20090514

प्रचन्ड ' र ' का एजेन्ट नै हुन !!!

- शेखर ढुङेल

आखिर प्रचन्ड भारत का नयाँ लोन्दुप दोर्जे प्रमाणित भए । ' र ' कै निर्देशन् बमोजिम नेपाल को परम्परागत स्थाइ धरातल र आस्था लाई ध्वस्त पारी सके पछी बचेँको एक मात्र राष्ट्रिय शेना भित्र कथित नागरिक सर्बोच्चता को नाम मा बिद्रोह गराउने र अर्को तिर बिभिन्न जन जाती अनी ' एक मधेष एक प्रदेश को 'अन्दोलन गराइ रक्त पात बढे पछी तराइ मा भारतीय मूल का नागरिक को सुरक्षा को बहाना मा भारतीय शैनिक बोलाउने षडयन्त्रात्मक् चक्रब्युह रचियो तर समय मा नै अमेरिका र अन्य राष्ट्र बादी दल ले टेप मार्फत प्रचन्ड को योजना थाहा पाएकाले तत्काल लाई रोकिये पनि खेल समाप्त भैसकेको छैन ।
त्यही योजना सफल गर्न सहयोग नगरेको भन्दै भारत लाई रिष देखाउन राजिनामा दिये । म जस्तो विश्वाश पात्र पाउदा पनि मौका मा सहयोग नगर्ने भन्दै ' भारतीय दैनिक पत्रीका द हिन्दू ' मार्फत गुनासो पोखे । यस बाट स्पस्ट हुन्छ राष्ट्र बाद को खोल ओढेर प्रचन्ड ले नेपाल मा नयाँ लोन्डुप दोर्जे को रुप मा जन्म लिएका छन । शेना मा बिद्रोह गराए लगत्तै तराइ मा जातिय दंगा गराउने योजना रहेको छ माओवादी को त्यसै ले आफ्नो योजना मा बाधक देखिएका राष्ट्रपती बिरुद्ध आगो भएर ' र् ' कै निर्देशन मा संघर्श गरिराखेको एक सुत्र ले बताएको छ ।
पूर्व राजा ज्ञानेन्द्र लाई माओवादी भारत बाट सन्चालित छन भन्ने थाहा थियो त्यसै ले बिस्व मा सर्बाधिक आतंक पीडित भारत को आतंककारी पारीभाषा मा दोहोरो मापदन्ड किन भनी पूर्व राजा ज्ञानेन्द्र ले भारत को निती को पर्दा फास गर्न खोज्दा भारत चीढियो र मौका पाउने बितिकै उधारो लोकतन्त्र ( उस्कै भाषा )दिने नाम मा माओवादी लगायत का दल लाई ( तत्कालिन ८ दल ) भारत बोलाएर राजा ज्ञानेन्द्र को बिरुद्ध मा १२ बुँदे सम्झौता गरायो । माओवादी बाहेक अरु दल लाई भारत को यो षड्यन्त्र को भनक समेत भएन । यहाँ सम्मकी पाउने करोड भारतीय लाई नागरिकता बाडियो कसैले चु समेत बोलेन ।
प्रचन्ड को काम जसरी हुन्छ देश तहस नहस पार्ने , सडक र सदन ठप्प पार्ने , देश मा अराजकता फैलाउने , दन्ड हिनता लाई बढवा दिने , संबैधानिक प्रकृया नस्ट पार्ने , जनता मा बित्रिस्णा जगाउने , जातिय सदभाव लाई द्वन्द मा परिणत गर्ने , राष्ट्रिय ढुकुटी खाली पार्ने , र अन्तमा देश लाई असफल राष्ट्र को पगरी गुथाइ बिदेशी (भारत) लाई नेपाल मा आफ्नो इच्छा बमोजिम को शासित राज्य मा परिणत गराउने त्यो षड्यन्त्र को तानाबना बुनिएको थिएन भने देश को शेना र राष्ट्रपती बिरुद्ध भारतीय बिशेष दुत को माग किन गरे प्रचन्ड ले ? र किन खोइरो खन्दै छन आफ्नै देश को शेना र राष्ट्रपती को ?



गैरआवासीय नेपालीहरुलाई आवासीय नागरिकता !

गैरआवासीय नेपालीहरुलाई नेपालमा आर्थिक गतिविधि संचालन गर्न आवासीय नागरिकता दिन प्रमुख राजनीतिक दलहरु सहमत देखिएका छन्। संविधानसभाको मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र एमालेका नेताहरुले समान धारणा राखेका थिए। समितिले बनाएको नागरिकतासम्बन्धी उपसमितिले तयार पारेको अवधारणापत्रमाथि बुधवार भएको छलफलमा माओवादी सभासद् चन्द्रप्रकाश गजुरेलले अवधारणापत्रको मस्यौदामा उल्लिखित विषयप्रति पूर्ण सहमति जनाए। उनले भने ‘विदेश गएर बसेकाहरु धेरैजसो रेस्टुरेण्ट चलाउँदा रहेछन्। ५०-६० लाख रुपैयाँमा रेष्टुरेण्ट खोलेर त्यहाँ बस्नुको साटो १०-१२ जना मिलेर १५-२० करोड जुटाउँदा नेपालमा राम्रै व्यवसाय चल्छ त्यसैले पनि सहज वातावरण भएमा उनीहरु नेपाल फर्कन चाहन्छन्।' उनले गैरआवासीय नेपालीका आफन्तहरु नेपालमै हुने भएकाले सहज वातावरण बने नेपाल आएर लगानी गर्ने बताए।

नागरिकतासम्बन्धी व्यवस्था गर्न गठित उपसमितिले अवधारणापत्रको मस्यौदामा उल्लेख छ ‘गैरआवासीय नेपालीहरुलाई नेपाल आउँदा राहदानी लिनुपर्ने समस्या रहेको र नेपालमा आई पुनः आर्थिक गतिविधि गर्न समस्या रहेकाले यसलाई सहज तुल्याउन नेपाली राहदानी लिएर गएका गैरआवासीय नेपालीहरुलाई सार्वजनिक पदमा बहाल रहन नपाउने मताधिकार प्रयोग गर्न नपाउने र राजनीतिक अधिकार प्रयोग गर्न नपाउने शर्तमा आवासीय नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्छ।' गजुरेलले अवधारणापत्रको भाषा समेत प्रष्ट भएको जनाएका थिए।

नेपाली कांग्रेसका गगन थापाले पनि गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता दिने व्यवस्था गरेर संसारभरि छरिएर रहेका नेपालीहरुको लगानी आकर्षित गर्न सुझाव दिए। चीनको नागरिकताले गैरआवासीय नागरिकको लागि गरेको व्यवस्था उधृत गर्दै उनले भने ‘पूजीवादी देशले मात्र हैन कम्युनिष्ट देशले पनि गैरआवासीय नागरिकको लगानी आकर्षित गर्न विशेष व्यवस्था गरेको छ।' एमालेका प्रदीप ज्ञवालीले पनि गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न उनीहरुलाई विशेष परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका थिए।

नेपाल मजदूर किसान पार्टीकी लीला न्याइँच्याईंले भने दोहोरो नागरिकताको विरोध गरेकी थिइन्।

नेपाल संघीय राज्यमा प्रवेश गरिसकेको अवस्थामा प्रादेशिक पहिचान स्पष्ट खुल्नेगरी नागरिकताको व्यवस्था गर्नेबारे पनि सहमति देखिएको छ। मस्यौदामा लेखिएको छ ‘एकभन्दा बढी राज्यमा राजनीतिक अधिकारको प्रयोग सम्बन्धमा संविधानले नै उचित व्यवस्था गर्नुपर्छ।'

नेपालभित्र बसोबास गर्ने विदेशी नागरिकका बारेमा भने बुधवारको बैठकमा समिति निष्कर्षमा पुग्न सकेन। विदेशी नागरिकका विषयमा अवधारणापत्रमा उल्लेख छ ‘नेपाली नागरिकसँग बैबाहिक सम्बन्ध भएका विदेशी महिला-पुरुष दुवैलाई नेपालमा स्थायी बसोबास गरी निश्चित अवधि पूरा गरेको र विदेशी नागरिकता त्याग गरेको आधारमा अंगिकृत नागरिकता दिने व्यवस्था हुनुपर्छ।'
-माधव ढुङ्गेल

माधवकुमार नेपालले पुष्पकमल दाहाल भेटे

एमाले नेता माधवकुमार नेपालले बुधबार अपरान्ह प्रधानमन्त्री एंव माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग भेटेका छन् । पुल्चोकस्थित अर्थमन्त्री डा. बाबुराम भट्टराईको निवासमा भएको भेटवार्तामा नेपालले एमाले नेतृत्वको सरकार गठनमा सघाउन माओवादी नेतृत्वलाई आग्रह गरेको बुझिएको छ । प्रधानसेनापति प्रकरणपछि दुई पार्टीबीच सम्बन्ध चिसिएको छ । अधिकांश दलहरुको समर्थनमा एमालेको नेतृत्वमा सरकार गठनको तयारी भएकोले सघाउन प्रधानमन्त्रीलाई उनले आग्रह गरेका हुन् । भेटपछि एमाले नेता नेपालले संसदको अवरोध अन्त्य गरी राजनीतिक निकास दिन प्रधानमन्त्रीलाई आफूले आग्रह गरेको बताए । सरकार गठनको प्रक्रिया अघि बढी सकेकोले त्यसलाई निष्कर्षमा पुर्‍याउन साथै सरकारमा सहभागी भएर सहयोग गर्न आफूले माओवादी नेतृत्वलाई आग्रह गरेको उनले जानकारी दिए । प्रधानमन्त्रीले राष्ट्रपतिको कदमका सच्याउनु पर्ने कुरा उठाएका थिए । प्रत्युत्तरमा नेता नेपालले त्यो मुद्दा अदालतमा विचाराधीन रहे पनि राजनीतिक छलफल गरेर निकास निकाल्न सकिने धारणा राखेका थिए । मुलुकको अभिभारा पूरा गर्न सहमतिमा अगाडि बढ्न आफूले आग्रह गरेको नेपालले बताए ।


न्यूयोर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालमा देखिएको वर्तमान गतिरोध, राजनितीक सर्न्दर्भलाई लिएर अमेरिकाको न्यूयोर्कमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रिजउड नेपलिज सोर्साईटीको आयोजनामा न्यूयोर्कमा मे १७ आईतबार सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले देशको वर्तमान अवस्थाका वारेमा चिन्ता व्यक्त गरेका थिए ।
रिजउड नेपलिज सोर्साईटिका अध्यक्ष श्री पराजुलिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हाल अमेरिका भ्रमणमा रहनु भएका राप्रपाका क्रेन्द्रीय सदस्य एंव पर्ूव मन्त्री प्रेम बहादुर भण्डारी, नेपाली काग्रेसका युवा नेता डिल्ली चौधरी र पत्रकार वद्री सिग्देललाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा समितिका अध्य श्री पराजुलीले प्रेम भण्डारी, सोर्साईका पर्ूव सचिव एंव समाजसेवी सरोज श्रेष्ठले डिल्ली चौधरी र नेपाली जन सर्म्पर्क समिति अमेरिकाका अध्यक्ष, आनन्द विष्टले पत्रकार वद्री सिग्देललाई फुलमाल एंव दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली जन सर्म्पर्क समिति अमेरिकाका महासचिव वेद प्रसाद खरेलले आज माओवादीको कारणले देश अधोगती तर्फधकेलिएको छ र राजनीतिक पार्टर्ीीले वढो सोच विचार गरेर अगाडि बढ्नु पर्दछ भन्दै वर्तमान असहज परिस्थितीमा नेपाली काग्रेसले देखाएको त्यागले नेपालको राजनीतिमा दुरगामी प्रभाव पर्ने छ भन्दै माओवादीले लादन खोजेको तानाशाही बाट जनतालाई उन्मुक्त दिन र देशलाई अग्रगामी दिशामा हिडाउन वर्तमान गठवन्धनले प्रभावकारी काम गरोस भन्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार वद्री सिग्देलले आफू अमेरिका आएर रिजउडमा आउदा नेपाली गाँउमा आए जस्तो भएको अनुभव बताउदै अमेरिकामा रहेर रिजउड सोर्साईटिले नेपाल र नेपालीका लागि गरेको कामको प्रशंसा गर्नुभयो । नेताहरु पार्टर्ीी स्वार्थमा रुमलिएर माओवादीले त्यसको फाईदा उठाउदै देशलाई तहस नहस पार्यो । अव पनि नेताहरुको आँखा खुलेन भने नेपालको भविष्य अन्धकार छ भन्दै सवैले एक जुट भएर लाग्नु पर्ने बताउनुभयो ।

त्यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका युवा नेता डिल्ली चौधरीले भारत नेपालको विखण्डनको लागि लागी परेको छ भन्दै आज देशमा जातीय द्धन्दको अवस्था सिर्जना भएको छ । सदियौ देखी नेपालीहरु बिच भएको एकतालाई आज जात जाती भाषा भाषीका नाममा विभाजीत गर्ने काम भएको छ । यसलाई समयमै निराकरण गरिएन भने भोलीका दिनमा देश भयकर अफ्ठया्रोमा फस्न सक्ने छ भन्दै देश शान्ती प्रक्रियामा प्रवेश गरेता पनि हामी निर्ण्ाायक अवस्थामा पुगेका छैनौ त्यसैले माओवादीलाई समेत समझदारीमा लिएर हामी अगाडी बढ्नर्ुपर्छ भन्नुभयो ।
सभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रिय सदस्य प्रेम भण्डारीले आज मुलुक आन्दोलीत छ । दर्ुइ वर्षपुग्न लाग्यो संविधान बनाउने तर्फकोही अग्रसर भएका छैनन् । माओवादीले देशलाई झन बढी द्धन्दमा फसायो ।आफूलाइृ अनुकूल हुदा वैधानीक र आफूलाई प्रतिकूल हुँदा अवैधानीक भन्ने प्रवृत्तिले देशले निकास पाँउदैन । सवैमा राष्ट्रप्रतिको साझा सोच हुनु जरुरी छ भन्दै अमेरिकामा बसेर तपाईहरुले नेपाल र नेपालीको लागि गर्नुभएको काम सर्हानिय छ भन्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली जनसर्म्पर्क समिती अमेरिकाका अध्यक्ष आनन्द विष्टले मुलुक भयावह स्थितिमा छ । माओवादी कहिल्यै प्रजातन्त्रवादी हुन सक्दैन भन्दै आज माओवादीको सक्कली अनुहार प्रष्ट भएको छ र उसले लाद्न खोजेको तानाशाहीबाट देश बचेको र देशलाई वचाउन नेपाली काँग्रेसले खेलेको भृमिका अत्यन्त सकारात्मक भएको छ भन्दै भावी गठवन्धन सरकारले नेपालीलाई भयमुक्त कानुनी राज्यको अवस्था सिर्जना गरेर संविधान समयमै निर्माण गरि देशलाई निकास देओस भन्नु भयो ।
सभापतीको आसनबाट बोल्दै सभापति श्री पराजुली हामी विदेशमा बस्ने नेपालीहरु हरेक साँझ नेपाल सम्झेर निदाँउछौ,हरेक विहान नेपाल सम्झेर व्यूझन्छौ भन्दै नेपालका राजनितीक दलहरु हिजोको दिनमा चुकेकाछन् त्यही कारणले आज देशको अवस्था यस्तो भएको हो । नेपालमा वस्ने नेताहरुले आफ्नो स्वार्थ त्यागी देशलाई सहि मार्गमा लैजाउन भन्ने हाम्रो चाहना हुन भन्दै हामी विदेशमा वस्ने नेपालीहरु नेपाललाई सुन्दर शान्त नेपालका रुपमा देख्न चाहन्छौ भन्नुभयो ।

रिजउड नेपलिज सोर्साईटिका सचिव गजेन्द्र बुढाथोकीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत भाषण रिजउड नेपलीज सोर्साईटिका सदस्य कृष्ण विष्टले गर्नुभएको थियो । कार्यक्रममा रिजउड बासी नेपालीहरुको उल्लेख्यसहभागीता थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक