20090413

पूर्व राजा ज्ञानेन्द्रको शुभकामना


पूवराजा ज्ञानेन्द्रले नयाँ वर्ष २०६६ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र अखण्डता तथा प्रजातन्त्रको सुदृढीकरण नेपाली मात्रको पहिलो चाहना भएको बताउनुभएको छ। पूव श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको सन्देशमा भनिएको छ- कुनै पनि मुलुकको विकास र उसले आर्जिने सम्मान त्यस देशका जनताको प्रतिबद्धता र लगनको उपज हुने गर्दछ। त्यसैले उक्त कुरालाई आमव्यवहारमा उतार्न मुलुकमा शान्ति र प्रजातन्त्र आवश्यक हुन्छ। स्वस्थ सामाजिक, विशुद्ध धार्मिक र विशिष्ट सांस्कृतिक राष्ट्रिय धरोहरलाई नखलबल्याई हामी सबै नेपालीलाई सुखी र समृद्ध बनाउन राष्ट्रिय एकता, मेलमिलाप र सहकार्यबाट सहज हुनेछ, सन्देशमा भनिएको छ- अन्त्यमा हाम्रो राष्ट्र सगरमाथाजस्तै सदा उँचो रहोस्, हाम्रो मौलिक राष्ट्रिय अस्तित्व सदा जीवन्त रहोस्। हिमाल, पहाड र तर्राईमा बस्ने सबै नेपालीको मन परस्पर मिलोस्, बाँच्ने, खाने, लगाउनेजस्ता मानवीय हक र स्वतन्त्रताको उपभोग गर्ने अवसर सबै नेपालीलाई प्राप्त होस्- यही नै मेरो कामना छ। वक्तव्यको अन्त्यमा राजा हुँदाझैं राखिने श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्, जय नेपाल भन्ने वाक्य राखिएको छ।


माओवादीले अदालत, धर्म, प्रेस र सेनामाथि ठाडो हस्तक्षेप गरेर सर्वसत्तावादको अभ्यास गरेको सेनाको प्रतिवेदन

नेपाली सेनाका अधिकांश पृतनापतिले सरकारको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादी सर्वसत्तावादतर्फ उन्मुख भएको प्रतिवेदन हेडक्वार्टरलाई बुझाएका छन्। नेपाली सेनाका पृतनापतिहरूको चैत ३० गते आइतबार सुरु भएको भेलामा सेनाका पृतनापतिले माओवादीले अदालत, धर्म, प्रेस र सेनामाथि ठाडो हस्तक्षेप गरेर सर्वसत्तावादको अभ्यास गरेको प्रतिवेदन प्रस्तुत गरेका छन्। सरकार र सेनाबीचको द्वन्द्व राजनीतिबाट खेलकुदसम्म आइपुगेको बेला काठमाडौंमा सुरु भएको पृतनापतिहरूको भेलामा माओवादी सर्वसत्तावाद कसरी सुरु हुँदैछ भनेर आ–आफ्नो विवरण पेस गरेका थिए। बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म चलेको पहिलो दिनको भेलामा पृतनापतिहरू कसैले लिखित र कसैले मौखिक रूपमा आ–आफ्नो कार्यक्षेत्रका रिपोर्टिङ गरेका थिए। कृषिविज्ञ रक्षासचिव डा. गणेशराज जोशी एकैछिन उपस्थित भए पनि माओवादीविरुद्धको टीकाटिप्पणीका बेला थिएनन्। सरकारबाट म्याद नथपिएका आठ जर्नेलमध्येका एक सैनिक समाचार निर्देशक डीएमआईका प्रमुख सहायकरथी पवनबहादुर पाण्डेबाट सुरु भएको ब्रिफिङ सुदूरपश्चिमका पृतनापति डम्बरसिंह गुरुङमा गएर टुंगिएको थियो। सरकारप्रति आक्रोशित पाण्डेलगायतका अधिकांश पृतनापतिका साथै सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख सहायकरथी रमीन्द्र क्षेत्रीसम्मले माओवादीले कसरी सर्वसत्तावादको अभ्यास गर्दैछ भनेर आ–आफ्नो भनाइ राखेका थिए। माओवादीले अदालत, धर्म, सेना र प्रेसमाथि ठाडो हस्तक्षेप गरेको र सर्वसत्तावादी चरित्र देखाएको उनीहरूको ठहर छ। उनीहरूले सेनामाथि माओवादीको हस्तक्षेप सैनिक भर्तीबाट सुरु भएर आठ सहायकरथीको अवकाश हुँदै खेलकुदमा गुरिल्ला प्रवेश गराएर सेनाको मनोबल गिराउने दुष्प्रयाससम्म आइपुगेको ठहर गरेका छन्। यद्यपि, भेलामा उठेका यी विषयमा वैशाख ३१ गतेमात्र छलफल हुने बताइएको छ।
पृतनापतिहरूको प्रतिवेदन युद्धकार्य निर्देशक सहायकरथी महेश कार्कीसँग रहनेछ। वैशाख ३० गतेको भेलामा पूर्वी पृतनाका पृतनापति रामबहादुर गुरुङ, मध्य पृतनाका नेत्रबहादुर थापा, उपत्यकाका अनिलजंग थापा, पश्चिम पृतना पोखराका शिवराम प्रधान, मध्यपश्चिम पृतनाका प्रदीपजंग थापा र सुदूरपश्चिम पृतनाका डम्बरसिंह गुरुङले आ–आफ्नो क्षेत्रको रिपोर्टिङसहित भनाइ राखेका थिए। भेलामा सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख रमीन्द्र क्षेत्री, कानुन विभागका बीएकुमार शर्मा र मानवअधिकार विभागका नीरेन्द्र अर्यालले पनि आ–आफ्नो विश्लेषण सुनाएका थिए।
सरकारको नेतृत्व गरिरहेको पार्टीमाथि सेनाले सर्वसत्तावादको आरोप लगाएको इतिहासमा सम्भवतः यो पहिलोपटक हो। प्रत्येक वर्ष हुने पृतनापतिहरूको भेलामा सुरक्षा विषयमा विशेष छलफल हुनेगर्छ। तर, यसपालि भने सुरक्षाभन्दा राजनीतिमा पृतना भेला बढी केन्द्रित भएको छ। वैशाख ३१ गते हुने छलफलमा माओवादीको विरोधमा निकै ठूलो छलफल हुने र प्रधानसेनापति रुक्मांगत कटवालले निष्कर्षसहित मन्तव्य दिने स्रोतले जनाएको छ। सरकार–सेना द्वन्द्व उत्कर्षमा पुगेको बेला भएको पृतनापतिहरूको भेलालाई स्वयं रक्षामन्त्री र सिंगो माओवादी पार्टीले गम्भीरतापूर्व चासो दिएको छ। पृतना भेलाको प्रारम्भिक छनक पाएका रक्षामन्त्री बादलले सेनाले जननिर्वाचित सरकारको अपमान गर्न खोजेको प्रतिक्रिया गुल्मी पुगेर दिएका छन्।
भेलामा देशको सुरक्षा अवस्था, सैनिकहरूको खानपिन, बसोवास समस्या, बन्दोबस्तीका सामानको अभाव, बजेट अभाव, जवानहरूको समस्याको कुरामा बढी छलफल हुनुपर्नेमा देशको पछिल्लो राजनीतिक अवस्थाले सैनिक अधिकृतहरूलाई प्रभावित पारेको छ। अझ आठ जर्नेलको अवकाश विवाद र अदालतमा विचाराधीन मुद्दाका कारण सेनाको पृतना भेलाको छलफल त्यसतर्फ केन्द्रित भएको स्रोतले जनाएको छ। 'पृतना भेला देशको राजनीतिप्रति निकै चिन्तनशील भएको छ। सेना, अदालत, धर्म र प्रेसमाथिको हस्तक्षेपबाट सर्वसत्ताको सुरुवात भएको कुरा आएको छ,' स्रोतले भन्यो। रथी छत्रमानसिंह गुरुङको स्वागत भाषणबाट सुरु भएको पृतना भेलामा देशको सार्वभौमसत्ता, अखण्डता र शान्तिसुरक्षाको अवस्थाको बारेमा पनि कुरा उठेको थियो। पृतनापतिहरूले शान्तिसुरक्षाको अवस्था कमजोर बनेको प्रतिवेदन दिएका थिए। यसका साथै भेलामा सम्बन्धित क्षेत्रमा भएको संविधानसभा उपनिर्वाचन र हालै सम्पन्न स्ववियु निर्वाचनको समेत प्रतिवेदन पेस भएको छ। यी सबै विषयमा छलफल गरी निष्कर्ष निकाल्ने काम भने वैशाख ३१ गतेमात्र हुनेछ।

शुभ - कामना -२०६६
- शेखर ढुङेल

उदायो छाना माथि
नव सुनौलो किरण
जोश र उमङ बोकेर
पंक्षि हरु को चिरिबिरी संगै
शुभ मंगल् प्रगती को
संगीत बनेर
झरना र नदी को
कल कल संगै
बिर्सेंर तिता अतित का
सद्भाब को सन्देस लिएर
पुष्प हरु को सुबाश संगै
भुलाई दु:ख का दिन
प्रसन्नता को गीत गाएर
शुभ होस , मंगल् होस
प्रगती होस नेपाली जन को
२०६६ एउटा ईतिहास बनेर
..........................


समझदारिमा छाको मन्दी हटेर जावोस
आपसी तिक्तताको तुँवालो फटेर जावोस

आफ्नो पनमा दुख्दा पनि कती तमासा हेर्छौ
बैरी को छ आफ्नै घरको कटुता कटेर जावोस

रगतको बाछिट्टाले छाडेन जती ओतिए नि
बारुद गन्ध आउने शियाल घटेर जावोस

कस्को आँखा लाग्यो कि दाउ चले कसैले फेरी
नेपाली मन र पन बिथोल्ने बत्तेर जावोस

शुभ होस यो बर्ष नयाँ जोश जाँगर बोकी
सबै आफन्त हुन सबै मन रत्तेर जावोस

- भुपेन्द्र महत
कोलोराडो

बेल्जियमको अन्तरसंस्था न्रित्य प्रतियोगिता भब्य रुपमा सम्पन्न
-पुरुशोत्तम सुबेदी

नेपाली नयाँ बर्ष २०६६ को उपलक्षमा मोना बेल्जियम द्वारा १८ अप्रिल २००९ शनिबार को दिनमा आयोजित अन्तरसंस्था न्रित्य प्रतियोगिता भब्यरुपमा सम्पन्न भएको छ । नेपाली दुताबासका महामहिम प्रमेस हमालको प्रमुख आतिथ्यमा सन्चालन गरिएको उक्त कार्यक्रममा बेल्जियमका केही संघ संस्थाका बेल्जिग नागरिकहरुको समेत बिशेष उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष शिवकुमार बरुवाल को अध्यक्षतामा सुरु भएको प्रथम चरणको कार्यक्रममा भ्लामिस्स लिवरल डेमोक्रेटिभ पार्टीका सदस्य तथा ए बि एल संस्थाका चेयरमेन हुगो मिखाइल- बिकास प्रोजेक्टका प्रतीनिधी लगाएत बेल्जियम मा रहेका बिभिन्न संघ संस्थाका प्रमुख पदाधिकारी सहित यस अन्तरसंस्था न्रित्य प्रतियोगितामा हलको क्षमता भन्दा अत्यधिक मानिसहरुको उपस्थिति रह्यो । यस अन्तरसंस्था न्रित्य प्रतियोगितामा बेल्जियम र बेल्जियम बाहिरका गरी १९ संघ संस्थाहरुले भाग लिएका थिय । जस्तै - (१) तामाङ समाज बेल्जियम Tamang Society belgium (२) मोना बेल्जियम Mona बेल्जियम (३) एन डि एफ बेल्जियम ब्रुस्सेल कमिटी Ndf belgium brussel regional comitee (४) नेपाली ब्याबसयी संघ बेल्जियम NEBAB Belgium (५) पासा पु च बेल्जियम Pasa puch belgium (६) प्रबाशी थारु समाज बेल्जियम Prabashi tharu samaj belgium (७) तमु समाज बेल्जियम Tamu samaaj Belgium (८) एन आर एन बेल्जियम NRN Belgium (९) मोना बेल्जियम Mona_belgium B (१०) एन डि एफ बेल्जियम NDF Belgium (११) यती हाउस अन्त्वेर्पेन Yati House Antwerpen (१२) साग्रिला समाज लुभेन बेल्जियम Sagrila society Belgium (१३) बिश्वो मगर समाज बेल्जियम World magar Fedaration Belgium (१४) बेल्जियम नेपाल युबा क्लब Belgium Nepal Youth Club (१५) वोस्टन्डे परिवार Ostende Pariwar (१६) मोना बेल्जियम Mona-Belgium C (१८) मोना जर्मनी Mona_garmany (१९) जन संपर्क समिती बेल्जियम गरी जम्मा १९ बटा संस्थाहरुले भाग लिएका थिय । उक्त कार्यक्रमलाई सफल पार्न एन डि एफ बेल्जियमको तर्फबाट पर्याप्त भोलेन्टिएर सेवा उपलब्ध गराएको थियो भने अन्य संघ संस्था बाट पनि सहयोग उपलब्ध भएको थियो । उक्त कार्यक्रमको प्रवेस सुल्क १० युरो थियो भने खाना र पानीको समेत उचित ब्यवस्था रहेको थियो । उक्त अन्तरसंस्था न्रित्य प्रतियोगितामा तामाङ समाज बेल्जियम Tamang Society belgium कलाकार नैना तामाङ प्रथम भै ४०० युरो नगद पुरस्कार सहित कप तथा प्रमाणपत्र हात पारेकी छिन भने mamata paija magar कलाकार ममता पुनले द्वितिय द्वितिए पुरस्कार ३०० युरो नगद तथा कप हात परेकी छिन् । त्यस्तै 18 मोना जर्मनी Mona_garmany कलाकार मनिषा गौतमले त्रितिय पुरस्कार २०० युरो नगद र कप तथा प्रमाण पत्र हात पार्न सफल भएकी छिन् । बेल्जियम देखी बाहिरी देश बाट कार्यक्रममा सहभागि भै मोना जर्मनिले मोना बेल्जियमलाई थप हौसला प्रदान गरेको छ । कार्यक्रम राती करीव १० बजे समापन भएको थियो भने तत्पस्चात पनि नेपाली लोक भाकामा राती अबेर सम्म नाच्ने कार्यक्रम रहेको थियो ।

A reminder to Mr. Pushpa Kamal Dahal, ‘Prachanda’
Chairman, Unified Communist Party of Nepal, Maoi
st


Dear Mr. Dahal ‘Prachanda’


To see Nepal prosperous and peaceful, you and your Maoists- Young Communist League (YCL), People’s Liberation Army (PLA), Students Union (Revolutionary) must quit hooliganism and criminal activities. Stop burning tires, stop Nepal bandhas (shut-downs), stop intimidation, stop corruption, stop load-shedding, stop market irregularities, stop useless foreign trips, stop terrorizing people and stop instigating innocent people with rhetoric in favor of the Nepali people. In this way, Nepal can become prosperous and peaceful.

Whatever you promise, try to fulfill otherwise don't promise too much and whenever you get chance. What happened about the words when you said YCL's character would be changed? Definitely, you have changed YCL to YCDL but the nature is same. The same hooliganism still exists. What about Prachanda Thaiba? What about so many lives killed by the Maoists? Who will take those responsibilities?

Just garnering votes does not mean you and your party were pardoned. You are getting negative votes against Nepali Congress, UML, MJF and former Panchas. Anybody wishing to get real mandate from the people need to go through the referendum. The decisions made by already defunct parliament in 2006 against Hindu Nation and keeping Monarchy under question cannot be binding upon the people unless and until people exercise their primary rights through the referendum.

First of all, there should be the general elections for a new parliament and it will decide on the subsequent matters. How come the dead parliament's plus unconstitutionally added unelected members of the rebels' decision binding upon Nepali people? If barrels of the guns sound stronger, then let's support the Nepal Army's likely takeover or instigate it for a takeover. Nepal Army can also exhibit its strength. If Nepal Army wants, it can easily crush the PLA and Maoists. Nepal Army will even get the support of the democratic parties because of the Maoists’ handling of state affair which is a complete failure.

Maoists’ winning 3 seats in by-elections does not mean its position strengthened. Its votes considerably decreased in comparison to previous polls. In any case, polls don't mean for anything when the barrels of the guns sound supreme. Nepal Army possesses better guns with better trained cadets to deliver them wisely. Be aware! The political parties will have no option than to accept Nepal Army's barrels of the guns.

Nepal is a country where we respect our guardians. We were a single family when Monarch was the guardian of all of us. We respected him and we were protected as his own family. There were no sounds of the barrel of the guns. Nepali Monarchs relied upon the love and respect of their nationals. At least, Nepali people should have their say once on Monarchy. Nepali people consider Monarch as the First Nobel Laureate for Literature (1921) Anatole France has said, "For every monarch overthrown the sky becomes less bright, because it loses a star".

Kamala Prasai,
Nepali Women Diaspora

nepaliwomendiaspora@yahoo.com

...............................

आफ्नै हात नि काट्छ छुराले बलियो दापमा नपरे
चेत आउदो रछ र कहाँ जिन्दगी धापमा नपरे

स्वच्छ हराभरा यो धरा सुगन्धले कि दुर्गन्धले
कुन्ठित बिरुवा हुर्केलान के घाम्को तापमा नपरे

जल थल मलको समायोजन बिना हुर्केको फल झै
जरौली देखिन्छ नयाँ लुगै नि आफ्नो नापमा नपरे

साद्य र साधनको सन्तुलन व्याख्या कि बेबहारमा
सबै अल्छि गर्दैनन केही,जब सम्म चापमा नपरे

गती रोकी सधै अधोगती,कहाँ को हो यो उन्नती
सिको ननीको हुनेनै भयो गतिलो छापमा नपरे
-Bhupendra Mahat

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक