काउन्सिल मेम्बर एलीजावेथ एस द्धारा प्रमाणपत्र वितरण गरिएको थियो । यसैगरि निवर्तमान अध्यक्ष मोहन ज्ञवाली र श्रीमती रिना ज्ञवालीलाई अध्यक्ष श्री पराजुलीले दोशल्ला ओर्ढाईसम्मान गर्नुभयो ।
कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष रविकिरण कोइृरालाले स्वागत भाषण गर्नुभएको थियो भने कार्यक्रमका संयोजक श्री मिलन कुमार शाहीले सबै आमन्त्रितहरुप्रति कृतज्ञता व्यक्त गर्नुभयो । सभाको सभापतित्व पर्ूव अध्यक्ष श्री मोहन ज्ञवालीले गर्नु भएको थियो । वर्तमान अध्यक्ष श्री पराजुलीले मन्तव्य व्यक्त गर्नुभएको थियो । दोश्रो शत्रमा स्थानिय कलाकारहरु व्रितिजा जैसी,करुणा खतिवडा,सौरभ खतिवडा ,हिमांशु नीमा कुवर ,जेनिश्मा दोजरी,रक्षा पोख्रेल,दिक्षा पोख्रेल जस्ता बालकलाकारहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । त्यसै गरि शुनिल बस्नेत ,अस्मिता श्रेष्ठ,सुनिल बुढाथोकी ,निमी गुरुङ्ग,श्रुती गुरुङ्ग , प्रिया शाही ,श्रद्धा श्रेष्ठ,स्वणिर्मा घिमिरे ,शुभाष शर्मा आचार्य , अनिता शर्मा क्षेत्री,पुजा शाही,जस्मिता अधिकारी, राजेन्द्र र्राई , र सुरेश श्रेष्ठ लगायतका कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए भने क्यानडा निवासी सुश्रीे यशस्वि लम्सालले पनि आफ्नो नृत्यबाट दर्शकलाई नचाउन पछि परिनन् । सधै झै हाँस्य व्यग्यमा तुल्सि आचार्य,भुवनेश्वर अधिकारी,दिपक काफ्ले ,श्रीमती कमला तितिल्सिना ,सौरभ श्रेष्ठ, ललिता अर्याल लगायतका कलाकारहरुले दर्शकलाई मन्त्रमुग्ध पार्न पछि परेनन् । कार्यक्रममा महामहीम राजदुत आचार्यले नेपालमा बन्न लागेको संंविधानमा आफ्नो सललाह सुझाव दिन आव्हान गर्दै रिजउड नेपालिज सोर्साईटी अमेरिकामा रहेका नेपाली संगठन मध्ये अग्र स्थानमा रहेको छ भन्नुभयो । त्यसै गरि कार्यक्रमका अर्का अतिथी काउन्सिल मेम्बर एलिजावेथ एस. ले आफू यो सोर्साईटी मार्फ नेपालीहरुलाई शिक्षा एवं हरेक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको विचार व्यक्त गर्नुभयो । गायीका कुन्ति मोक्तानको यो गितले कार्यक्रममा महामहिम लगायत सबैलाई नाच्न र गाउन उक्साएको थियो । त्यसै गरि रामप्रसाद खनालको आमा आमा भनि मैले बोलाउन पाईन र कवितावाचन्दको न विर्सर्ेेतमिलाई भन्ने गीतहरुले दर्शकलाई सिटवाट उढेर नाच्न वाध्य तुल्याएको थियो । कार्यक्रमको अन्त्यमा डोर प्राइजको नतिजा प्रकाशन तथा सहभागी कलाकारहरुलाई अतिथी महामहिम मधुरमण आचार्य र अध्यक्ष श्री मोहन ज्ञवालीले प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रमको संञ्चालन सविता श्रेष्ठ,निलम कार्कि,सहदेव पौडेल र मणी वाङदेलले संयुक्त रुपमा गर्नुभएको थियो ।
एकै छिन दर्शन गरौ दुर्गा मन्दिर नियोर्कको






एकै छिन नियोर्क को टाईम स्कुआएरमा फोटो खिच्नेकी






न्यूयोर्कबाट नमस्ते नेपाल टेलिभिजन कार्यक्रम सुरु

न्यूयोर्कबाट नेपालीहरुको प्रयासमा नमस्ते नेपाल टेलिभिजन कार्यक्रम सुरु भएको छ ,
उक्त कार्यक्रम गत मार्च ८ देखि सुरु भएको हो / हप्ता भरीको गतिबिधि ' साता भेट ',
भेटघाट - 'जम्काभेट ' र भलाकुसारी,बृतचित्र ,गीत संगीत , कला साहित्य समेटिएको -
'इन्द्रेणी 'जस्ता खुराकहरु यस्मा पस्कदै आईएको छ / नमस्ते नेपाल टेलिभिजन कार्यक्रम
प्रत्येक आईतबार १२ बजे देखि१२.३० सम्म अमेरिकाको न्यूयोर्क लगाएत १५ राज्य मा टेलिभिजनको पर्दामा हेर्न सकिन्छ /
उक्त कार्यक्रम itv मा हेर्न सकिन्छ / तथ्य, सत्य र निष्पक्ष समाचार, विचार र विविध सामग्रीका लागि अनि /
कुनै गुनासा, सुझाव भए इमेल गर्न सकिन्छ namastenepaltv@gmail.com मा.
- Neelam Karki (nibhanika@hotmail.com)


उपनिर्वाचनमा गजवको संयोग

रोल्पा क्षेत्र नम्बर २ मा चुनाव जितेपछि चैत २८ गते भएको उपनिर्वाचनमा माओवादीले चुनाव जितेका क्षेत्रको संख्या तीन पुगेको छ । रोल्पामा माओवादीका सन्तोष बुढा मगरले १९९३३ मत ल्याई चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद घर्ती मगरले ६१३२ मत ल्याएका छन् । माओवादीले संविधानसभा चुनावमा अहिले उपनिर्वाचन भएका ६ मध्ये २ क्षेत्रमा मात्र चुनाव जितेको थियो । माओवादीलाई यो उपनिर्वाचनमा कञ्चनपुरमा फाईदा भएको छ ।
यसैगरी, एमालेले पनि उपनिर्वाचनबाट एक सीट फाईदा लिएको छ । उपनिर्वाचन भएका ६ क्षेत्रमा एमालेले संविधानसभा चुनावमा कुनै सीट जितेको थिएन । उपनिर्वाचनमा एमालेले धनुषामा जित्यो । नेपाली कांग्रेस र मधेशी जनअधिकार फोरमलाई भने यो उपनिर्वाचनमा एक/एक सीट घाटा भयो । उपनिर्वाचन भएका ६ क्षेत्रमा नेपाली कांग्रेस र फोरमले २/२ सीट जितेका थिए ।
संविधानसभाको निर्वाचन र उपनिर्वाचनमा एउटा गजवको संयोग परेको छ चैत २८। दुवै निर्वाचन चैत २८ मा नै सम्पन्न भए। तर त्यतिखेर निर्वाचनमा पराजित व्यक्ति उपनिर्वाचनमा चाहिँ विजयी बन्ने गजवको संयोग देखिएको छ।
अघिल्लो वर्षको चुनावमा धनुषा-४ बाट पराजित एमालेका रघुवीर महासेठ अहिले धनुषा ५ बाट विजयी भएका छन्। त्यतिखेर मोरङ-७ बाट पराजित नेपाली कांग्रेसका नेता शेखर कोइराला त्यही क्षेत्रबाट विजयी भएका छन्। अघिल्लो वर्ष कञ्चनपुर-४ मा पराजित माओवादीका हरीश ठकुल्ला अहिले त्यही क्षेत्रबाट निर्वाचित भएका छन्।
तर पराजित भएकाहरु सबैले यसपटक निर्वाचन जित्न सकेका छैनन्। अघिल्लो वर्षको चुनावमा धनुषा-५ मा निकटतम प्रतिद्वन्द्वी बनेका तराई मधेश लोकतान्त्रिक पार्टीका श्रीकृष्ण यादवले यसपटक पनि दोस्रो स्थानमा नै चित्त बुझाउनुपर् यो।
रोल्पा-२ मा प्रारम्भिक मतगणनामा माओवादी अग्र स्थानमा छ। अघिल्लो निर्वाचनमा दुई स्थान जितेका कारण रोल्पा-२ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कास्की-१ बाट देव गुरुङले छाडेका थिए।
अर्को सत्ता साझेदार एमालेले पनि धनुषा-५ मा विजयी भएर एक सिट बढाएको छ। सत्तामा नै रहेको अर्को दल मधेशी जनअधिकार फोरमको भने एक सिट घटेको छ। मोरङ-७ को स्थान उसले गुमाएको छ। दुई स्थानमा विजयी भएका कारण फोरमका अध्यक्ष उपेन्द्र यादवले मोरङ-५ र अर्का नेता विजयकुमार गच्छदारले मोरङ-७ छाडेका थिए ।
उपनिर्वाचनबाट कांग्रेसको पनि एक सिट घटेको छ। दुई स्थानबाट विजयी कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कञ्चनपुर-४ छाडेको र रामवरण यादव राष्ट्रपतिमा विजयी भएपछि धनुषा-५ खाली भएको थियो। उपनिर्वाचनमा कांग्रेसले यी दुवै स्थान गुमाउनुपर् यो । यद्यपि अघिल्लो वर्षको चुनावमा फोरम विजयी भएको मोरङ-७ मा यसपटक कांग्रेसका शेखर कोइराला विजयी भएकाले एक स्थानमात्र कमी हुन गएको हो।
मोरङ-५ मा फोरमका यादव
अघिल्लो jर्षको चुनावमा फोरमका अध्यक्ष निर्वाचित भएको मोरङ-५ मा उपनिर्वाचनमा पनि फोरमका उम्मेदार नै निर्वाचित भएका छन्। यो क्षेत्रमा मधेशी जनअधिकार फोरमका जयराम यादव विजयी भएका छन्। उनले १३ हजार ८ सय ११ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत नेकपा माओवादीका शिवकुमार मण्डलले ८ हजार ३ सय ३९ मत प्राप्त गरेका छन्। अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा रहेको माओवादी अहिले निकटतम प्रतिद्वन्द्वीका रुपमा देखिएको छ।
यसअघिको चुनावमा फोरमका अध्यक्ष उपेन्द्र यादवले २७ हजार ५ सय ८ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमृत अर्यालले १० हजार ३ सय २४ मत प्राप्त गरेका थिए। माओवादीका राजेन्द्रप्रसाद गुप्ताले ३ हजार ५ सय १६ र एमालेका मिनादेवी यादवले २ हजार २ सय २४ मत प्राप्त गरेका थिए।
निकटतम प्रतिद्वन्द्वीको जीत
संविधानसभाको अघिल्लो वर्ष भएको निर्वाचनमा पराजित भएका कांग्रेस नेता शेखर कोइराला उपनिर्वाचनमा मोरङ-७ बाट विजयी भएका छन्। उनी १२ हजार ६१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी मधेशी जनअधिकार फोरमका चुमनारायण तवदारले ११ हजार ३ सय ९० मत ल्याएका छन्। कोइराला ६ सय ७१ मतले विजयी भएका हुन्।
यसअघिको चुनावमा कांग्रेस नेता कोइराला फोरमका नेता विजयकुमार गच्छदारसित ५ हजार १ सय ५५ मतले पराजित भएका थिए। गच्छदारले १८ हजार ४ सय १६ मत ल्याएका थिए भने कोइरालाले १३ हजार २ सय ६१ मत प्राप्त गरेका थिए।

तेस्रोबाट पहिलो
अघिल्लो वर्षको संविधानसभा चुनावमा तेस्रो स्थानमा सीमित भएको एमाले उपनिर्वाचनमा धनुषा-५ बाट विजयी भएको छ। एमालेका रघुवीर महासेठले १३ हजार २ सय २२ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टीका श्रीकृष्ण यादवले ११ हजार २ सय ८१ मत प्राप्त गरेका छन्।
त्यतिखेर विजयी भएको नेपाली कांग्रेस चाहिँ अहिले तेस्रो स्थानमा देखिएको छ। यसअघिको निर्वाचनमा कांग्रेसका रामवरण यादवले १० हजार ३ सय ९२ मत प्राप्त गरी विजयी भएका थिए। अहिले कांग्रेसबाट उम्मेदवार बनेका उनकै छोरा चन्द्रमोहन यादव चाहिँ पराजितमात्र होइन तेस्रो स्थानमा पुगेका छन्।
अघिल्लो वर्षको चुनावमा निकटतम प्रतिद्वन्द्वी रहेका तमलोपाका श्रीकृष्ण यादवले अहिले पनि दोस्रो स्थानमा नै चित्त बुझाउनुपरेको छ। अघिल्लो वर्षको चुनावमा उनले ९ हजार ९ सय ४ मत प्राप्त गरेका थिए भने एमालेका रामरतन यादवले ५ हजार ४ सय ८४ मत र फोरमका शेषनारायण यादवले २ हजार ७१ मत प्राप्त गरेका थिए।
सबभन्दा कम मतको फरक
माओवादीका कृष्ण गुरुङले कास्की १ मा आफना निकटतम प्रतिद्वन्द्वीलाई ३२ मतको अन्तरले जितेका छन्। उनी १२ हजार २ सय ५७ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक गुरुङले १२ हजार २ सय २५ मत ल्याएका छन्।
अघिल्लो वर्षको निर्वाचनमा पनि यो क्षेत्रमा माओवादीले नै जितेको थियो। तर दोस्रो स्थानमा आएको एमाले अहिले तेस्रोमा पुगेको छ भने त्यतिखेर तेस्रो स्थानमा आएको कांग्रेस अहिले निकटतम प्रतिद्वन्द्वीका रुपमा देखा परेको छ।
यसअघिको चुनावमा माओवादीका देव गुरुङ १७ हजार ४ सय ९ मत ल्याएर विजयी बनेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका खगराज अधिकारीले १४ हजार ८ सय ८६ र कांग्रेसका यज्ञबहादुर थापाले १४ हजार ८ सय ८६ मत प्राप्त गरेका थिए।
कांग्रेसको सिट माओवादीले खोस्यो
यसअघि कांग्रेस विजयी भएको कञ्चनपुर-४ मा अहिले माओवादी विजयी भएको छ। माओवादीका हरीश ठकुल्ला १० हजार ७ सय ८२ मत ल्याएर विजयी भएका हुन्। उनी यसअघिको चुनावमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाबाट पराजित भएका थिए।
तर अहिलेको उपनिर्वाचनमा चाहिँ कांग्रेस निकटतम प्रतिद्वन्द्वीका रुपमा देखापरेको छ। कांग्रेसका यज्ञराज जोशीले ९ हजार ९ सय ९४ र एमालेकी निरुदेवी पालले भने ५ हजार ५ सय ३९ मत प्राप्त गरेकी छिन्।
यसअघिको चुनावमा कांग्रेस नेता देउवाले १२ हजार ८ सय २४ मत ल्याई विजयी भएका थिए। त्यतिखेर उनका निकटतम प्रतिद्वन्द्वी ठकुल्लाले ११ हजार ७ सय र एमालेका राजेन्द्रसिंह रावलले ६ हजार १ सय ७६ मत प्राप्त गरेका थिए। -तिलक पाठक

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक