20090503

सान्ती प्रकृया भंग भएको माओवादी ठहर, छापामार हतियार सहित निस्किने तयारीमा

संवैधानिक 'कू', शान्ति प्रक्रिया भंगः बाबुराम भट्टराई

राष्ट्रपतिद्वारा प्रधान सेनापति कटवाललाई बहालै रहन पत्र पठाएकोलाई माओवादी नेताहरूले 'संवैधानिक 'कू' भन्ने प्रतिक्रिया दिएका छन् । माओवादी नेता तथा मन्त्री बाबुराम भट्टराईले भने- 'निर्वाचित सरकारविरूद्व यो संवैधानिक कू हो, अब शान्ति प्रक्रिया भंग भयो ।'राष्ट्रपतिले समानान्तर शक्ति केन्द्रका रूपमा स्थापित हुन चाहेकोविरूद्व आफूहरूले जनतालाई अपील गर्ने जानकारी दिँदै भट्टराईले भने- 'हामी यसविरूद्व सरकार, सदन र सडक, तीनवटै मोर्चाबाट सशक्त प्रतिरोध गर्छौँ।' आफूहरू निर्वाचित सरकार भएकाले सत्ता छाड्ने प्रश्नै नआउने जिकीर पनि भट्टर्राईले गरे । 'कसैले अविश्वासको प्रस्ताव ल्याए त्यसको सदनमा सामना गर्नेछौं । १८ राजनीतिक दलले सरकारी निर्णयप्रति आपत्ति प्रकट गर्दै राष्ट्रपतिलाई जानकारी गराएपछि उनले प्रधानसेनापति कटवाललाई पत्र लेखेका हुन् । एमाले कार्यलय बल्खुमा दलहरूले बैठक गरी माओवादी निर्णयप्रति गम्भीर असहमति रहेको उल्लेख गर्दै राष्ट्रपतिलाई ध्यानाकर्षासहित जानकारी गराउने निर्णय गरेको थियो। सर्वदलीय बैठकपछि दलहरूले नेपाली सेनाको परमाधिपतिको हैसियतले ध्यानाकर्षण गराई दिन आग्रह भए बमोजिम पत्र लेखेको उल्लेख गरेका छन् । पत्रमा उनले अहिलेलाई काम गर्नू भन्ने आसय उल्लेख गरेका छन्।

प्रचन्ड लाई राष्ट्रपतीको लोप्पा

प्रधानमन्त्रीले प्रधानसेनापती हटाए, राष्ट्रपतीले पुनर्बहाली गरे

'



सेना समायोजनको बाटो खुल्यो
-माओवादी सेना प्रमुख नन्दकिशोर पुन



माओवादी सेनाका प्रमुख नन्दकिशोर पुन पासाङले प्रधानसेनापति रुक्माङ्गद कटवालको अवकासले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्žयाउन र सेना समायोजनका लागि बाटो खुलेको प्रतिक्रिया दिनुभएको छ। सरकारले कटवाललाई अवकास दिएपछि प्रतिक्रिया दिँदै सैन्य प्रमुख पासाङले सरकारको निर्णय स्वागत योग्य भएको भन्दै यसले नागरिक सर्वोच्चता कायम गर्न सहयोग पुग्ने पनि बताउनु भयो। यसैगरी सेनापति कटवालको अवकासका बारेमा भने एकीकृत नेकपा माओवादीका नेता पोष्टबहादुर बोगटीले सरकार निर्माणको गणितीय चलखेलमा लागेर संविधान निर्माण प्रक्रियामा अबरोध पुर्žयाउन नहुने बताउनु भयो। उहाँले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्žयाउन अझैपनि सहमति र सहकार्यको राजनीतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक