20090706

अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न ए एन ए सम्मेलनका केही भिडियो र छुट फोटोहरु


ए एन ए को सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । बिगतका भन्दा ब्यबस्थित र भब्य उपस्थिती रहेको यो नेपाली सम्मेलनमा कल्चर शो, फेसन सो अधिक सफल रहेको आयोजक र सहभागिको दाबी थियो। । सुन्दर शहर सन्फ्रन्सिस्को र ओक्ल्यान्ड मा नेपालीहरु निकै रमाएका देखिए । सम्मेलनका आयोजकहरुलाई सफलताका लागि बधाई ।

ANA 2009 Opening Ceremony from hamrosamaj on Vimeo.









हार्दिक बधाई तथा कार्यकालको सफलता का लागि शुभकामना ।

ए एन ए का नबनिर्बाचित अध्यक्ष्य सिमोन ढुंगाना, उपाध्यक्ष्य मेदिनी अधिकारी सहित् सबै लाई हाम्रो हार्दिक बधाई तथा कार्यकालको सफलता का लागि शुभकामना ।

- राम प्रसाद खनाल, अध्यक्ष्य - अन्तरराष्ट्रिय कलाकार मन्च
प्रधान सम्पादक - नेपाल मदर डट कम समस्त परिवार






interview with anil, sajjan pandey by www.nepalmother.com from Ram Prasad Khanal on Vimeo.






ANA talent hunt (Mr.& Miss ANA 2009) from Mukesh Sharma on Vimeo.






Photo by Poonam/basu

A Hero Mr. Govind Shahi, for ANA Convention in California oakland, congratulations Mr. Sahi for Your Great leading


प्रेस विज्ञप्ति

२७औं एएनए सम्मेलन सम्पन्न


सनपmान्सिस्को । अमेरिकामा रहेका नेपालीहरुको छाता संगठन एएनए -अमेरिकन नेपलिज एसोसिएसन) को २७औं सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । सम्मेलन सफल बनाउन योगदान दिनुहुने सम्पर्ूण्ा नेपाली तथा विदेशी शुभचिन्तकहरुप्रति सम्मेलन आयोजक समिति २००९ हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछ ।
क्यालिफोर्नियामा यही जुलाई २ देखि ४ सम्म विभिन्न कार्यक्रमका साथ आयोजना गरिएको यस सम्मेलनको समापन समारोहमा नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । कोइरालाले अमेरिकामा रहेर नेपाली समुदायले नेपालको विकासमा योगदान पुर्‍याइरहेको चर्चा गर्दै सो कार्यको सराहना गर्नुभएको थियो ।
समापन समारोहमा गैरआवासीय नेपालीहरुको संस्था एआरएनका उपाध्यक्ष राम थापाले अमेरिकामा रहेको नेपाली समुदाय नेपाल सरकारले द्वैध नागरिकताको सुविधा प्रदान गर्ने काममा तदारुकता देखावस् भन्ने चाहन्छ भन्दै, यस कार्यका लागि प्रमुख अतिथि कोइरालालाई आप\mनो तर्फाट पहल गर्न अनुरोध पनि गर्नुभयो ।
अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत कालीप्रसाद पोखरेलले अमेरिकामा रहेका नेपालीलाई एक सूत्रमा बाँध्न एएनए सफल रहेको टिप्पणी गर्दै यस कार्यमा अझ बढी सफलता प्राप्त होस् भनी शुभकामना प्रकट गर्नुभयो ।
समापन समारोहमा डा. चिन्तामणि योगी, सम्मेलन आयोजक समितिका संयोजक गोविन्द शाही, एनएनए अध्यक्ष नवीन दत्त, उपाध्यक्ष सिमोन ढुंगानालगायतले मन्तव्य प्रकट गर्नुभएको थियो ।
करिब चार हजार नेपाली तथा विदेशी शुभचिन्तकहरुको सक्रिय सहभागिता रहेको यस सम्मेलनमा साँस्कृतिक कार्यक्रम, खेलकुद, फेसन शो, खाद्य मेलालगायतका विविध कार्यक्रम सफल पार्न हजारभन्दा बढी नेपालीको प्रत्यक्ष तथा परोक्ष सहयोग प्राप्त भएको थियो । उनीहरुको सहयोग कठोर श्रम, शारीरिक तथा वौद्धिक योगदान, अमूल्य सुझाव तथा शुभकामनाका रुपमा प्राप्त भएको छ । सम्मेलन सफल बनाउन योगदान दिने स्वयंसेवीहरुको मेहनतको आयोजक समिति उच्च मूल्यांकन गर्दछ ।
सम्मेलन आयोजक समिति प्रेस तथा सञ्चार संस्था तथा त्यसमा आवद्ध सम्पर्ूण्ा सहयोगी महानुभावहरुप्रति धन्यवाद प्रकट गर्दै सहयोगका लागि आभार प्रकट गर्दछ ।
एएनए २७औं सम्मेलन सफल बनाउन सहभागी दर्शकहरुको पनि आयोजक समिति उच्च सम्मान प्रकट गर्दछ । सम्मेलन आयोजनस्थलमै उपस्थित भएर र विश्वका विभिन्न भागमा रहेर पनि मअलभउब तिथा mयतजभचबिलमलभउब मिार्फ प्रत्यक्ष प्रसारण हेरेर ज-जसले यसलाई सघाउनुभयो, उहाँहरु सबैप्रति सम्मेलन आयोजक समिति हार्दिक धन्यवाद प्रकट गर्दछ ।
आयोजक समिति सम्मेलन सफल बनाउने अभियानमा केन्द्रित भएर लागेका बेला अज्ञानतावश कसैमाथि चोट पुर्‍याउन पुगेको भए विनीत भावका साथ क्षमायाचना गर्दछ ।
आगामी वर्षअझ बढी उत्साहका साथ २८औं एएनए सम्मेलनमा बोस्टनमा हाम्रो भेट हुनेछ । शुभकामना ।
- आयोजक समिति, एएनए २७औं सम्मेलन, क्यालिफोर्निया



अमेरिकाको क्यालिफोर्नियामा साहित्य महोत्सव सम्पन्न

क्यालिफोर्निया, अमेरिका / अमेरिकामा नेपाली हरु को छाता संगठन ए. एन.ए को सत्ताइसौं
सम्मेलनको अवसरमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न भयो /क्यालिफोर्नियाको ओकल्याण्डमा सम्पन्न तीन दिने सम्मेलनमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा सो कार्यक्रम भएको थियो/ कार्यक्रममा प्रमुख अथिति अमेरिका स्थित नेपाली दुताबासका कार्यबाहक राजदुत काली प्रसाद पोखरेलले साहित्य,कला,र संस्कृतिको माध्यम बाट अमेरिकामा नेपाली
हरुमा एकताको भावना अभिवृद्धि भएको बताउनु भयो/ उक्त अवसरमा भएको बिशेष कबि गोष्ठीमा गोविन्द गिरी "प्रेरणा",राम प्रसाद खनाल,मणिनेपाली,डी .बि.तामांग ,अनिल पाण्डे,हरिहर दाहाल,प्रेम संग्रौला लगायतका कविहरुले कविता पाठ गर्नु भएको थियो/

त्यसै गरी अमर-मिना उक्त साहित्य महोत्सबमा प्रतियोगितात्मक कवि गोष्ठी पनि भएको थियो/ जसमा शर्मा मुडवरी पुरस्कार अन्तर्गत सौरभ पोखरेल,बिष्णु गुरुङ र बिनोद पौडेल क्रमश:प्रथम,द्वितीय र तृतीय भएका थिए/ वाल पुरस्कार द्वारा सुश्री सविना ढकाल पुरस्कृत भएकी थिइन / कार्यक्रमको प्रारम्भमा ए.एन.ए.का संस्थापक डा.श्याम कार्कीले अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको बारेमा बिस्तृत जानकारी गराउनु भएको थियो/

उक्त साहित्य महोत्सव समितिका संयोजक कवि बासु ढकालले गोष्ठीको औचित्य माथि प्रकाश पार्नु भएको थियो भने अन्तरराष्ट्रिय नेपाली साहित्य समाज क्यालिफोर्निया च्याप्टरका अध्यक्ष ध्रुव थापाले गोस्ठीमा प्राप्त सम्पूर्ण रचना हरु क्रमश:विस्वपरिक्रमा लगायत अन्य पत्रपत्रिकामा प्रकाशन गर्दै जाने जानकारी गराउनु भएको थियो/

मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ"रोदन"को सभापतित्वमा भएको उक्त महोत्सवम डा.चिन्तामणि योगी,एन आर.एन.का भीम "उदास"र गीतकार शेखर ढुंगेलले साहित्यिक कार्यक्रमको महत्वमाथि प्रकाश पर्नु भएको थियो/ कार्यक्रममा प्रो.जय नारायण लुइँटेल,जीवा लामिछाने,डा.हरि शर्मा,राम थापा, देवमान हिराचन,सुमन तिम्सिना लगायत थुप्रै बरिस्ठ साहित्यकार हरुको उपास्थितिले कार्यक्रम लाई जीवन्त बनाएको थियो/







मोहन ज्ञवालीलाई हार्दिक बधाई

South Asian Heritage पुरस्कारबाट सम्मानित हुनु भएका हाम्रा परम मित्र रिज्वूड नेपालीज सोसाइटीका संस्थापक अध्यक्ष मोहन ज्ञवाली लाई हार्दिक बधाई अन्तरराष्ट्रिय कलाकार मन्च र नेपाल मदर डट कम का तर्फ बाट .

न्यू योर्क शहर भित्रको रिज्वूड शहरमा रहेका झन्डै एक हजार नेपालीहरुको कृयाशिल संस्था रिज्वूड नेपालीज सोसाइटीका संस्थापक अध्यक्ष मोहन ज्ञवाली न्यू योर्क शहरका कम्प्ट्रोलरद्वारा South Asian Heritage पुरस्कारबाट सम्मानित हुनु भयो।
हरेक बर्ष दक्षिण एशियाली अमेरिकनहरु बिच समाजका बिभिन्न क्षेत्रमा बिशिस्ट योगदान पुर्याउने दक्षिण एशियाली ब्यक्तित्वहरुलाई प्रदन गरिने यो पुरस्कार पाउने ज्ञवाली ८ औं अमेरिकि नेपाली हुनुहुन्छ। ज्ञवालीलाई यो पुरस्कार रिज्वूडका नेपाली समुदायमा सन् १९९६ मा नेपालबाट अमेरिका आएदेखी नै निरन्तर समाज सेवामा लागेर नेपाली संस्क्रिती र परम्पराको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेले बापत तथा झन्डै ४०० भन्दा बढी नेपालीहरुलाई रोजगारी दिलाउने, कामको तालिम दिने कार्य गरेर समाजमा उल्लेख्य योगदान पुर्याएबापत दिइएको हो। कम्प्ट्रोलर विलियम सि. थोम्सन जुनियरले पुरस्कारको प्रशस्ती पत्रमा मोहन ज्ञवालीको कार्य र योगदानबारे यसरी उल्लेख गरेका छन्- "for founding the Ridgewood Nepalese Society to encouraged and support the Nepali American community in Queens; for preserving and protecting the culture and traditions of Nepal; for his award-winning achievements in the small business community; for training and mentoring a number of talented community-based entrepreneurs; and for his contributions to the South Asian American community and the life of New York City."

पुरस्कार ग्रहण गर्दै आफ्नो अवार्ड एस्सेप्टेन्स मन्तब्यमा ज्ञवालीले आफुले रिज्वूडमा बसोबास गर्ने नेपाली समुदाय र न्यू योर्कबासी सम्पूर्ण नेपालीहरुकोतर्फबाट पुरस्कार थापेको बताउँदै आफुले समाजमा शुरुवातदेखी अहिलेसम्म गरेको कामहरुको ब्रितान्त यसरी लगाए- "When I first came to New York and settled with my family in Ridgewood, Queens in 1996, there were less than handful of Nepali Americans who live here, own business and houses. I am also proud to say that Ridgewood Nepalese community is one of the most organized groups among Nepali Americans in New York. In Ridgewood, we make every effort to support our community members and neighbours; we offer varieties services such as finding housing for new comers to information and education about financial planning, tax services, language services, health screenings, etc. for community members and language and cultural classes for our American born Nepali young children. We give great importance to maintaining our unique Nepali culture and traditions. After all, mosaics of world cultures make our city unique and the greatest in the world."

Motherland Interview with Shreeom Shresta Rodhan(Writer) from Anil Pandey on Vimeo.


Nepali literature festival in California Anil Pandey from Anil Pandey on Vimeo.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक