20090709

जाजरकोटमा मर्नेको संख्या ९३ पुग्यो !

एक साता भित्र रुकुममा पखालाबाट १० जनाको मृत्यु

जाजरकोटमा गत बैशाख महिनाको अन्तिम सातादेखि फैलिएको झाडापखालाबाट ९३ जनाको ज्यान गएको छ । बिहीबार दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएपछि मृतकको संख्या बढेको हो । माहामारीको रुपमा फैलंदै गएको झाडा पखालाबाट छिमेकी जिल्लामा समेत मानिसले ज्यान गुमाउन थालेका छन् । चिकित्सक र औषधिको अभावमा यति ठूलो मानवीय क्षति पुगेको हो । धेरै ठूलो मानवीय क्षति भइसक्दा पनि सरकारले त्यसक्षेत्रमा झाडा पखाला नियन्त्रण गर्न प्रभावकारी काम गर्न सकेको छैन । सरकारका मन्त्री र स्वास्थ्य मन्त्रालयका कर्मचारीले प्रभावित क्षेत्रको हेलिकप्टर चढेर निरीक्षण गरेर राजधानी फरेका थिए । राज्यकोषबाट हेलिकप्टर भाडावापत प्रतिघण्टा सवा दुई लाख रुपैयाका दरले खर्च गरेर 'हवाई निरीक्षण'मा पुगेका स्वास्थ्यमन्त्री उमाकान्त चौधरी, स्वास्थ्य सचिव राजधानी फर्केको दुई दिन बितिसक्दा पनि अहिलेसम्म जाजरकोटमा औषधिको एक खेप पनि पुगेको छैन ।सिम्रीक एयरको हेलिकप्टर घण्टाको २८०० डलर अर्थात करिब सवा दुई लाख रुपैयाँका दरले ६ घणटाका लागि भाडामा लिएर जाजरकोट पुगेका मन्त्रीले राजधानी आएर मन्त्रीपरिषदमा त्यसबारे एउटा पनि टिप्पणी पठाएनन ।
जाजरकोटका ३० गाविस मध्ये २१ गाविसमा झाडापखाला फैलिएको छ । झाडा पखालाबाट सुवानाउली गाविसमा सबैभन्दा बढी १६ जनाको मृत्यु भएको छ । झाडा पखालाले सक्ला गाविसमा ९, रोकाय गाउँमा ६, नायकवाडामा ३, रामीडाडामा ३, पुन्मामा ७ जनाको मृत्यु भइसकेको छ । कार्कीगाउ, झाप्रा, भगवती, लहा, पजारु, कात्तेडिङ्ग, थालारैकर, जुङ्गाथापाचौर, साल्मा, गर्खाकोट, अछिनी, टालेगाउ र दशेरा गाविसमा गरी ७४ जनाको ज्यान गएको छ । साल्मा, पुन्मा, सुवानाउली, झाप्रा र कार्किगाउ गाविसमा थप १४ जनाले ज्यान गुमाएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ ।
जाजरकोटमा अहिले ६ हजारभन्दा बढी सर्वसाधारण झाडा पखालाको कारण बिरामी छन् । रोगको प्रकोप जाजरकोटका छिमेकी जिल्लाहरु दैलेख, सुर्खेत र सल्यानमा पनि फैलन थालेको छ । सुर्खेतको घोरेटा गाविसमा २, दैलेखको कटी गाविसमा १, जगन्नाथ गाविसमा २, सल्यानको मुलखोला गाविसमा १ र स्युउकोट गाविसमा ४ जनाले ज्यान गुमाइसकेका छन् । भौगोलिक विकटताको कारण यकिन तथ्याङ्क अझै आउन सकेको छ्रैन ।
जाजरकोटमा झाडापखालाले महामारीको रुप लिइरहेका बेला छिमेकी जिल्ला रुकुममा बिहीबार झाडा पखालाबाट थप दुई जनाको ज्यान गएको छ । गोतामकोट २ की ३६ वर्षिय महेश्वरी विक र गराइला गाविस ९ का ३५ वर्षिय पशुपति विकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । एक साता भित्र रुकुममा पखालाबाट १० जनाको मृत्यु भइसकेको छ । रोग प्रभाबित क्षेत्रहरुमा औषधी सहितको स्वास्थ्य टोली पठाइसकेको जिल्ला अस्पताल रुकुमका स्वास्थ्य प्रमुख डा. विनोद गिरीले जानकारी दिए । बिरामी परेकाहरुको जिल्ला अस्पताल र गाउँका औषधि पसलहरुमा उपचार भइरहेको छ ।
जिल्लाका विकट गोतामकोट ,आठबीसकोट, पुर्तिमकाडा, बाफीकोटलगाएतका गाविसहरु झाडापखालाबाट प्रभावित भएका छन ।

मृत अवस्थामा फेला परे

अमेरिकामा नेपाली

अमेरिकाको पेन्सिलभेनिया राज्यमा विगत पाँच वर्षदेखि बसोबास गर्दै आएका नेपालमा गोर्खा घर भएका इश्वर गान्धारी गत सोमबार विहान आफैं बसेको अपारटमेन्ट विल्डिङको बाहिर मृतक अवस्थामा फेला परेका छन् । स्थानीय एक नेपालीको वैवाहिक भोजमा जुलाई ५ को आइतबार राती झण्डै पौने एघार बजे आफ्नो काम सकेर आइपुगेका गान्धारीले सबैसँग भेटघाट गरि २५ मिनेट टाडा गाडी चलाएरै आफ्नो कोठमा पुगेको कुरा स्थानीय समाजसेवी विमल मोक्तानले बताए । आफूले काम गर्ने रेष्टुरेन्टमा राती अवेरसम्म भोज भएकाले गर्दा साथीको भोजमा समेत आउन ढिला भएको भन्दै उनले केही नखाएको र सबैसँग विदा भएर हिडेका गान्धारीलाई सोमबार विहान अपार्टमेन्टको बाहिर विहान स्थानीय प्रहरीले मृतक फेला पारेपछि उनीसँगै बस्ने अन्य दुइ साथीले हेर्दा इश्वर भएको थाहा भएको थियो । आफैं बसेको अपार्टमेन्टको तीन तलामाथिबाट राती नै खसेर मृत्युभएका इश्वरले आफैं हामफालेर मृत्यु भयो या कसरी मृत्यु भयो भन्ने शंकाका कुरा भए पनि स्थानीय प्रहरीले अझै छानविन गरिरहेको जानकारी मोक्तानले दिए ।

स्थानीय सुल्तान इण्डियन रेष्टुरेन्टमा कार्यरत गान्धारी विगत पाँच वर्षअघि डीभी लोटरी मार्फत अमेरिका आइपुगेका थिए । विगत दुइ वर्षअघिमात्र नेपाल गई वैवाहिक बन्धनमा बाँधिएका गान्धारीको ६ महिनाको एक छोरा र श्रीमती काठमाडौंमा रहेका छन् भने आमा बुवा गोरखामै रहँदै आएका छन् । गत तीन साताअघिमात्र अमेरिकी नागरिक बन्नका लागि दिइने परिक्षा समेत उत्तिर्ण भइसकेका गान्धारी आफ्नी श्रीमती र छोरालाई अमेरिका ल्याउनका लागि तयारीमा थिए । उनको शबलाई स्थानीय प्रहरीले अनुसन्धान गरुन्जेल कसैलाई पनि हेर्न नदिइएको र उनको अन्त्यष्टी र परिवारको सहयोगका लागि गैर आवासीय राष्ट्रिय को-अर्डिनेशन काउन्सिल अमेरिकाले आफ्नोतर्फबाट २ सय ५० डलर सहयोग गर्दै अन्य सबैसँग सहयोगका लागि ”इश्वर गान्धारी” फण्डको स्थापना गरेको छ । मृतक गान्धारीको परिवारलाई अन्त्येष्ठीका लागि बोलाउन स्थानीय नेपालीहरुले अस्पताल तथा प्रहरी प्रशासनमाफ्त पहल गरिरहेको समेत एनआरएन काउन्सिलद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

Ghar-E-Kabab Indian/Nepali cuisine

Ghar-E-Kabab Indian/Nepali cuisine
Ghar-E-Kabab (Indian/Nepali cuisine and Restaurent) 944 Wayne Ave, Silver Spring MD-20910, Pro. Lok Tiwari,Tel: 301-587-4427___________________________________

Shangri-La Nepali and Indian cuisine

Shangri-La Nepali and Indian cuisine
Shangri-La (Indian/Nepali Cuisine and Restaurent) 7345-A, Wisconsin Ave, Bethesda, MD, 20814, Tel: 301-656-4444