20090515

नेपाली सेना भित्रै गद्दार निस्किए पछी

कूलबहादुर खड्का पहिलै देखी माओवादी संगै मिलेको रहस्य
४ हजार माओवादी सेना लाई ३५ हजार पुर्याउनमा पनि उनको हात ?


काठमाडौं बाट हाम्रा बिशेष सम्बाददाता लेख्छन - माओवादी नेतृत्वको सरकारले एकल निर्णयबाट कामु प्रधानसेनापति बनाइएका बलाध्यक्ष रथी कुलबहादुर खड्कालाई गरिएको नियुक्तका रहस्य एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको छ। स्रोतका अनुसार, खड्काले नै विगतमा माओवादी आक्रमणको सिकार बनेका अधिकांश ब्यारेकको नक्सा र सामारिक तथ्यसहित सशस्त्र युद्धताका दाङ, सोलु, सन्धिखर्क, खारा, पाल्पा, प्युठानलगायतका स्थानमा रहेका नेपाली सेनाको ब्यारेकको सम्पूर्ण संरचना र त्यहाँको स्थिति बारे सूचना दिएका थिए। खड्काले विगतमा आफ्ना सेना हिँड्ने बाटोको सूचना दिएर धेरैलाई धरापमा पार्नसमेत सहयोग गरेको रहस्य पनि सेनाले पत्ता लगाएको छ। युद्धकालपछिको शान्तिवार्तामा पनि खड्काले नेपाली सेनालाई कमजोर बनाई माओवादी लडाकूको संख्या बढाउन ठूलो संघर्ष गरेको तथ्य खुलेको छ। संयुक्त हतियार तथा लडाकू प्रमाणीकरण जेएमसीसीमा सेनाको तर्फबाट गएका उपरथी शिवराम प्रधानले खड्काकै आदेशमा नक्कली लडाकूको संख्या देखाएर माओवादीको हितमा काम गरेका थिए। सेना प्रमाणीकरणको विवाद चलिरहेको बेला प्रचण्डले बोलेको भिडियो दृश्य सेनाको उच्च संयन्त्रले फेलापारेपछि यस बारे समेत माओवादी मुख्यालयलाई सूचना दिएर तत्काल कठोर कदम नचाले अर्कै परिस्थिति वन्ने अल्टिमेटम खड्काले माओवादीलाई दिएपछि सरकारले कटवाललाई आत्तिएर हटाएको खुल्न आएको छ। जेएमसीसीको सुरुको बैठकमा नेपाली सेनाको तर्फबाट प्रतिनिधित्व गर्ने अमर पन्तले स्पष्ट अडान देखाए पनि उनी रथीमा बढुवा भएपछि प्रधानलाई जेएमसीसीमा पठाइएको थियो। जेएमसीसीका सैन्यविज्ञ प्रमुख जेम्स विल्हिन्सनले त प्रधानकै कारण माओवादीका धेरै गलत प्रस्ताव मान्नुपरेको तत्कालीन सरकारलाई इयान मार्टिनमार्फत जानकारी गराएको बुझिएको छ। त्यसैका आधारमा तत्कालीन प्रधानमन्त्री कोइरालाले तिमी खैरेहरुलाई उसोभए किन बोलाएको त भनी गाली गरेर पठाएपछि अर्को चरणको प्रमाणीकरणमा केही संख्या मार्टिनले घटाएका थिए। जेम्सका अनुसार सरकारी वार्ता टोलीले माओवादीका गलत प्रस्तावको धेरै प्रतिवाद गरेको भए पनि प्रधानले शान्तिप्रक्रियाप्रति हाम्रो प्रतिबद्धता भन्दै माओवादीका प्रस्तावमा सहमति जनाएका थिए।
स्मरणरहोस्, अहिले प्रधानले मात्र सेनाभित्र खड्कालाई साथ दिइरहेका छन्। युद्धताका ब्यारेक आक्रमणदेखि शान्तिकालमा लडाकूको संख्या बढाउनेसम्मका क्रियाकलापमा खड्काले माओवादीलाई हरहमेसा सहयोग गरेकै कारण दबाबका भरमा सरकारले खड्कालाई कामु सेनापति बनाएको रहस्य भिडियो दृश्यसँगै खुलेको हो। खड्काले सेनाको चेन अफ कमान्ड अस्वीकार गरी माओवादीसँग समपर्ण गरेकै कारण अहिले सेनाका जवानले समेत आदेश मान्न छाडेका छन्। तल्लो तहका केही जवान र मृतक सैन्य परिवारका सदस्यले युद्धकालमा आफ्ना सहकर्मी तथा परिवारका सदस्य मार्न माओवादीलाई सघाएको भन्दै कोर्टमार्सल लगाउनसमेत दबाब दिएका बुझिएको छ। कोर्टमार्सल हुने संकेत पाएपछि अहिले खड्काले नेपाली सेनाविरुद्ध पत्रपत्रिकामा प्रचारबाजी गर्न थालेका छन् भने रुक्माङ्गद कटवाल बोलेका छैनन्। उता, पश्चिम पृतनामा रहेका शिवराम प्रधानको भूमिका पनि खड्काको नियुक्ति विवादसँगै खुम्चिएको छ। किनकि सैन्य स्रोतका अनुसार तल्लो तहका सैनिकहरु खड्का र शिवरामलाई कोर्टमार्सल लगाउन माग गरेपछि प्रधान कार्यालय जाने क्रम पातलिएको छ भने खड्का हरेक दिन ज्योतिषकहाँ धाउन थालेका छन्। सेनाका अधिकृतहरुले भने अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा कटवालको चेनअफ कमान्डमा चल्न तथा अर्को सरकार नबनेसम्म कतै पनि नखुल्न सबै पृतनापतिलाई निर्देशन दिएका छन्।
यता खड्काको गोल्फुटार, बुढानीलकण्ठ, झम्सीखेलसहित काठमाडौँका विभिन्न ५ स्थानमा रहेको निवासमा सेनाले निगरानी पनि बढाएको छ। उनले राष्ट्र्रसंघमा समेत सिंगो नेपाली सेनाकै बद्नाम गराएका थिए। फ्रेबुअरी १०, १९९० देखि १९९० सेप्टेम्बर १० सम्मको समयावधिका लागि शान्ति सेनामा गएका खड्काले देशकै बेइज्जत हुने काम गरेपछि उनलाई तोकिएको समयअघि नै नेपाल फर्काइएको थियो। राष्ट्र्रसंघीय शान्ति मिसनमा लेबनान गएका खड्काले राष्ट्र्रसंघले दिएको उपकरण र बन्दोबस्तीको सामान विद्रोहीलाई बेचेको रहस्य सार्वजनिक भएपछि राष्ट्र्रसंघले उनलाई पेनकिलर घोषणा गरी समयावधि अघि नै नेपाल फर्काएको थियो। त्यस्तै, बेरुदमा शान्ति सेनाको नीलो टोपी, कम्ब्याटसमेत विद्रोहीलाई बेचेको आरोपमा खड्कालाई त्यहाँको प्रहरीले फिर्ता गराएको थियो। १५ अक्टोबर १९९० मा तत्कालीन सहायक रथी जेके कोनरेटले समेत खड्कालाई पेनकिलर घोषणा गरेका थिए। पेनकिलर घोषित सैनिक पुनः शान्ति मिसनमा जान नपाउने र स्वदेशमा समेत कारबाही गर्नुपर्ने हुन्छ। तर, खड्कालाई तत्कालीन सरकार र सेनाप्रमुखले जोगाएका थिए।

फोरममा हात हालाहाल

मधेसी जनअधिकार फोरमको संसदीय दलको बैठकमा कुन गठबन्धनको सरकारलाई सहयोग गर्ने भन्ने विषयमा विवाद बढेपछि हात हालाहाल भएको छ। घटनाको दृश्य खिच्न गएका केही पत्रकारसमेत घाइते भए। फोरम संसदीय दलका नेता विजयकुमार गच्छदारले विज्ञप्ति जारी गर्दै सभासदहरुको भावनाविपरीत केन्द्रीय समितिले गरेको निर्णयप्रति असहमति जनाएका छन्।
पार्टी अध्यक्ष उपेन्द्र यादव आफ्नो नेतृत्वमा सरकारमा जाने नत्र नजाने पक्षमा रहेका छन्। संसदीय दलका नेता विजयकुमार गच्छदार भने कांग्रेस-एमाले गठबन्धनमा जाने पक्षमा रहेका छन्। शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दुई पक्षका सभासदहरुबीच विवाद बढेपछि हात हालाहालको स्थिति आएको हो। यस क्रममा दुवै पक्षका केही सभासदहरु सामान्य घाइते भएका छन्।

बिहीबार राति अबेरसम्म बसेको केन्द्रीय समितिको बैठकले आफूले नेतृत्व पाए मात्र सरकारमा जाने निर्णय गरेको थियो। कांग्रेस-एमाले गठबन्धनलाई सघाउनु पर्ने सभासदहरुको रायविपरीत केन्द्रीय समितिको बैठकले निर्णय गरेको भन्दै गच्छदार पक्षका सभासदहरुले बैठकमा आक्रोश व्यक्त गरेका थिए। स‌ंवाददाता गोविन्द परियारका अनुसार गच्छदार पक्षका सभासद मृगेन्द्रकुमार सिंह यादवले सभासदहरुलाई नसोधी केन्द्रीय कमिटीले निर्णय गरेको भन्दै बोलिरहेका बेला सभासदहरुले ताली पिटेका थिए। त्यसपछि यादव पक्षका सभासद राजलाल यादवले पार्टी अध्यक्षले बोल्दा चुप लाग्ने, सामान्य सुभासदले बोल्दा किन ताली पिट्ने भन्दै आपत्ति जनाएपछि दुई पक्षबीच तनाव बढेको थियो। तनाव चुलिएर हात हालाहालको स्थितिमा पुगेपछि त्यसको दृश्य खिच्न गएका नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन र च्यानल नेपालका क्यामेराम्यानहरुलाई सभासदहरुले दुर्व्यवहार गरेका थिए।

फोरमका सभासदहरुले इमेज च्यानलका क्यामेराम्यान देवेन्द्र महर्जन, च्यानल नेपालका क्यामेराम्यान कीरण शाक्य र कान्तिपुर टेलिभिजनका क्यामेराम्यान प्रवीण ज्ञवालीमाथि आक्रमण गरेका थिए। रिपोर्टस क्लबका सह-सचिव दीपेन्द्रराज पौडेल हातपात गर्दै लछार पछार गरेको र उनको मोबाइलसमेत फुटाइदिएको क्लबले जनाएको छ । घटनापछि फोरम संसदीय दलका नेता विजयकुमार गच्छदारले पत्रकार सम्मेलन गरी केन्द्रीय समितिले सभासदको आवाजको बेवास्ता गरी सामान्ति प्रवृत्ति देखाएको आरोप लगाए। फोरम अध्यक्ष उपेन्द्र यादवले भने पत्रकारहरुलाई केही पनि प्रतिक्रिया दिएनन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक