20090510

सन्सारमा नपाईने केही छैन तर.. आमा ?!.....

नेपालमा आमाको मुख हेर्ने दिनत गैसक्यो क्यारे तर आज अमेरिकामा भने बल्ल मदर्स डे मनाइदै छ, एक बर्ष भयो मेरी आमाबाट म छुट्टीएर अमेरिका आएको । केही दिन अगाडि फोनमा कुरा गर्दै आमा छोरा बेस्सरी रोएका थियौँ ।
राती एक बजे, नेपाली समय अनुसार बिहान ११ बजे नेपाल फोन गर्दा बल्ल तल्ल लाग्यो तर आमा घर बाहिर जानु भएकोले भेट भएन, अभागीलाई कहाँ हुन्थ्योर ? आमा सँग कुरा गर्न पाइन, आमा भोली मात्र घर फर्किनेरे !, तपाईंहरु पनि आमा सम्झदै हुनुहुन्छ होला, सन्सारमा नपाईने केही छैन तर आमा भन्ने चिज कदापी पाउन सकिदैन तसर्थ आमा लाई नबिर्सिउँ है कसैले पनि । ल तपाईं सबैलाई मदर्स डे को शुभकामना ।

- रामप्रसाद खनाल

गत बर्ष मैले मेरो छोरा ज्ञाननको सहयोगमा घरमै सामान्य क्यामराले रफ भिडियो खिची वेबमा राखेको यो गित हाल सम्म डेढ लाख दर्सकले हेर्नुभएछ सबै तिर गर्दा । आज फेरी मदर्स डे को उपलक्ष्यमा आमाका लागि गाईेएको यो गीत तपाईंहरुका लागि । तल भिडियो हेर्नुहोस ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक