20090507

एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने काँग्रेसको निष्कर्ष

नेपाली काँग्रेस संविधान सभा दलको बैठकले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने निष्कर्षनिकालेको छ । काँग्रेस संविधानसभा दलको कार्यालय सिंहदरवारमा आज झण्डै ५ घण्टा बसेको बैठकले एमालेको नेतृत्वमा सरकार बनाउनु पर्ने सहित ६ बुँदे निर्ण्र्ाागरेको कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो । वैठकले अवरुद्ध संसद तत्काल संचालन गर्न सवैसँग आग्रह गरेको छ । कांग्रेसले संविधान निर्माण हुनुअघि नै समयोजन र पुनर्स्थापना गरि माओवादी लडाकुहरुको संगठन र शिविर समाप्त गर्नुपर्नेमा जोड दिएको छ । वैठकले राष्ट्रपतिको कदमको स्वागत र र्समर्थन गरेको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डेढ वर्षअघिको भिडियो टेप प्रकरणले शान्ति प्रक्रिया अवरुद्ध गर्ने र सत्ता कब्जा गर्ने माओवादीको नियत उदाङीएको र त्यसलाई असफल पार्न अपिल गरेको छ ।

१३ जनाको ज्यान गएपछि

गोरखाको दुर्गम गुम्दाको सिङ्ला गाउँमा पहिचान हुन नसकेको रोगबाट दुइसाता यता १३ जनाको ज्यान गएपछि हेलिकप्टरबाट पुगेको स्वास्थ्यकर्मीको टोलीले उपचार शुरु गरेको छ । गोरखा सदरमुकामदेखि २६ कोस टाढा गुम्दामा हेलिकप्टरमा गोरखाबाट गएको टोली औषधी सहित त्यसतर्फगएको हो । रोगबाट अझै १० जना सिकिस्त रहेका र अरु ३०/४० जनामा रोगको लक्षण देखिएको विरामी उद्दार कार्यमा खटिएका माछीखोला प्रहरी चौकीका अर्सइ खिम पाण्डेले जानकारी दिनुभएको छ । पाण्डेका अनुसार गोरखाबाट पुगेको डाक्टरहरुको टोलीले अहिले स्थानीय सामूदायिक भवनमा विरामीहरु जम्मा गरेर उपचार गरिरहेको छ ।
दुइसातामा पनि पहिचान हुन नसकेको रोगबाट ३० देखि ५५ वर्षम्मका ९ जना र २ देखि १३ वर्ष सम्मका ४ जना गरी १३ जनाको ज्यान गैसकेको छ ।


केन्द्रको निर्देशनमा केही माओवादी नियन्त्रणमा !

अध्यक्ष प्रचण्डले चितवनको शक्तिखोरस्थित माओवादी सेनाको शिविरमा गरेको भाषणको भिडियोटेप र्सार्वजनिक भएपछि माओवादी केन्द्रको निर्देशनमा केही माओवादी लडाकूलाई नियन्त्रणमा लिइएको छ। भिडियो प्रकरणपछि माओवादी सेनाका शिविरमा दुस्मनका मान्छेको प्रवेश भएको भन्दै माओवादीले त्यसबेला भिडियो खिच्ने युनिटदेखि शंकास्पद मानिएका केही माओवादी सेनालाई नियन्त्रणमा लिएर सोधपुछ शुरू गरेको माओवादीस्रोतले जानकारी दिएको छ। माओवादी जनसेनाका अन्य शिविरमा पनि यस्ता गतिविधि हुन सक्ने भन्दै र्सतर्कता अपनँएको बताइएको छ। माओवादी सेनाले पैसामा बिकेर उक्त टेप बेचेको निष्कर्षनिकाल्दै क्याम्पमा रहेका शंकास्पद लडाकूहरूमा पनि थप निगरानी शुरू गरेको बताइएको छ।

यसैबीच मुलुकमा उत्पन्न असहज परिस्थितिपछि देशभरका माओवादी सेनाका क्याम्पमा रहेका बच्चा भएका महिला लडाकूलाई बिदामा घर पठाइएको छ। उदयपुरको त्रिवेणी गाविसमा रहेको शिविरबाट सुत्केरी, गर्भवती र साना केटाकेटी भएका महिला छापामारलाई बिदामा पठाइएको छ भने अन्य शिविरबाट पनि त्यस्ता लडाकूलाई घरबिदा पठाउन शुरू गरिने बताइएको छ।

तपाईंले जनतालाई त्यो टेप खिच्या बेलाँ झुक्याउनु भाको कि ऐले याँ हाम्लाई झुक्याइरहनु भाको ? source : news of nepal


प्रचन्डले पत्रकार सम्मेलनमा के के भने ?

प्रचन्डले पत्रकार सम्मेलनमा के के भने ? पत्रकार सम्मेलन को टेप रेकोर्ड :


प्रचन्डले कार्यक्रममा लाजै पचाएर

अनमिनको आंखामा छारो हालेर २० हजारलाइ प्रमाणिकरण गराउन सफल भएकोमा दम्भ देखाएका प्रचन्डले कार्यक्रममा लाजै पचाएर हामीसंग एक लाख सेना छ भनेर सफेद झुट बोल्दा सबै ट्वा परे । टेपकान्डवाट रन्थनिएका कामचलाउ प्रधानमन्त्री प्रचन्डले आज पत्रकार सम्मेलन गरेर टेपकान्ड चुनाव अगाडिको रणनीति मात्र रहेको र अहिले आफुहरु परिर्वतन भइसकेको दावी गरेछन । उनले जनसेनाकामाझ भनिएका कुरा अहिलेको वर्तमान शन्र्दभमा नमिल्ने दावी गर्दै भ्रममा नपर्न भन्दै अरुलाइ भ्रममा पार्ने अथक प्रयास गरेछन ।

जनयुद्ध कालमा आफुले त्यो भन्दा पनि उत्तेजक भाषणहरु गरेको रेकर्ड रहेको दावी गर्दै प्रचन्डले संविधान सभा र शान्ती प्रकृयामा आफुहरु इमान्दार रहेको दावी गरेछन । त्यसमा थप आफ्नो गल्तीको दोष अरुको टाउकोमा थोपरेझै उनले टेप सार्वजनिक गर्नेहरु सैनिक सर्वसत्ताबादको पक्षधर रहेको आरोप लगाएर आफुचांही पानी माथिको ओभानो पो बन्न खोजे ।

जम्मा सात/आठ हजार सेना रहेको र अनमिनको आंखामा छारो हालेर २० हजारलाइ प्रमाणिकरण गराउन सफल भएकोमा दम्भ देखाएका प्रचन्डले कार्यक्रममा लाजै पचाएर हामीसंग एक लाख सेना छ भनेर सफेद झुट बोल्दा सबै ट्वा परे । उनले आज धेरै पक्षमा झुट बोलेर विश्वका उत्कृष्ठ झुटा र छलीहरुको चयनको प्रकृया हुने हो भने त्यो पद उनैले पाउने गरी बोलेछन ।

उनले त्यो भिडियोले माओवादीलाइ कुनै फरक नपर्ने दावी गरे । पत्रकार सम्मेलन आयोजना गर्नुको मुख्य उद्धेश्य नै टेपकान्ड थियो । त्यसैले देखाइरहेको थियो त्यो टेप प्रकरणपछि माओवादी कत्तिको विचलीत भएको छ भन्ने ।

सरकार माओवादीकै नेतृत्वमा ?
डा बाबुराम भट्टराइको नेतृत्वमा कांग्रेस सहितको राष्ट्रिय सरकार गठनको चर्चा चलिरहेको बेला प्रचन्डले पुन माओवादीकै नेतृत्वमा सरकार बन्ने दावी गरेर कतै त्यो चर्चा सत्य हो कि भन्ने संकेत दिए । तर खै किन हो उनैलै बाबुराम प्रधानमन्त्री बन्ने भन्ने हल्ला चलाउनेलाइ उनले शड्यन्त्रकारीको विल्ला लगाउंदै पत्रकारले सोध्दै नसोधेको उत्तर दिएछन । कुरो सरकारको नेतृत्वको थियो उनले उत्तर चै माओवादीमा विभाजन आएको हो भन्नेप्रकारको दिएर समुहमा चोरको खुट्टा काट भन्दा चोरले आफ्नो खुट्टो उचाले झै गरेछन । बाबुराम प्रधानमन्त्री बन्ने हो भन्दा उनले भने-तपाइहरु भ्रममा नपर्नुस हामीहरु एकताबद्ध छौं ।
हल्लाको मार्केटमा फिजिएको हल्ला अनुसार भारत आफैं माओवादीको नेतृत्वमा कांग्रेस सहितको सरकार गठनका लागि कि्रयशिल भएको छ रे । त्यसमा कांग्रेस समेत सहमत भएको बजार हल्ला छ । यसको कतैवाट पुष्टी भने हुन सकेको छैन ।
समष्टिगत रुपमा हेर्ने हो भने प्रचन्डभन्दा बाबुराम सक्षम नै छन । प्रचन्डको मनमा प्रधानमन्त्रीको लोभ नपलाएको भए प्रचन्डको स्थानमा प्रधानमन्त्री हुने बाबुरामनै थिए । किनकी प्रचन्ड त राष्ट्रपतिका रुपमा प्रचारमा आएका थिए । तर राष्ट्रपति हुने छांट नदेखेपछि प्रधानमन्त्री बनेर गणतान्त्रीक नेपालका प्रथम राष्ट्रपति भित्तामा मात्र सिमित बनाए ।
कामचलाउन बनिसकेको अहिलेको सरकामा सहभागि मन्त्रीहरुको कार्यदक्षताको आधारमा मुल्यांकन गर्ने हो भने प्रधानमन्त्री असफल भएपनि अर्थमन्त्रीमा रुपमा बाबुराम सफल मन्त्री बन्न सफल छन नै । त्यसैले बाबुरामको नाम प्रधानमन्त्रीमा आउनु मात्र हैन उनी प्रधानमन्त्री चुनिए राम्रै हो ।
अहिले सरकारको नेतृत्व गर्न एमाले र मधेसी जनअधिकार फोरम खुट्टा उचालेर बसेको छ । कांग्रेस एमालेको पक्षमा उभिइसकेको छ । भर्खरै माओवादी नेतृत्वको सरकार ढलेको छ । भनेपछि के तत्कालै पुन माओवादीकै नेतृत्वमा नयां सरकार बन्ला र ? -Hamroblog




सडक अबरुद्ध, सदन अबरुद्ध, सदन नचली सरकार बन्न सक्दैन, माओवादी नयाँ सरकार बन्न नदिने धुन मा छ, यसै बिच बिभिन्न देसका राज्दुतहरुको चलखेल् बढ्दैछ , अमेरिकि र अन्य सात राजदुत् एमाले कार्यालय बल्खु जादै ...

1 comment:

  1. k garne!!!! jun jogi aye pani kanai chireko!!! prachanda cabron.... eres un maricon!!!! prachanda comrade hoina com and rate ho....... deshlai retne manchhe.-........ lets c da future of nepal

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक