
राष्ट्रपति डाक्टर रामबरण यादवले बहुमत जुटाएर नयाँ सरकार गठनका लागि दलहरुसंग आव्हान गर्नुभएको छ । राष्ट्रिय सहमतिको सरकार गठन गर्न हिजोसम्म दिएको समयमा दलहरुले सहमति जुटाउन नसकेकाले राष्ट्रपतिले आज व्यवस्थापिका संसदमा पत्र पठाएर बहुमत जुटाएर नयाँ सरकार गठन गर्न आव्हान गर्नु भएको हो । संविधानको धारा ३८ उपधारा १ बमोजिम राष्ट्रिय सहमति बन्न नसकेकाले धारा ३८ उपधारा २ बमोजिम व्यवस्थापिका संसदको तत्काल रहेका सदस्य संख्याको बहुमतबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिले पत्राचार गर्नुभएको हो ।


नयाँ सरकारमा कुन गठबन्धनलाई र्समर्थन जनाउने भन्ने विषयको विवादले मधेसी जनअधिकार फोरम विभाजनको संघारमा पुगेको छ। संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीसँगको यसअघिको सहकार्यलाई नै निरन्तरता दिन चाहने तथा नयाँ सरकार गठनको तयारीमा लागेका कांग्रेस र एमालेसहितको गठबन्धनमा जाने दुइ पक्ष रहेकाले फोरम विभाजनको मोडमा देखिएको हो।
अध्यक्ष उपेन्द्र यादव, सह अध्यक्ष जयप्रकाशप्रसाद गुप्तालगायतले कांग्रेस, एमालेसँग राज्यको रूपान्तरणमा सैद्धान्तिक सहमति नभएको तथा एमालेको नेतृत्वमा सबै जान तयार भए पनि एमालेले अध्यक्ष झलनाथ खनाललाई अघि सारेमा पछि हट्न नसकिने भन्दै निर्ण्र्गर्न सकेका छैनन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा अहिलेको गतिरोधबाट निकास दिनका लागि राष्ट्रपतिको गैरसंवैधानिक कदम सच्याउनुपर्ने र दलहरू पहिलेजस्तो सांसदको खरिदबिक्रीमा नलागी माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन तयार हुनुपर्ने दुइ र्सत अघि सार्नुभएको छ। एबीसी टेलिभिजनको आउटलुक कार्यक्रमलाई शनिबार दिनुभएको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले दलहरू आएर माओवादीलाई राष्ट्रिय सरकार बनाउन भनेर आग्रह गरे नै बुद्धिमानी र्ठहर्छ भन्नुभयो। ‘उनीहरूले माओवादीलाई नेतृत्व गरिदेओ भन्नुपर्छ। माओवादीविरुद्ध सरकार बनाउने भन्छन्। त्यो पनि आफनै बुद्धिले भनेको भए हुन्थ्यो। रिमोट कन्ट्रोलबाट चलिरहेका छन्’ -उहाँले भन्नुभयो।
Motherland Nepal presents Pre-ANA Talks from Pratik Thapa on Vimeo.
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक