20090515

आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय !

सत्ता समिकरणको साँचो लिएर बसेको भनिएको मधेशी जनअधिकार फोरमले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। मधेशी दलको नेतृत्वमा सत्ता संचालन गर्ने मौका आएकाले त्यसलाई खेर फाल्न नहुने निश्कर्षमा फोरम पुगेको हो। फोरम केन्द्रीय समितिको बैठक हिजो दिउसो एक बजेदेखि आज बिहान साँढे ३ बजेसम्म चलेको थियो। बैठकले फोरमको नेतृत्वमा सरकार बन्न नसके मधेशको मुद्दामा सहमत हुने दल अथवा त्यस्तो दलका गठवन्धनलाई समर्थन गर्ने तर सरकारमा भने सहभागी नहुने निर्णय गरेको छ। फोरमको यो निर्णयसँगै सत्ताको नेतृत्व लिएर अगाडि हिड्न खोजेको कांग्रेस एमाले गठवन्धन अप्ठेरोमा परेको छ। फोरमका केन्द्रीय सदस्य राम साह यादवले सत्ता संचालनको लागि मधेशी दलहरुले यसपटक पाएको अवसर गुमाउन नहुने निर्णय केन्द्रीय समितिले गरेको जानकारी दिए। उनले शुक्रबार बस्ने फोरम संसदीय दलको बैठकले उक्त प्रस्ताव पारित गरेपछि सुरुमा मधेशी मोर्चासँग यस विषयमा छलफल गरिने बताए।
फोरमको नेतृत्वमा मधेशी मोर्चालाई सहभागी गरी सरकार बनाउने निर्णयपछि मोर्चाको तर्फबाट अन्य दलको सहमति खोजिने जानकारी उनले दिए। फोरम आफ्नै नेतृत्वमा सरकार गठन गर्ने नभए सरकारमा नजाने निर्णयपछि मधेशी मोर्चा पनि अप्ठेरोमा परेको छ।
विश्वस्त स्रोतका अनुसार माओवादी समर्थनमा सरकार बनाउन सकिने निश्कर्षमा फोरम पुगेको हो। फोरम केन्द्रीय समिति बैठकले शान्ती प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन तथा राजनीतिक सहमतिका आधारमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित राज्य प्रणाली सु-संचालन गर्न आफ्नै नेतृत्वमा सहमत हुनसक्ने पक्षहरूको संयुक्त सरकार गठन निम्ति राजनीतिक दलहरूको सहमति जुटाउने निर्णय पनि गरेको छ।

विकल्पमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग भएको आठ सूत्रीय सम्झौतालाई ठोस एवं व्यवहारिक रुपमा कार्यान्वयन गर्ने मुद्दामा सहमत हुने राजनीतिक दल वा गठबन्धनलाई सरकार गठनका लागि, स्वयं सरकारमा नगई गुण र दोषको आधारमा बाहिरबाट समर्थन र सहयोग गर्ने निर्णय लिएको छ । मधेशी मोर्चाका घटकहरु तराई मधेश लोकतान्त्रि पार्टी र सदभावना पार्टीले एमाले गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिसके पनि मोर्चाको बैठकमा उक्त निर्णय फिर्ता हुने फोरमका केन्द्रीय सदस्य रामेश्वर राय यादवले बताए।

बाहिरबाट समर्थन गर्नुपर्ने अवस्था आएमा मधेशीसँग भएका आठ सूत्रीय सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता जुन गठवन्धनबाट आउँछ उसैलाई समर्थन गर्ने निर्णय फोरमले गरेको हो। कांग्रेस-एमाले गठबन्धनले त्यस्तो प्रतिवद्धता व्यक्त गरे सोही गठवन्धनलाई सहयोग गरिने यादवले बताए।



मन्त्रीहरूले विदेश भ्रमणमा मात्रै झन्डै साढे ६ करोड रुपैयाँ सरकारी ढुकुटीबाट सके

प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको नेतृत्वमा रहेको सरकारका मन्त्रीहरूले विदेश भ्रमणमा मात्रै झन्डै साढे ६ करोड रुपैयाँ सरकारी ढुकुटीबाट सकेका छन् । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो कार्यालयबाट चलाएको र अर्थ मन्त्रालयबाट निकासा नभएको करोडौंको हिसाब बेग्लै छ । अर्थ मन्त्रालयले मन्त्रीहरूको विदेश भ्रमणमा लागेको खर्चबापत अहिलेसम्म ६ करोड ३८ लाख ४० हजार ६ सय ६१ रुपैयाँ निकासा गरिसकेको छ । धेरै मन्त्रालयले यस्तो रकम अर्थसित अझै माग नगरेका कारण मन्त्रीहरूको वास्तविक विदेश भ्रमणको खर्चको विवरण अर्थसँग पनि छैन ।

कसले कति खर्चे ?

प्रधानमन्त्री पुष्पकमल दाहाल
चीन भ्रमण ४६,६७,२८०
नर्वे र फिनल्यान्ड भ्रमण १,०२,२०,३१५
राष्ट्र संघको महासभा र भारत २,१४,५६,२६२
विमस्टेक सम्मेलन भारत ३०,०४,५४०

रक्षामन्त्री रामबहादुर थापा बादल
चीन भ्रमण २,४६,४१४
चीन भ्रमण १,७१,२५६

अर्थमन्त्री डा. बाबुराम भट्टराई
अमेरिका भ्रमण ७,४६,७९८
जापान ४९,६८२

परराष्ट्रमन्त्री उपेन्द्र यादव
राष्ट्र संघको महासभा १,०२,७७,५१८
दिल्ली र मुम्बई भ्रमण १९,९०,२२५
(क्युवा, जर्मनी, चीन, स्विटजरल्यान्ड, नर्वे, श्रीलंका भ्रमणको खर्च विवरण अझै अर्थ मन्त्रालयमा पुगेकै छैन)

पर्यटनमन्त्री हिसिला यमी

लन्डन भ्रमण ३,११,६५६
भारत भ्रमण ८६,४६०

विज्ञान तथा प्रविधिमन्त्री गणेश साह
इटलीको रोममा ५८,११२
सिउल र पोल्यान्ड भ्रमण ४५,९९०
पोल्यान्ड ४,१४,५६१
बोन, थाइल्यान्ड र नैरोवी भ्रमण ७,१८,०९५
जर्मनीको वर्लिन ३,६०,५९५
इन्डोनेसियाको बाली ३,३०,६७४

सञ्चारमन्त्री कृष्णबहादुर महरा
कोरिया भ्रमण ७,६५,३९७
चीन भ्रमण ४०,६२५

भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार
चीन भ्रमण २३,८५०
दिल्ली भ्रमणमा १९,१८७

जलस्रोतमन्त्री विष्णुप्रसाद पौडेल
टर्कीको इस्तानबुल ११,७१,६८१
श्रीलंका ५,८४,८४६
श्रीलंका २३,६७०

कृषिमन्त्री जेपी गुप्ता

जर्मनीको वर्लिन ६,२४,०००
वाराणसी, दिल्ली र रोम भ्रमण ९,१७,६०८
रोम ५,०१,९१५
बैंकक २,२३,८९२

श्रम तथा यातायात व्यवस्थामन्त्री लेखराज भट्ट
फिलिपिन्स भ्रमण ४,५९,३७६

सामान्य प्रशासनमन्त्री पम्फा भुसाल
थाइल्यान्ड र मलेसिया अध्ययन भ्रमण ४०,६२५
भारत ३८,३८०

वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो
कम्बोडिया ७२,८६३
अमेरिका र दिल्ली ८,३७,२३७

न्याय, कानुन तथा संविधानसभामन्त्री देव गुरुङ
श्रीलंका ५,५५,३१०

कानुनमन्त्री वाराणसी भ्रमण १५,००७
युवा तथा खेलकुदमन्त्री गोपाल शाक्य
अजरवैजानको बाकुमा भ्रमण ७,३५,२७४
शिक्षामन्त्री रेणु यादव
श्रीलंका ३,६७,८४५
वन तथा भूसंरक्षणमन्त्री किरण गुरुङ
न्युयोर्क ६,५५,६५०
जम्मा ६,३८,४०,६६१strong>>(नोटः यो रकम सम्बन्धित मन्त्रालयहरूले अर्थ मन्त्रालयबाट माग गरेको मात्रै हो । त्यसैले मन्त्रीहरूको विदेश भ्रमण खर्चको वास्तविक खर्च अझ धेरै हुन आउँछ ।)



अपरिचित पुरुषलाई गाउँलेहरुले जिउँदै जलाए !!!

सप्तरीको पोर्ताहा गाविस-४ मा बिहीबार दिउँसो एक अपरिचित पुरुषलाई गाउँलेहरुले जिउँदै जलाएका छन्। एक ११ वर्षीया बालिकालाई ललाई-फकाई चकलेट खुवाउँदै गर्दा बालिकाको अपहरण गर्न आएको भन्दै गाउँलेहरुले जिउँदै जलाएका हुन्।
नाम थर खुल्न नसकेका ती पुरुषको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। पोर्ताहा-४ बस्नेत शिवजी सरदारकी ११ वर्षीया छोरी मीना सरदारलाई चकलेट खुवाउन जवर्जस्ती गरेपछि स्थानीय बासिन्दाले ती पुरुषलाई समातेर कुटपिट गर्दै जलाएको भारदह प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रामविलास सिंहले बताए।

बङ्गाली भाषा बोल्ने ती व्यक्तिका साथमा रहेका एक महिलासहित दुईजना फरार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। बालबालिकाको अपहरण गर्ने र आँखा निकाल्ने गिरोह सक्रिय रहेको हल्लाले सप्तरीवासीमा त्रास फैलिएको छ। जिल्लाको विभिन्न गाउँबाट शङ्काको आधारमा हालसम्म छ जना महिला तथा पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक