20090509

सुरु भयो माओवादी राज्य आतंक, कङ्रेस,एमालेका कार्यकर्ता माथि आक्रमण, घरबाट निकाला र लुटपाट

"सुरुमा राजिनामा माग्नेहरु अहिले सरकार बनाउन नसकेर रोएर बसेका छन्," - दाहाल

एकीकृत माओवादीका कार्यकर्ताले बर्दियाका विभिन्न गाउँमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुलाई कुटपिट गरी गाँउ छाड्न धम्की दिएका छन्। धम्की र आक्रमणपछि सर्वसाधारणले गाउँ छाड्न थालेका छन्। माओवादी नेतृत्वले अन्य दलका नेता कार्यकर्तालाई आक्रमण गर्ने योजना नरहेको बताइरहेका बेला राष्ट्रपतिको कदमको समर्थक भन्दै बर्दियामा कुटपिटका घटना भएका हुन्। बिहीवार राति कर्णाली टाँपुको मनाउमा कांग्रेसका तीन र एमालेका एक कार्यकर्तालाई कुटपिट गरेका माओवादीले शुक्रवार राति बेलवा-७ का नेपाली कांग्रेस गाउँ समितिको कार्यालय रहेको अन्तराम थारुको घर पनि तोडफोड गरेका छन्।
'राष्ट्रपतिको प्रतिगमनकारी कदम समर्थन गर्नेलाई गाउँमा बस्न दिइँदैन' भन्दै मध्यरातमा आक्रमण गरेका थिए। आक्रमणमा परी घाइते भएका मनाउ ५ का कांग्रेस कार्यकर्ता वसन्तराज भट्टलाई उपचारका लागि नेपालगञ्ज ल्याइएको छ। उनले माओवादी मनाउ गाउँ समिति इन्चार्च विन्ती थारु र विजय केसीको नेतृत्वले आक्रमण गरेको बताए।
भट्टसँगै माओवादीले मनाउ-५ का कृष्ण पौडेल र केशव पौडेल तथा एमालेका पुर्व गाविस अध्यक्ष गोपाल सिलवाललाई पनि कुटपिट गरेका छन्। माओवादीद्धारा कुटपिट गरिएका कृष्ण कांग्रेस जिल्ला समिति सदस्य हुन भने केशब कांग्रेस समर्थक शिक्षक हुन्।

दिनभर राष्ट्रपतिको पुत्ला जलाएर विरोध गरेका माओवादी कार्यकर्ताहरुले कांग्रेस कार्यकर्ता भट्टलाई कुटपिट गरेपछि गँहु बेचेर राखेको २७ हजार रुपैया पनि लुटेका छन्। भट्टले भने 'दिउसो गँहु किन्ने व्यक्तिसमेत माओवादी कार्यकर्ता बनेर आएको थियो। पैसा राखेको कमिज पनि लिए।'
कुटपिट पछि गाउँकै प्रहरी चौकीमा रिपोर्ट लेखाउन खोजेपनि फारम नभएको भन्दै प्रहरीले माओवादी विरुद्धको रिपोर्ट लिन नमानेको भट्टले बताए। माओवादी द्वन्द्वको बेला निकै प्रभावित वर्दियाको राजापुर माओवादी गढको रुपमा चिनिने गर्थ्यो। जमिन्दार र धनी ब्यक्तिहरुले माओवादी त्रासका कारण गाउँ छाडेपछि एकलौटी माओवादी चहलपहल भएको राजापुरमा विसं २०५८ साल साउन १८ गते पनि भट्ट माओवादीद्वारा कुटपिट गरिएका थिए।

'त्यत्तिखेर माओवादी चरम यातनाका कारण कमजोर भएको आँखा अहिलेसम्म पनि राम्रो देख्न सक्दैन उनले भने 'सत्तामा रहँदा पनि माओवादीले आक्रमण गरे अब गाउँ फर्कन सकिदैन।' पहिलाभन्दा यत्तिखेर माओवादीसँग बढ्ता त्रास रहेको उनले बताए। 'पहिला-पहिला सुरक्षाकर्मीले माओवादी पीडितलाई साथ दिन्थे अब त सुरक्षाकर्मी पनि केही गर्न नसक्ने भएका छन्।'
गाउँ छाड्ने सहमतिमा आक्रमण रोकेका माओवादीले पुनः गाउँमा गए आक्रमण गर्न सक्ने सम्भावना रहेको उनले बताए। लाठी र मुक्काले कुटपिट गरेका माओवादीले खुकरी प्रहार गर्दा भट्टकी श्रीमतीले छेकेकी थिइन्। आक्रमणमा सरिक भएका करिब ५० जना माओवादी कार्यकर्तामध्ये केहीसँग बन्दुक पनि भएको उनले बताए।

केन्द्रीय राजनीतिमा विवाद भएपछि गाउँमा कुटिएका अन्य कार्यकर्ताहरु सदरमुकाममा बस्न थालेका छन्। कुटपिटपछि एमाले कार्यकर्ता सिलवाल गुलरिया पुगेका छन भने कांग्रेस कार्यकर्ता भट्ट नेपालगन्ज।

यता माओवादी थारुवान राज्य समितिका सचिव तथा केन्द्रीय सदस्य महेश्वरजंग गहतराजले घटनाको बिस्तृत विवरण थाहा नभएको उल्लेख गर्दै 'हाम्रो तर्फबाट यस्तो हुनै सक्दैन' भनेका छन्। वर्दियाका प्रमुख जिल्ला अधिकारी बेदबहादुर कार्कीले मुकुन्डो लगाएका व्यक्तिहरुले कांग्रेस एमालेका कार्यकर्तालाई गाउँ छाडने धम्की र कुटपिट गरिएको भएपनि घटनाको छानवीन भइरहेको बताए। 'माओवादीको स्थानीय नेतृत्वले होइन भनेका छन् कार्कीले भने आक्रमणमा को को सामेल थिए भन्ने अनुसन्धान भइरहेको छ।'

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालले करोडौं रुपैयाँ खर्च गरेर अन्य दलका सभासद् किन्न खोजेको आरोप लगाएका छन्। उनले विदेशीको इशारामा सभासदको खरिद विक्री हुन लागेको भन्दै त्यस तर्फ सतर्क रहन अनुरोध पनि गरे। प्रधानमन्त्री दाहालले मुलुकमा अहिले सैनिक सर्वोच्चता हाबी रहेको उल्लेख गर्दै त्यसका विरुद्द बीसौं हजारको बलिदान दिन तयार रहेको बताए। उनले नागरिक सर्वोच्चता कायम गर्न, विदेशी प्रभुहरुका अगाडि नझुक्न र नेपाली गद्दार राजनीतिक नेताविरुद्द आफूले राजिनामाको क्षेप्यास्त्र प्रहार गरेको पनि उल्लेख गरे। नागरिक सर्वोच्चता अब माओवादीको मात्र नारा नभई सिंगो देशको नारा भएको र यो नै निर्णायक आन्दोलनको नारा हुने पनि उनले उल्लेख गरे।
राज्यद्वारा बेपत्ता योद्दा परिवार समाजको प्रथम सम्मेलनका क्रममा वसन्तपुरमा आयोजित कार्यक्रममा उनले भने- अहिले मुलुकमा जोड घटाउको खेल सुरु भएको छ। पराजितहरु प्रभुको इशारामा नाचिरहेका छन्। "सुरुमा राजिनामा माग्नेहरु अहिले सरकार बनाउन नसकेर रोएर बसेका छन्," - दाहालले भने।
अबको आन्दोलन गद्दार र दलालहरुविरुद्द हुने उल्लेख गर्दै उनले भने- "लोकतान्त्रिक भन्नेहरुले सैनिक सर्वोच्चता चाहिरहेका छन्। उनीहरुले बेपत्ता नागरिकबारे विधेयक ल्याउँदासमेत विरोध गरे।"
माओवादी इतरको सरकार बनाउ खोज्नु पराजित मानसिकताको उपज भएको दाहालले बताए। आफ्नो पूरै भाषणको ६० प्रतिशत अवधि उनले कांग्रेस र एमालेका नेता तथा विदेशीलाई गाली गर्नमा खर्चिएका थिए।

एमालेको अर्को नौटंकी निर्णय

एमालेका कुरा सुन्दा हासो आउन थालयो आजकाल, न यता न उता के निर्णय हो के, कसैले बुझ्नै सक्दैन । एमालेको यही दुई जिब्रे बोली र कम्जोरी का कारण आज माओवादीको आतंक जनताले खेप्नु परिरहेकोछ । यदी एमाले सहि र अडान भएको पार्टी भाएकोभए माओवादी यती बिधी मात्तिन पाउने थिएन ।
यसै बिच प्रधानसेनापति प्रकरणमा नेकपा (एमाले) ले सरकारको निर्णय विरुद्ध राष्ट्रपति डा. रामवरण यादवले चालेको कदमलाई असल नियतले गरेको खराब कदम भनेको छ भने मन्त्रिपरिषद्ले गरेको निर्णयलाई खराब नियतले गरेको आंशिक संवैधानिक कदम भएको निष्कर्षनिकालेको छ। पार्टी केन्द्रीय कमिटीको शुक्रबारदेखि प्रारम्भ भएको दोस्रो बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवैले ठीक नगरेको धारणा बनाएको छ। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले अब बन्ने सरकार एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको बन्नुपर्ने धारणा राखेको महासचिव इश्वर पोखरेलले जानकारी दिनुभयो। बैठकमा बितेका तीन वर्षा नेपाली कांग्रेस र एकीकृत नेकपा (माओवादी) को नेतृत्वको सरकार हेरिसकेकाले अब बन्ने सरकारको नेतृत्व एमालेले गर्नुपर्ने र त्यसका लागि एमालेले आफनो सक्रियता बढाउनुपर्ने सुझाव केन्द्रीय सदस्यहरूले दिएको महासचिव पोखरेलले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले प्रधानसेनापति रुक्मांगद कटवाललाई स्पष्टीकरण सोध्ने र बर्खास्त गर्ने विषयमा पार्टीके निर्णयबिना सहमति व्यक्त गरेको भन्दै पार्टीअघ्यक्ष झलनाथ खनालको आलोचना गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक