20090706

पूर्व राजा ज्ञानेन्द्र शाहको चिन्ता !

पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको परिवर्तित परिवेशमा समेत आम नागरिकको स्थितिमा सुधार आउन नसकेकामा चिन्ता व्यक्त गरेका छन्। आफ्नो ६३ औं जन्मदिनको पूर्व सन्ध्यामा सोमबार आफ्नो ११ बुँदे वक्तव्यमा जारी गरी उनले नागरिकको स्थितिमा सुधार आउन नसकेकामा आफू अत्यन्त मर्माहत भएको उल्लेख गरेका छन्। "परिवर्तित परिवेशमा पनि देश तथा प्यारा देशवासी दाजुभाइ र दिदीबहिनीको स्थितिमा सुधार आउन नसकेकामा म अत्यन्त उद्विग्न अत्यन्त चिन्तित र अत्यन्त मर्माहत छु," वक्तव्यमा छ । नारायणहिटी दरबार छोडेको एक वर्ष पुगेको स्मरण गर्दै उनले शान्ति सुरक्षाको स्थितिमा सुधार आई नेपाल शान्त समृद्ध र सुन्दर होस र नेपाली सुखी सन्तुष्ट होऊन् भन्ने कारणले नै आफूले नारायणहिटी छोडेको उल्लेख गरेका छन् । उनले यस अवधिमा आफू र राजपरिवारप्रति गरिएका सबै खाले टिप्पणीप्रति आफू जानकार रहेको जनाएका छन्। "सकारात्मक र नकारात्मक दुवै खाले टिप्पणी गर्नेप्रति म जानकार छु र सकारात्मक सोचाइ राख्नेप्रति आभार व्यक्त गर्न चाहन्छ," वक्तव्यमा छ । नेपालको राष्ट्रिय अखण्डतामा विखण्डन आउन नहुने उल्लेख गर्दै शाहले वक्तव्यमा भनेका छन्- "हाम्रा पुर्खा र सम्पूर्ण नेपालीको प्रयासबाट निर्मित हिमाल पहाड र तराई रहेको नेपाली पुष्पमाला आन्तरिक विग्रह तथा बाह्य विद्वेषबाट नचुँडियोस भन्ने मेरो आग्रह छ।" उनले आफू आफनो पुख्र्यौली आदर्शप्रति निष्ठावान् हुँदै राष्ट्रियता राष्ट्रिय एकता र युगसम्मत प्रजातन्त्रप्रति सधैं प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । राष्ट्रिय राजनीतिमा संलग्न राज्य साचालन शक्तिसँग आवद्ध स्वेदशी र विदेशी हितैषीसँग नेपाल र नेपालीप्रति सच्चा हृदयले माया गरिदिनसमेत आह्वान गरेका छन् । नेपालको माटो ताल तलैया हराभरा प्रकृति आफ्ना लागि सदैव पि्रय रहेको उल्लेख गर्दै उनले यही प्रकृतिमा आफू र आफ्ना सन्तान दरसन्तान सँधै नेपाली आत्मीय जनसँग रहिरहने आकाँक्षा व्यक्त गरेका छन्। वक्तव्यमा आफ्नो जन्मदिनमा शुभेच्छा दिने सबैलाई धन्यवादसमेत दिएका छन्।

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

Ghar-E-Kabab Indian/Nepali cuisine

Ghar-E-Kabab Indian/Nepali cuisine
Ghar-E-Kabab (Indian/Nepali cuisine and Restaurent) 944 Wayne Ave, Silver Spring MD-20910, Pro. Lok Tiwari,Tel: 301-587-4427___________________________________

Shangri-La Nepali and Indian cuisine

Shangri-La Nepali and Indian cuisine
Shangri-La (Indian/Nepali Cuisine and Restaurent) 7345-A, Wisconsin Ave, Bethesda, MD, 20814, Tel: 301-656-4444