20090506

कांग्रेस र एमालेका कार्यकर्तालाई पाँच दिनभित्र गाउँ छाड्न चेतावनी

रामेछापमा एकीकृत नेकपा (माओवादी)ले कांग्रेस र एमालेका कार्यकर्तालाई पाँच दिनभित्र गाउँ छाड्न चेतावनी दिएको छ।
पार्टी सह इञ्चार्ज राजन दाहालले विज्ञप्ति जारी गर्दै भारतीय विस्तारवादका पक्षपोषक बन्ने का‌ग्रेस र एमालेका कार्यकर्ताले तोकिएको समयभित्र गाउँ नछाडे कारबाही गर्ने चेतावनीसमेत दिएको संवाददाता मिथिलेस यादवले बताएका छन्। माओवादीका जिल्ला समिति सहइन्चार्ज राजन दाहालले मंगलबार विज्ञप्ति जारी गरी कांग्रेस र एमालेमा आबद्ध सबै कार्यकर्तालाई गाउँ तथा जिल्लाबाटै लखेट्न पार्टीका स्थानीय समिति, वाईसीएल, जनवर्गीय संगठन मोर्चा र देशभक्त राष्ट्रवादी जनतालाई अपिल गरेका छन् । सहइन्चार्ज दाहालले कांग्रेसलाई भारतीय दलाल र एमालेलाई उसको मतियार तथा असली पहरेदार भएको बताएका छन् ।
'गाउँ पार्टी प्रमुखसम्मका सम्पूर्णलाई आफ्नो कित्ता स्पष्ट पारी सार्वजनिक अपिलमार्फत माफी मागी सर्वसाधारण भइरहने वा जनकारबाहीको सामना गर्ने भन्ने विषयमा अन्तिम फैसला लिने अवसरका लागि ५ दिनको म्याद दिएको' विज्ञप्तिमा उल्लेख छ, 'समय सीमाभित्र उचित निर्णय लिन नसक्दा उत्पन्न हुने परिस्थितिको सामानाका लागि आवश्यक तयारी पूरा गर्नसमेत जानकारी गराउँदछौं ।'

माओवादी सङ्घर्षका कार्यक्रम

एकीकृत नेकपा (माओवादी) का जनवर्गीय सङ्गठनले राष्ट्रपतिको निर्देशनविरुद्ध सङ्घर्षका विभिन्न कार्यक्रम घोषणा गरेका छन् । सोअनुसार वैशाख २३ गते युवाले विशिष्ट प्रदर्शन, दिउँसो राष्ट्रपतिको असंवैधानिक कदम र नागरिक सर्वोच्चता विषयक अन्तक्रियात्मक गोष्ठी गर्ने तथा मंगलबार साँझ विशिष्ट डिओसीद्वारा मसाल जुलुस निकाल्ने कार्यक्रम छ ।

यस्तै वैशाख २४ गते राष्ट्रपति भवनमा महिलाद्वारा धर्ना दिइने, नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तर्फबाट काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा र्‍याली निकालिने, २५ गते बुद्धिजीवी सङ्गठनद्वारा राष्ट्रपति भवनमा धर्ना दिइने, सबै निर्वाचन क्षेत्रमा तथा विशिष्ट डिओसीका तर्फबाट अन्य स्थानमा विकेन्दि्रत सभा गर्ने र २६ गते रत्नपार्क, माइतीघर मण्डल, जावलाखेल र पाँचतले मन्दिर भक्तपुरमा कार्टुन प्रदर्शन गर्ने कार्यक्रम रहेको माओवादी जनवर्गीय सङ्गठनले जनाएका छन् ।





शान्ति प्रकृयाको उपलब्धि खतरामा

राष्ट्रसंघीय नियोग अनमिन प्रमुख क्यारिन ल्याण्डग्रेनले प्रधानमन्त्रीको राजीनामापछि नेपालमा देखिएको राजनीतिक संकटले शान्ति प्रकृयाको उपलब्धि खतरामा परेको बताएका छन् ।नेपाल सम्बन्धि प्रतिवेदनमाथि न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्या्लयमा मंगलबार राति भएको छलफलमा भाग लिदै उनले शान्ति प्रकृया अत्यन्तै जटिल मोडमा पुगेको बताए । नयाँ सरकार गठनमा देखिएको अन्यौलले शान्ति प्रकृयालाई पूर्णता दिन थाति रहेका कार्यहरुमा बाधा पुग्नसक्नेमा उनको चिन्ता थियो । त्यसअघि न्यूयोर्कमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रसंघीय महासचिव वान की मुनले नेपालमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक