20090502

माओवादी नै 'कु' को तयारीमा, नन्दकिशोर पुन 'पासाङ'लाई प्रधानसेनापति बनाउने माओवादी कुटनिती

नेपाललाई धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दा एउटै तन र मन भएर संविधानसभामा प्रस्तुत भएका संसदवादी दल र एकीकृत नेकपा (माओवादी) प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई 'स्याक' गर्ने माओवादी एजेन्डामा भने विपरित ध्रुवमा खडा हुन पुग्नुलाई सर्वसाधारणले संसदवादीहरूको नेपाली सेना मोहको अर्थमा लिएका छन्। सदियौं पुरानो राजतन्त्र उन्मुलन हुादा केही नै नभए जस्तो भएकोमा नेपाली सेनाका एक जना अधिकारीको स्पष्टिकरण र कारवाही प्रकरणले काठमाडौं, दिल्ली र वासिंटनमा एकै साथ भूकम्प ल्याउनुको मूल कारण सरकारको नेतृत्व गरेको माओवादीको नेपाली सेनालाई माओवादीकरण गर्ने सुनियोजित षड्यन्त्र रहेको बताइन्छ। रा.ज.पा. अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले गत सोमबार एक निजी टेलिभिजनको टक शोमार्फत् माओवादी योजनाको भण्डाफोर गर्नु भएपछि प्रधानसेनापति कारवाही प्रकरण शिथिल बन्दै गएको हो। र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय अलर्ट भएको हो। पूर्वप्रधानमन्त्री थापाले नेपाली सेना सफ्ट कुको तयारीमा रहेको प्रचार माओवादीले गराएको उल्लेख गर्दै यथार्थमा रहेको र प्रधानसेनापति प्रकरणलाई देखाउने र दुनियाालाई झुक्याउने चालबाजी मात्र रहेको बताउनुभयो। उहााका अनुसार नेपाली सेनाको नेतृत्व हत्याउने योजना केही समय अघि धुलिखेलमा तयार भएको थियो। सो योजना अनुसार नागरिक सर्वोच्चताको आवरणमा प्रधानसेनापति कटवाललाई सरकारको आदेशको अवज्ञा गरेको आरोपमा 'स्याक' गर्ने र आगामी असार ६ गते उमेर हदका कारण अवकास प्राप्त गर्ने बलाध्यक्ष रथी कलबहादुर खड्कालाई कार्यवाहक प्रधानसेनापति बनाएर उनी मार्फत लालसेनालाई नेपाल सेनामा समायोजन प्रक्रिया प्रारम्भ गर्दै सर्वप्रथम लालसेना नेपालका प्रधानसेनापति नन्दकिशोर पुन 'पासाङ'लाई बलाध्यक्ष रथीमा नियुक्ति दिने रहेको रहस्योद्घाटन पूर्व प्रधानमन्त्री थापाले गुर्नभएको छ। बलाध्यक्ष रथी कुलबहादुर खड्कालाई कार्यवाहक प्रधानसेनापतिमा नियुक्त गरेर तत्कालै सैनिक ऐनमा संशोधन गरी नेपाल प्रहरीमा जस्तै नेपाली सेनामा पनि ३० वर्षे पदावधिको प्रावधान कायम गर्ने योजना माओवादीको रहेको राजपा अध्यक्ष थापाले बताउनुभयो। ३० वर्षे प्रावधान लागू हुनासाथ नेपाली सेनाका प्रायः सबै उच्च पदाधिकारीले अनिवार्य अवकाश लिनुपर्ने हुन्छ। जर्नेल राजेश बस्नेत बाहेक। सो प्रावधान लागू भएमा सेनामा जर्नेल र कर्णेलको दरबन्दी पुरै खाली हुन्छ। वरियताको तेस्ो रोल क्रममा रहेका सीबी गुरुङले समेत अवकाश लिनुपर्ने हुन्छ। यसरी सेनाका टप ब्रास सबैले अवकाश लिएर रिक्त रहन जाने दरबन्दीमध्ये पासाङलाई प्रधानसेनापति र अन्य तह र दर्जाका लालसेनाका बिग्रेडिएर एवं कमान्डर सबैलाई तत्तत् दर्जामा नेपाली सेनामा नियुक्ति दिई नेपाली सेनाको नेतृत्व पार्टीको हातमा पार्न प्रधानसेनापति स्पष्टिकरण प्रकरणको बल्छी माओवादीले फालेको खुलासा उहााले गर्नुभएको थियो। अर्को एक उच्च रक्षा स्रोतले बताएअनुसार सरकारले आठ जना नेपाली सेनाका सहायक रथीहरूको म्याद नथप्नुको कारण सो रिक्त स्थानमा सातवटा क्यान्टोनमेन्टमा कार्यरत माओवादी ब्रिगेडिएरहरूलाई नियुक्ति गर्नका लागि हो। माओवादीको यो रणनीति थाहा पाएपछि नै एमाले, फोरम र नेसपालगायतका सत्तारुढ दल समेत माओवादी प्रस्तावको विपक्षमा खडा भएका हुन्। नेपाली सेना माओवादीकरण हुनासाथ सबै संसदवादी दलको दुर्दशा हुने भयका कराण दलहरू माओवादकिो विरोधमा उत्रिएका हुन्। - Bharat Kshyatri


केपी ओलीले फेरी सेके
एक हप्ताभित्र सरकार परिवर्तन हुने संकेत

नेकपा एमाले वरिष्ठ नेता केपी शर्मा ओलीले प्रधानसेनापति रुक्मांगद कटवाललाई पदबाट हटाउन नसकेपछि राष्ट्रपति डा रामवरण यादवलाई गाली गर्न शुरु गरेको बताएका छन् । राजधानीमा वैशाख १९ गते रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता ओलीले भाषण गर्न पाएपछि सबैलाई गाली गर्ने माओवादीले राष्ट्रपतिलाई समेत बाँकी नराखेको उल्लेख गरे । एमालेका ओलीले एकीकृत नेकपा माओवादीलाई सरकार छाड्न चेतावनी दिएका छन्। ओलीले भने, 'माओवादी सत्ताको ठेकेदार होइन सरकार छाड्न कुनै आइतबार नपर्खे हुन्छ।' उनले एक हप्ताभित्र सरकार परिवर्तन हुने संकेत गरे।
माओवादीका कारण देश अराजकततातर्फ पुगेकाले पुराना सहमतिको कार्यान्वयन गर्दै नयाँ शिराबाट अगाडि बढ्नुपर्ने बताए। सरकारमा बसेर माओवादीले लुटपाट र आतंक मच्चाएको भन्दै त्यसको अन्त्य आवश्यक भएको बताए।

ओलीले माओवादीभित्र एकदलीय तानाशाहको अभिष्ट लुकेको आरोप लगाए। प्रेस, न्यायालय, सेना, कर्मचारी जहाँपायोत्यहीँ आक्रमण गर्दै माओवादी सत्ता कब्जा गर्न लागेको छ', उनले भने- 'जताततै भर्कुदै हिँड्ने हो भने विहान-विहान बालुवाको बोरामा हानेर रिस शान्त पारे हुन्छ।' आफ्नो दबाबका सामु झुक्न नचाहनेलाई माओवादीले गालीगलौज र आक्रमण गर्ने गरेको आरोप लगाए। राष्ट्रपति डा.रामवरण यादव माओवादीका हैकम सामु नझुक्ने देखेपछि जथाभावी गाली गर्न थालेको बताए। 'राष्ट्रपतिले जे गर्नुभएको छ संविधानसम्मत गर्नुभएको छ'- उनले भने- 'भलाद्मीहरुलाई माओवादीले आक्रमण र गालीगलौज गर्न थालेका छन् राष्ट्रपतिलाई गाली गर्नुको उद्येश्य त्यही हो।' सेनापति परिवर्तन गर्न नदिने स्पष्ट पार्दै माओवादीलाई त्यसमा गम्भीर भएर सोच्न सुझाव दिए। प्रधानमन्त्री प्रचण्डलाई सेनापति प्रकरणमा सोचेर निर्णय फिर्ता लिन सुझाव दिदै भने '२-४ घण्टा होइन लप्सीफेदीमा २-४ दिन बसेर प्रचण्डजीले सोचेर निर्णय लिदा हुन्छ।'

नयाँ संविधान निर्माणमा जानुपर्ने समयमा माओवादीले देशलाई अलमलाएको आरोप लगाए। जताततै आतंक मच्चाइएको आरोप लगाउदै भने '३० वर्षे सेवावधिको आतंक, कालोमोसो आंतक, स्वेच्छिक अवकाशको आतंक मच्चाएर माओवादीले देशलाईनै आतंकमय बनाएको छ।' नेपाली जनताले माओवादीलाई धैर्य भएर मौका दिएको तर झन् बर्बादीमा पुर्याउने काम गरेको आरोप लगाए। ओलीले नयाँ शिराबाट राष्ट्रिय सहमति एकता र सहकार्यमा जानुपर्ने बताए।
माओवादी विशुद्ध नागरिक पार्टी नभएको बताए। विशुद्ध नागरिक पार्टी हुनका लागि माओवादीले सेना र हतियार राख्न नहुने बताए। तानाशाही लाद्न छापामारको डर देखाएर एकपछि अर्को आक्रमण गरेको आरोप लगाए। प्रेसमाथि हमलाको उद्येश्यमपनि तानाशाह लाद्ने उद्येश्यबाट निहित रहको बताए। एकीकृत नेकपा माओवादीले आफ्नो नाममात्र फेरेको तर व्यवहारमा कुनै परिवर्तन नगरेको आरोप लगाए। उनले भने 'माओवादी एउटै पेडा बनाउने तर नाम फेर्ने पसल जस्तै भएको छ।'

माओवादीले जनयुद्ध अझै नत्यागेकाले फेरि २०५२ साल दोहोरिन सक्ने चेतावनी

सत्तारुढ एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य देवेन्द्र पौडेलले प्रधानसेनापतिमाथि कारबाही नभए माओवादीले फेरि बन्दुक बोकेर जनयुद्ध गर्ने चेतावनी दिनुभएको छ। माओवादीले जनयुद्ध अझै नत्यागेकाले फेरि २०५२ साल दोहोरिन सक्ने चेतावनी उहाँले दिनुभयो। आफनो पार्टी संविधान निर्माणलाई ओझेलमा पारेर सेनामाथि हस्तक्षेप नगरेको दाबी गर्दै माओवादी नेता पौडेलले तर अन्य दल जनपक्षीय संविधान निर्माणमा मञ्जुर नभए नेपाली सेना मात्र नभई अदालत र सबै सुरक्षा अंग कब्जा गरी युद्ध शुरू गर्ने चेतावनी दिनुभयो।
सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले प्रधानसेनापति हटाउने विषय १० वर्षो जनयुद्धको लडाइभन्दा पनि जटिल भएको बताउनुभएको छ। अखिल नेपाल ट्रेड युनियन महासंघ सुर्खेतले १२०औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार वीरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा मन्त्री महराले सो कुरा बताउनु भएको हो। जनयुद्धमा दश हजारले ज्यान गुमाएको उल्लेख गर्दै मन्त्री महराले सेनापतिलाई हटाउने निर्णया फेरि अरु दश हजारले ज्यान गुमाउनुपरे पनि पछि नहट्ने कुरामा जोड दिनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक