20090604

बल्ल तल्ल आठ मन्त्री तै पनि बिना बिभागीय ? सरकारलाई दिएको समर्थन फिर्ताका लागि हस्ताक्षर अभियान सुरु !!!


यी मन्त्रीहरुको फोटो र तलको यो फोटो पनि तुलना गर्दै बाँकी समाचार पढ्नुहोस
डोटीको खप्तडमा सेनाको हेलिकोप्टर उत्रिदा हेर्ने सर्बसाधारणको भिड, जहाँ चारैतिर अड्कल गर्दा दस हजार भन्दा बढी मानिस को भिड थियो, यस्ता निरिह र केही देख्न समेत् नपाएका जनताका नाममा काठमाडौंमा बसेर नयाँ नेपाल, गणतन्त्र नेपाल केके नाना थरी बहानामा नेताहरु केबल कुर्सिको लागि मर्दै छन वाह् हाम्रा महान नेता हरु तिमीहरु लाई मान्नै पर्छ, लुट देस, गर मोज, तिमी हरुकै रहेछन दिन ।

प्रधानमन्त्री माधवकुमार नेपालले बिहीबार राति नेपाली कांग्रेस, मधेसी जनअधिकार फोरम र नेकपा मालेका गरी आठ मन्त्रीलाई सपथ गराएका छन्। राष्ट्रपति भवनमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्रीले फोरम स‍ंसदीय दलका नेता विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्रीका रुपमा शपथ गराएका हुन्। त्यसैगरी नेपाली कांग्रेसको नेतृत्व गर्दै सुजाता कोइरालाले परराष्ट्र मन्त्रीको रुपमा शपथ लिएकी छन्। नेकपा मालेका डम्बर श्रेष्ठले वन मन्त्रीका रुपमा शपथ लिएका छन् भने कांग्रेसका पाँच मन्त्रीले बिना विभागीय मन्त्रीका रुपमा शपथ लिए।

बिना विभागीय मन्त्रीको शपथ लिनेमा मिनेन्द्र रिजाल, प्रकाशशरण महत, बालकृष्ण खाँड, उमाकान्त चौधरी र पूर्णकुमार शेर्मा छन्। यसअघि नेकपा एमालेले भने बिहीबार पनि आफ्ना तर्फबाट जान मन्त्रीहरुको टुंगो लगाउन सकेन। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तका अनुसार बिहीबार राति ८ बजे राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम हुने जानकारी दिएका थिए। प्रधानमन्त्रीका तर्फबाट साँझ सात बजेको समय माग भए पनि राष्ट्रपति कार्यालयले सपथ ग्रहणको समय ८ बजेलाई दिएको हो।

एमालेले पार्टी कार्यालय वल्खुमा मधेशी जनअधिकार फोरमका नेता विजय गच्छदारसँग छलफलपछि पन्तले उक्त जानकारी दिएका हुन्। प्रधानमन्त्री नेपाल निकट स्रोतका अनुसार बिहीबार दोस्रो चरणको मन्त्रिपरिषद्‍ विस्तार हो भने यसपछि फेरि अन्य साना दलहरुलाई समेटेर अर्को चरणको मन्त्रिपरिषद्‍ विस्तार हुने छ।
एमाले सचिव शंकर पोख्रेलले सबै दलबाट मन्त्रीहरुका नाम आइनसकेकाले पार्टीको तर्फबाट जाने मन्त्रीहरुको नाममा बिहीबार पनि टुंगो नलागेको बताए। उनले तेस्रो चरणको मन्त्रिपरिषद् विस्तारमा एमालेबाट सरकारमा जाने थप मन्त्रीहरुको टुंगो लाग्ने जानकारी दिए।

मधेशी जनअधिकार फोरम संसदीय दलका नेता विजय गच्छदार उप प्रधानमन्त्री बनेका छन् । गृह मन्त्रालयको दावी गर्दै आएपनि गच्छदारलाई भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी तोकिएको छ। केही समर्थकसहित मन्त्रिपरिषद्‍मा आफूलाई सहभागी गराउने पार्टीको निर्णय लिएर बल्खु पुगेका गच्छदारले फोरम र कांग्रेसलाई उप प्रधानमन्त्री दिने सहमति यसअगाडि नै भएको जानकारी गराएका थिए।
उनले संसदीय दल र पार्टीको राजनीतिक समितिका बहुसंख्यक सदस्यका हस्ताक्षरसहित वल्खु पुगेका थिए। फोरमको राजनीति समितिमा रहेका १० जना सदस्य मध्ये गच्छदारले शरद सिं भन्डारी, जितेन्द्र देव, उपेन्द्र यादव, रत्‍नेश्वर लाल र रामेश्वर रायको हस्ताक्षर लिएर बल्खु पुगेका थिए।
गच्छदारले गृहमन्त्रीमा दाबी बिहीबार पनि दोहोर्‍याए। उनले जलस्रोत र भौतिक योजना तथा निर्माण मध्ये एक, शिक्षा र स्वास्थ्य मध्ये एक, स्थानीय र संचार मध्ये एक र अन्य एक मन्त्रालय फोरमले पाउनु पर्ने बताए। उनले अन्य ४ राज्यमन्त्रीको पनि माग प्रधानमन्त्री नेपालसमक्ष गरेका छन्।
गच्छदारको नेतृत्वमा फोरमलाई सरकारमा लिन प्रधानमन्त्री तयार भएपछि फोरमका संस्थापन पक्षले सरकारबिरुद्ध हस्ताक्षर अभियान शुरु गरेको छ ।
उता फोरमका अध्यक्ष उपेन्द्र यादव पक्षधरले पार्टीको निर्णय विपरित गच्छदारलाई सरकारमा सहभागी गराए सरकारलाई दिएको समर्थन फिर्ताका लागि हस्ताक्षर अभियान सुरु गरेको हो।
गच्छदारले सरकारको नेतृत्व गर्ने पक्का भएपछि बिहीबारबाटै अध्यक्ष यादवले हस्ताक्षर अभियान सुरु गरेका हुन्। पार्टीको निर्णय सर्वोपरी हुनुपर्ने भन्दै त्यस विपरित सरकारमा सहभागी हुनेलाई कारवाही गर्ने त्यसरी सरकार बने सरकारविरुद्धमा सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी पनि दिइने फोरमका नेताहरुले जनाएका छन्।





1 comment:

  1. "Girija makes his daughter the Foreign Minister"

    कठै बरा नेपाली जनता अनि नेपाली कांग्रेस का कार्यकर्ता
    जता गए पनि भुन्ग्रो सिवाय केहि छैन
    तावा बाट उछिट्ट्येको माछो भुन्ग्रो मा भने जस्तो

    यो गिरिजा बुढो लाइ मोर्ने बेला मा हरियो काक्रो
    त्यसको नालायक छोरी ले गर्दा पार्टी नै खतम हुने भयो
    जसरी पारसे ले गर्दा ज्ञाने खतम भयो तेसरी नै गिरिजा पनि खत्तम हुन्छ
    बोरू पारसे सगै बिहे गरेर सिंगापुर बसेको भये पनि हुने
    तेस्को पनि अहिले हिमानी सगा झगडा परेको बेला छ

    तर यहाँ कुरो गिरिजा को छैन
    यहाँ कुरो नेपाली कांग्रेस को भविष्य को छ
    हैन हैन भविष्य पनि हैन
    यो अस्तित्वको कुरो त बर्तामान को छ

    अब नेपाली कांग्रेस को पत्ता साफ़ हुने निश्चित छ
    कार्यकर्ता र समर्थक (म लगायत) या ता माओबादी मा बिलाय हुन्छन् या अन्य कुनै पार्टी मा

    थुक्क बुढो!
    कमसे कम लाज त लाग्नु पर्छ
    ४६ साल मा पनि एक मना सरकार बनाएको सबै भन्दा ठुलो पार्टी लाइ यही बुढो ले डुबायो
    अहिले पनि यो मर्न लागेको पार्टी को अस्तित्व पुरै सफाचट पार्ने भयो


    कही यो माओबादी ले नेपाली कांग्रेस लाइ साफ़ पार्न गिरिजा बुढोलाई उक्सायेको को त होइना?
    मलाई त कता कता तेस्तो पनि लागेको छ
    किनकी अलीक अघाडी नेपाली कांग्रेस मा फाटो पार्न पुकादा ले सुजाता लाइ नै मंत्री पद दिने भनेर उक्सायेका थिए

    Purna Sharma
    North Carolina, USA

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक