20090505

बुझेर या नबुझेर माओवादीका पछी लाग्नेहरु हो, हेर यो भिडियो, अनी देउ जबाफ !!!

अनी भन कटवाल ले किन सेना समायोजन् गर्न हुँदैन भने भनेर




वाह् ! अझ नागरिक सर्बोच्चताका कुरा प्रचन्डका मुखबाट, अनी यिन कै पछाडि दौडेर राष्ट्रपती र प्रधानसेनापतीको कुरा काट्ने ??? खोइ हामी नेपालीले कुरा बुझेको ??!! अब त बुझ्यौ होइन माओवादीले के गर्न खोज्दैछ भनेर कि अझै बुझेनौ ? नबन दास, बनाउलान प्रचन्डले उठिबास, खोस्न खोज्दैछन जनताको गास ......सबैलाई चेतना भया ....... ????!!!!!!


नेपालमा अहिले के भैरहेकोछ ?

सर्वोच्च अदालतको कारण देखाउ आदेश

सर्वोच्च अदालतले राष्ट्रपति रामवरण यादवबाट सरकारद्वारा अवकास दिइएका प्रधानसेनापति रुक्मांगत कटवाललाई पदमा बहाल रहन दिएको निर्देशनसम्बन्धमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बलराम केसीको एकल इजलासले जवाफ राष्ट्रपतिको सचिवालयसँग जवाफ माग गरेको हो। इजलासले म्याद बुझेको दश दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। यसअघि राष्ट्रपतिविरुद्ध दायर विभिन्न रिटमा सर्वोच्च अदालतले उनलाई विपक्षी बनाउनु नपर्ने हुँदा जवाफ माग गर्नु नपर्ने आदेश दिएको छ।इजलासले रिटमा विपक्षी बनाइएका सेनापति कट्वाल प्रधानमन्त्री तथा मन्त्रीपरिषद् सचिवालय र सैनिक मूख्यालयका नाममा महान्यायाधीवक्ताको कार्यालय मार्फत जवाफ पेश गर्न उक्त आदेश जारी गरेको हो।'निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो उचित र पर्याप्त आधार कारण सहित लिखित जवाफ पेश गर्न यो आदेश जारी गरिदिएको छ'- आदेशमा उल्लेख छ। सरकारद्वारा हटाइएका प्रधानसेनापति कटवाललाई पदमा कायम रहन दिएको निर्देशन संविधानविपरित भएकाले खारेज गर्न माग राखी सर्वोच्च अदालतमा सोमबार रिट दायर गरिएको थियो। राष्ट्रपतिलाई आफ्नो स्वविवेकले काम गर्न पाउने संविधानले कुनै अधिकार नदिएको हुँदा राष्ट्रपतिको पत्र गैरसंवैधानिक भएको दावी गर्दै इन्हुरेड इन्टरनेशनलका तर्फबाट अधिवक्ताहरु श्रीकृष्ण सुवेदी रामकृष्ण काफ्ले र विदुरप्रसाद अधिकारीले संयुक्त रुपमा रिट दिएका थिए।

शनिबारसम्म मन्त्री परिषद् गठन गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमतिका आधारमा शनिबारसम्म प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री परिषद् गठन गर्नको लागि व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। राष्ट्रपतिको कार्यालयद्वारा मंगलबार जारी विज्ञप्ति अनुसार नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम २०६६ वैशाख २६ भित्र राजनीतिक सहमतिका आधारमा सरकार गठन गर्न आग्रह गरिएको छ।

सेनापतिलाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने निर्णय

एकीकृत नेकपा माओवादीको मंगलबार विहान बसेको संसदीय दलको बैठकले राष्ट्रपतिले आफ्नो कदम सच्याएर सेनापतिलाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने निर्णय गरेको छ । दलको कार्यालय सिँहदरबारमा बसेको बैठकले मन्त्रीपरिषद्को निर्णय उल्ट्याउने राष्ट्रपतिको कदमविरुद्ध सशक्त विरोध गर्ने निर्णय गरेको छ । माओवादी संसदीय दलको बैठकले राष्ट्रपतिले संसदसमक्ष माफी नमागेसम्म सदन अवरुद्ध गर्ने निर्णय गरेको छ ।

बैठक बिना निश्कर्ष टुंगिएको छ

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेको आव्हानमा मंगलबार अपरान्ह भएको बैठक बिना निश्कर्ष टुंगिएको छ। बैठकमा प्रमुख दलहरु एकिकृत नेकपा माओवादी र सत्ता समिकरणमा अहं भूमिका खेल्ने मधेशी जनअधिकार फोरम सहभागी भएनन्। बैठकमा सहभागी दलका प्रतिनिधिहरुले माओवादी बिनाको सत्ता टिकाउ नहुने जानकारी दिएका थिए।

सरकारको नेतृत्वु गर्न पाउनु पर्ने फोरम प्रस्ताव

सत्ता समीकरण राजनीतिमा निणरायक मधेरी जनअधिकार फोरमले माओवदी र एमाले तथा कांग्रेससँग आफूले सरकारको नेतृत्वु गर्न पाउनु पर्ने प्रस्ताव राखेको छ । एमालेका नेता माधव कुमार नेपालको नेतृत्वमा माओवादीवाहेकका सबै राजनीतिक दलको सहभागितामा सरकार बनाउने तयारी शुरु भएपछि फोरमले सरकारको नेतृत्व पाउनु पर्ने माग गरेको छ ।
फोरमले माआवादीसँग फेरी गठबन्धन गर्न सकिने र त्यसमा केही साना दलसँगै मिलेर सत्ता चलाउन सकिने हुँदा आफ्नो नेतृत्वलाई स्वीकार गर्न प्रस्ताव राखेको हो । माओवादी र फोरम गरी दुई सय ९२ सभासद छन् । यसमा केही साना दलको समर्थन प्राप्त भएका ३ सय १ पुर्žयाउन कठिनाई छैन । अहिले सरकार बनाउनका लागि फोमर र केही साना दलको निर्णायक भूमिका हुने छ ।

५० जना भन्दा बढीलाई पक्राउ

राष्ट्रपतिले प्रधानसेनापतिलाई काममा फर्काउन गरेको निर्णयको विरोधमा राष्ट्रपति भवन शितल निवास अगाडि प्रदर्शन गरिरहेका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले गिरफ्तार गरेको छ। नागरिक समाजको अगुवाईमा भएको प्रदर्शनले निषेधित क्षेत्र तोडेर राष्ट्रपतिविरुद्ध नारावाजी गरिरहँदा प्रहरीले पक्राउ गरेको हो । ५० जना भन्दा बढीलाई पक्राउ गरी प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा लगिएको त्यहाँबाट हाम्रा सम्वाददाता दीपक भट्टराईले जनाएका छन् । पक्राउ पर्नेमा देवेन्द्र राज पाण्डे, सुन्दरमणी दिक्षीत्, कृष्ण पहाडीलगायत छन् । प्रदर्शनकारीहरुले 'निरंकुश राष्ट्रपति राजिनामा दे' भन्दै नारबाजी गरेका थिए ।

बाबुराम भट्टराई हेलिकोप्टरमै अस्वस्थ भएपछि

चिकित्सकको सल्लाह बेवास्ता गर्दै मुगु भ्रमणमा गएका अर्थमन्त्री बाबुराम भट्टराई काठमाडौं फर्किनै नसक्ने गरी थला परेका छन्। मुगुको ताल्चा बिमानस्थल अनुगमन र रारा भ्रमणका लागि अपरान्ह काठमाडौंबाट सुर्खेत आएका मन्त्री भट्टराई हेलिकोप्टरमै अस्वस्थ भएपछि उपचारमा संलग्न चिकित्सकले मुगु नजान सल्लाह दिएका थिए। तर उनी 'मलाई सञ्चो भइसक्यो' भन्दै उनी मुगु पुगे।

सामान्य उपचारपछि दिउँसो १:५० मा मुगु उडेका उनी तीन घण्टापछि सुर्खेत झरेका थिए। तर मन्त्री भट्टराई थला परेर आए। बिमानस्थलमा उत्रिनासाथ भट्टराई पत्नी तथा पर्यटन तथा नागरिक उड्ययन मन्त्री हिसिला यमीको साहारामा भिआपी कक्षको सोफामा पल्टिए। पत्नी यमीले भट्टराईलाई 'नेपालगंज जाऔँ साह्रो भयो भने उपचारको पनि राम्रो व्यवस्था हुन्छ' भनिन् । तर भट्टराईले उनको सल्लाह मानेनन्। उनले भने 'नाईनाई म जानै सक्दैन यतै कतै आराम गर्ने होटलको व्यवस्था गर्नुहोस् बरु भोलि गाडीबाट नेपालगंज जाऔँला।'

अर्थमन्त्री भट्टराईले नेपालगंजसम्म पनि जान नसक्ने बताएपछि भाडामा ल्याइएको सिम्रिक एयरको हेलिकोप्टर भ्रमण दलका सदस्यहरु अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि बास्तोला प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्मासहित चारजनालाई लिएर काठमाडौं फर्कियो। भट्टराई दम्पत्ति र सभाषद सत्या पहाडी तथा उनका श्रीमान् एवं प्रधानमन्त्रीका स्वकीय सचिव शक्ति बस्नेत वीरेन्द्रनगरको होटल सत्कारमा गए।

भट्टराई दिउँसो १२:३० मा सिम्रिक एयरको बिके ११७ हेलिकोप्टरबाट सुर्खेत बिमानस्थल ओर्लेका थिए। भट्टराई अस्वस्थ भएपछि हेलिकोप्टर सुर्खेतमा ५५ मिनेट रोकिएको थियो। मन्त्री भट्टराईले हेलिकोप्टरमै वान्ता गरेका थिए। तत्कालै उपचारको लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डा. हरि सापकोटा विमानस्थल पुगेका थिए। उपचारपछि पत्रकारसँग कुरा गर्दै डा.सापकोटाले हावाको विपरित गतिका कारण श्वासप्रश्वासमा समस्या उत्पन्न भएको बताए। उनले भट्टराईलाई मुगु नजान सल्लाह दिएका थिए।

रातो मच्छिन्द्रनाथको रथ सोमबार मंगलबजारमा ढलेको छ। रथ ढल्नुलाई स्थानीय बासिन्दाहरुले अशुभ संकेतका रुपमा लिएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक