20090516

माओवादीको जनसकार घोषणा गर्ने तयारी

माओवादीको जनवर्गीय संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाले किरात राज्य जनसकार घोषणा गर्ने तयारी गरेको छ । मोर्चाले जनसरकार घोषणाको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । मोर्चाले अहिले ईलाका स्तरबाट जनसरकार बनाउन सुरु गरेको छ । खोटाङ ईलाका नम्बर १२ मा सन्दिप किरातीको संयोजकत्वमा एक समितिसमेत बनाएको छ । मोर्चाका सचिवालय सदस्य पृथ्वी किरातीका अनुसार किरात राज्य जनसरकार घोषणाको तयारीका लागि ईलाका स्तरबाट जनसरकार गठनको शुरुआत गरिएको हो । सबैतिरबाट तयारी भएपछि जनसरकार घोषणा गर्ने उनले बताए । मोर्चाले हालै एक अपिल जारी गर्दै किरात राज्य जनसरकार घोषणा कार्यान्वयनको अन्तिम तयारीमा जुट्न किराती समुदायलाई आग्रह गरेको थियो ।
यता, माओवादीको यूवा संगठन योङ कम्युनिष्ट लिग वाईसिएलले राष्ट्रपतिको कदमलाई सहमति जनाउनेलाई कालोमसो दल्ने चेतावनी दिएको छ । उसले राष्ट्रपतिको निर्णयप्रति वकालत गर्नेलाई कालोमसो दल्ने चेतावनी दिएको छ । वाईसियलले एक विज्ञप्ती निकालेर राष्ट्रपतिको असंवैधानिक निर्णयलाई वकालत गर्नेलाई यस्तो कारवाही गर्ने चेतावनी दिएको हो ।


काँग्रेस आईको नेतृत्वमा सरकार बन्ने

भारतमा सत्तारुढ काँग्रेस आईको नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ । लोकसभा चुनावमा सत्तारुढ काँग्रेस नेतृत्वको गठबन्धन बहुमत तर्फअघि बढेपछि काँग्रेस आईको नेतृत्वमा सरकार बन्ने निश्चित भएको हो । घोषित परिणाम अनुसार काँग्रेस आईको गठबन्धनले १ सय ६२ स्थानमा जित हात पारेको छ । काँग्रेस गठबन्धन ९६ स्थानमा अघि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । चुनाव भारतीय जनता पार्टर्ीीेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन र बामपन्थी दलहरुलाई धक्का लागेको छ । राष्ट्रिय लोकतान्त्रिक गठबन्धन १ सय १ स्थानमा विजयी भएको छ भने ६२ स्थानमा अघि देखिएको छ । ५ सय ४३ सदस्यीय संसदमा सरकार गठनका लागि २ सय ७२ सिट आवश्यक पर्छ । मतगणना भइरहेको स्थानहरुमा मुख्य मुख्य नेताहरु भारी मतले अघि देखिएका छन् । वर्तमान सरकारका गृहमन्त्री एवं काँग्रेस नेता पी चितम्बरम, समाजवादी पार्टर्ीीे रामबिलास पासवान भने पराजित हुनु भएको छ । भारतीय जनता पार्टर्ीी नेता अरुण जेट्लीले पार्टर्ीी हार स्वीकार गरेको बताउनुभएको छ । त्यस्तै अरु बामपन्थी दलहरुले पनि जनमतको कदर गर्दै हार स्वीकार गरेको बीबीसीले जनाएको छ ।


एमालेको पक्षमा दुइसय ९२ सभासद

नेकपा एमालेका पक्षमा हस्ताक्षर गर्ने सभासदको संख्या २ सय ९२ पुगेको छ । आज संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका २ , नेपाल सद्भावना पार्टर्ीी २, दलित जनजाति पार्टर्ीी जना र स्वतन्त्र १ जना सभासदले आज एमालेको पक्षमा हस्ताक्षर गरेको नेकपा एमालेले जनाएको छ । हिजो २ सय ८६ जना सभासदले हस्ताक्षर गरेका थिए । सरकारको नेतृत्व गर्न अगाडी सरेको एमालेले आफ्रनो पक्षमा वहुमत देखाउदै माओवादीद्धारा अवरुद्ध सदन संचालनको दबाव दिन हस्ताक्षर संकलन गरेको एमालेेले जनाएको छ ।



फोरम फुटको संघारमा

नयाँ सरकार गठन गर्ने विषयमा विवाद बढ्दै गएपछि मधेशी जनअधिकार फोरम फूटको संघारमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता विजय कुमार गच्छदारको फरक फरक चाहनाका कारण फोरम फूट्ने स्थितिमा पुगेको हो । यादव आफै सरकारको नेतृत्व गर्ने पक्षमा हुनुहुन्छ भने गच्छदार एमाले नेतृत्वको सरकारमा जानु पर्ने पक्षमा हुनुहुन्छ । स्रोतका अनुसार गच्छदार एमालेको नेतृत्वमा उपप्रधानमन्त्री बन्ने दाउमा हुनुहुन्छ भने उपेन्द्र यादव माओवादीको सहयोगमा प्रधानमन्त्री बन्ने योजनामा लाग्नु भएको छ । यादवलाई सह-अध्यक्ष जेपी गुप्ताले पनि र्समर्थन गर्नुभएकेा छ । उपेन्द्र यादव प्रधानमन्त्री बनेमा पार्टर्ीीे नेतृत्व जेपी गुप्तालाई दिने संभावना रहेको छ । पद पाउनका लागि ठूला नेताहरुले पार्टर्ीीवगारेको एक नेताको गुनासो छ । फोरम केन्द्रीय समितिमा यादवको बहुमत छ भने संविधान सभा दलमा विजयकुमार गच्छदारको बहुमत रहेको छ ।



दुई भारतीय नागरिकको हत्या

सप्तरीको योगिनीयामा बालबालिका अपहरण गर्न आएको भन्दै स्थानीय बासिन्दाले दुईजना भारतीय नागरिकलाई जलाएर हत्या गरेका छन । योगिनीया गाविस वडा नम्बर ९ मा दुईजना भारतीय नागरिकलाई स्थानीयबासिन्दाले जिउादै जलाएर हत्या गरेका हुन् । शवको सनाखत नभएको प्रहरीले जनाएको छ । यसअघि दुई दिन अघि सप्तरीकै कोर्ताहमा एकजना भारतीय नागरिकको हत्या गरिएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक