20090414

नयाँ बर्ष २०६६ को मंगलमय शुभकामना


नयाँ बर्ष २०६६ को पावन अबसरमा देश भित्र र देश बाहिर रहनुभएका समस्त नेपाली दाजु भाई, दिदी बहिनिहरुमा सुख सान्ती, सुस्वास्थ्य एबम उत्तरोत्तर प्रगतीका लागि हार्दिक मंगलमय शुभकामना ।

- रामप्रसाद खनाल

अध्यक्ष्य - अन्तराष्ट्रिय कलाकार मन्च, अमेरिका
प्रधान सम्पादक - नेपाल मदर डट कम

Visit our websites:
www.nepalmother.com
www.ramprasadkhanal.blogspot.com
www.youtube.com/rampdkhanal
www.iafusa.blogspot.com






नौलो सन्देशसहित स्पेनमा नववर्ष कार्यक्रम सम्पन्न

१४ अप्रिल, बार्सिलोना नेपाली नयाँ वर्ष २०६६ सालको शुभारम्भसँगै स्पेनबासी पिडित नेपालीहरुको सहयोगार्थ नेपाली जनसम्पर्क समितिद्वारा आयोजित साँस्कृतिक कार्यक्रम बार्सिलोनामा सम्पन्न भयो। उक्त कार्यक्रम औपचारिक मन्तव्यात्मक र साँस्कृतिक गतिविधिहरु गरी दुई भागमा संचालन गरिएको थियो। औपचारिक कार्यक्रमको अध्यक्षता जनसम्पर्क समिति स्पेनका अध्यक्ष पुश्पराज भण्डारीले गर्नु भएको थियो। स्पेनका लागि नेपाली काउन्सलर लुइश को प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा अन्य संघ-संस्थाका प्रतिनिधिहरुले नववर्षको शुभकामना संदेश दिदै यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि हुनुपर्ने र सधै सबै नेपालीहरुले साथ दिइरहने कुरा बताउनु भयो। कार्यक्रममा समितिका सल्लाहकारहरु बिण्णु रिजाल, नारायण प्रसाई, निरज पोख्रेल ज्युहरुको पनि ऊपस्थिति रहेको थियो। समग्रमा ऊत्कृष्ट रहेको पहिलो चरणको कार्यक्रमको संचालन जनसम्पर्क समितिका महासचिव दिपक सुबेदिले गर्नु भएको थियो।

साँस्कृतिक साँझ तर्फको गतिविधिहरुमा स्पेनमा प्रथम पटक नाटक मञ्चन गरिएको थियो। सुनौलो भविश्यको आशमा बिदेश पलायन हुने गरीब परिवारिक पृष्टभुमि भएका सोझा सिधा नेपाली युवाहरुले बिदेशमा पिडित भई भोग्नु परिरहेका बिभिन्न समस्याहरु र त्यसबाट उनिहरुको जीवनमा आइपर्ने कहालीलाग्दो अवस्थाको चित्रण गर्ने प्रयास गरिएको गरीबको घरमा मात्र ईश्वरको बास हुने भए, हे! ईश्वर मलाई दया गरि अरु दुख देऊ! नामक नाटक प्रस्तुत गरिएको थियो। प्राविधिक तेजेन्द्र रिजालको साथमा कलाकारहरु अजय लोप्चन, मनिष विश्वकर्मा, दिपक सुवेदी, करिश्मा प्रसाई, सुरज मैनाली लगायतलको बिभिन्न नृत्यहरु, गायन एचं लोकदोहोरीको प्रस्तुतिले कार्यक्रमलाई रोचक बनाएको थियो। साथमा कबि बिण्णु रिजालको कविता प्रहशन पनि प्रशंसा बटुल्न सफल रह्यो। बिभिन्न जानकारीहरुको साथमा कविता र मुक्तकहरु सहित कार्यक्रम संचालन गरेका एकराज गिरीको उदघोषण शैली अनुकरणीय रहेको थियो। सो कार्यक्रमबाट संकलित रकम जनसम्पर्क समिति स्पेनमा पिडित बन्न पुगेका नेपालीहरुलाई खर्चने जानकारी गराएको छ।

बिराज शर्मा, http://www.swissnepal.com/

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक