20090529

सदन र सडकबाट तेस्रो जनआन्दोलन गरेर जनगणतन्त्र स्थापना गर्ने माओवादी दावी

माओवादी वरिष्ठ नेता डा. बावुराम भट्टराईले माओवादीले अब सदन र सडकबाट अर्को आन्दोलन गरेर सरकारलाई पछार्ने चेतावनी दिएका छन् । नवनिर्वाचित सरकारले पूर्णता नपाउदै उनले सदन र सडकबाट तेस्रो जनआन्दोलन गरेर जनसंविधानमार्फत जनताको गणतन्त्र स्थापना गर्ने दावी गरे । प्रथम गणतन्त्र दिवसको अवसरमा माओवादी वरिष्ठ नेता डा. भट्टराईले राजधानीमा माओवादीले शुक्रबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको किनबेचको आधारमा गठन भएको सरकारले जनताका आकांक्षा पूरा गर्न नसक्ने आरोप पनि लगाए । उनले सरकारका हरेक निर्णय विदेशीको हातमा पुग्ने बताउदै आफु सरकारबाट बाहिरिएपछि मात्र यो कुरा थाहा भएको समेत खुलाशा गरे । नेपाली कांग्रेस र एमालेको गठबन्धनले राजतन्त्र पुनस्र्थापित गर्न भनेर नारायणहिटीमा स्थापना गर्ने भनेको स्मारक रत्नपार्कमा निर्माण गर्न लागेको आरोप लगाए ।

पूर्व प्रधानमन्त्री तथा एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माधवकुमार नेपालको नेतृत्वमा बनेको सरकार 'बेबी किङ'लाई फर्काउने षडयन्त्र भएको आरोप लगाएका छन । शुक्रबार ललितपुरमा गणतन्त्र दिवसका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले संविधानसभामा कांगेस दोस्रो दल र स्वयम् एमालेका अध्यक्ष झलनाथ खनाल हुँदाहुँदै नेपाललाई प्रधानमन्त्री बनाउनु ठूलो 'ग्रायण्ड डिजाइन' भएको बताएका छन ।
उनले विभिन्न अनुहारका प्रतिक्रियावादी शक्तिहरु माओवादीलाई फेरि जंगल लखेट्न लागेको आरोप लगाउदै फेरि आफूहरुको बलिदाल गर्ने बेला आइसकेको बताए ।
उनले माओवादीलाई कसैले लखेटेर नलखेटिने र जनतासागै काम गर्ने बताउदै संघर्षमा तयार हुन सबै जनतालाइ आव्हान उल्लेख गर्दै शिशु गणतन्त्रलाई बचाउन सबैलाई आग्रह गरे । उनले आफूहरु अरुले भनेको सहमति र सहकार्यको बाटो नहिड्ने जिकिर गरे ।

नेपालमा गणतन्त्र घोषणा भएको एक वर्ष पूरा भएको अबसरमा सरकारले गरेको विशेष समारोहमा माओवादीका शीर्ष नेताहरु भने कोही पनि सहभागी भएनन् ।
गणतन्त्र घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले शुक्रबार राजधानीको टुडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । नेपालमा ०६५ जेठ १५ गते बुधबार संविधानसभाको प्रथम बैठकले गणतन्त्रको घोषणा गरेको थियो ।
सरकारको आव्हानमा भएको गणतन्त्र विशेष समारोहमा माओवादीका भने कोही पनि नेताहरु सहभागी भएनन् । माओवादीले नै गणतन्त्र र संविधानसभाको एजेण्डा आफ्नो भएको दावी गर्ने गरेको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उच्च कुटनीतिक अधिकारीहरुको सहभागिता रहे पनि माओवादीको भने सहभागिता रहेन ।
सरकार र माओवादीबीच दूरी बढीरहेका बेला महत्वपूर्ण कार्यक्रममा माओवादी सहभागी नहुनुलाई संयोगमात्र नभएको अन्य दलका नेताहरुको प्रतिकृया छ । माओवादी नेता नारायणकाजी श्रेष्ठले भने माओवादीले कार्यक्रम बहिस्कार नगरेको स्पष्ट पारे ।
उनले माओवादीले बहिस्कार नगरेको बताउदै आन्तरिक छलफल नभएका कारण को जाने भन्ने टुंगो नलाग्दा सहभागी हुन नसकेको बताए । उनले माओवादीले पनि मुलुकभर शुक्रबार गणतन्त्र दिवस मनाइरहेको बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक