( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20090711

"पूर्व राजा ज्ञानेन्द्र शाहको सल्लाह अनुसार सरकारी नीति तथा कार्यक्रम आयो"

संसदमा बिहीबार प्रस्तुत सरकारी नीति तथा कार्यक्रम पूर्व राजा ज्ञानेन्द्र शाहको सल्लाह अनुसार आएको आरोप प्रमुख विपक्षी दल एकीकृत माओवादीले लगाएको छ । प्रमुख सत्ताधारी दल एमालेले भने आरोप पुष्टि गर्न माओवादीलाई चुनौति दिएको छ । राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमा माओवादी नेता जनार्दन शर्माले नीति तथा कार्यक्रम ल्याउनु अघि प्रधानमन्त्री माधव नेपालले पूर्व राजासँग सल्लाह गरेको जिकिर गर्नुभयो । माओवादीले असंवैधानिक भन्दै आएको सरकारले ल्याएको नीति तथा कार्यक्रम पनि असंवैधानिक हो भन्दै शर्माले आफ्नो दलले यसलाई समर्थन नगर्ने स्पष्ट पार्नुभयो । सरकारी नीति तथा कार्यक्रमलाई उहाँले छन्द र कथ्यविहीन कविताको संज्ञा पनि दिनुभयो । प्रमुख सत्ताधारी दल एमालेका सचिव युवराज ज्ञवालीले सरकारी नीति तथा कार्यक्रम जनतामुखी र अहिलेसम्मकै उत्कृष्ट भएको जिकिर गर्नुभयो । उहाँले नीति तथा कार्यक्रमको यो यो बुँदामा असहमति छ भनेर स्पष्ट पार्न प्रमुख विपक्षी दल माओवादीलाई आग्रह गर्नुभयो । आफूले लगाएको आरोपको पुष्टि गरेर देखाउन पनि उहाँले माओवादीलाई चेतावनी दिनुभयो । कृषि तथा सहकारी मन्त्री मृगेन्द्रकुमार सिंह यादवले नीति तथा कार्यक्रम नेपाली जनताको जीवनस्तर उकास्न कोशे ढुंगा सावित हुने दावी गर्नुभयो । राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले अहिलेको नीति तथा कार्यक्रम पनि गत वर्ष एकीकृत माओवादीको सरकारले ल्याएको जस्तै भएको टिप्पणी गर्नुभयो ।


प्रचण्डले नागरिक सर्वोच्चताको नारा लगाई जनतालाई धोका दिइरहेको आरोप

- प्रचण्डले चरम भ्रष्ट्राचार गरे
- माधव नेपाल, गिरिजाप्रसाद कोइराला र प्रचन्डबीच कुनै फरक छैन, अनुहार मात्र फरक


नेकपा(माओवादी)का नेता मातृकाप्रसाद यादवले राजनीतिक दलका नेताहरु भारत, अमेरिकासहितका देशहरुको चाकरी गर्नको लागि प्रतिस्पर्धा गरिरहेको आरोप लगाएका छन । जनकपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्व मन्त्री यादवले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले नागरिक सर्वोच्चताको नारा लगाई जनतालाई धोका दिइरहेको बताए । विना मतलव नागरिक सर्वोच्चताको नारा लगाई जनताको भावनासाग खेलिरहेको आरोप लगाउदै नेता यादवले भने-माधव नेपाल, गिरिजाप्रसाद कोइराला र प्रचन्डबीच कुनै फरक छैन, अनुहार मात्र फरक छ। भ्रष्टाचारलाई बढावा दिनमा प्रचन्ड सरकारले कांग्रेस र एमालेलाई पनि पछाडि पारेको आरोप लगाए ।


राष्ट्रपतिजी

‘हत्तेरिका, के गरेको यस्तो ?



राष्ट्रपति डा. रामवरण यादवले बिहीबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुहुँदा प्रत्यक्ष रूपमै सञ्चारमाध्यमबाट त्यसको प्रसारण हेरिरहेका थुप्रैले भने- ‘हत्तेरिका, के गरेको यस्तो ? कि आफै जान्नू, नभए सिकाउनेले त सिकाउनू।’प्रसंग थियो, मुलुकका नम्बर १ व्यक्तिको पाना पल्टाउने शैली। राष्ट्रपति महोदय, हातको औंला चाट्दै थुक लगाएर पाना पल्टाउँदै गरिरहनुभएको थियो। एक त यसो गर्दा उहाँलाई विभिन्न कीटाणुको संक्रमणका कारण रोग लाग्न सक्ने स्थिति थियो भने दोस्रो मुलुककै नम्बर १ व्यक्ति जो र्सवसाधारणका लागि अनुकरणयोग्य पनि हुनुपर्ने हो, उहाँबाट के अनुकरण गर्ने त ? पाना पल्टाउँदा औंला चाट्ने- प्रश्न गम्भीर रूपमा उठ्न पुगेको छ।

‘उहाँ त आफै पनि मेडिकल डाक्टर, यस्तो कुरामा त ख्याल गर्नुपर्ने हो किन गर्नुभएन अचम्म लागेको छ’, -डा. रवीन्द्र समीरले भन्नुभयो- ‘स्वास्थ्यका हिसाबले पनि पेपरमा कीटाणु हुन सक्ने भएकाले उहाँ स्वयम्लाई असर गर्न सक्छ। उहाँले दिएको पेपर अरूले लिँदा पनि कुनै कीटाणु भए र्सन सक्छ, यति कुरामा त उहाँले कम्तीमा ध्यान दिनुपर्ने हो। झन् अहिले त स्वाइनफ्लुको महामारी नै छ, विश्वमा।’ राष्ट्रपतिले थुक लगाएर पाना पल्टाएको दृश्य देशभित्र मात्र होइन, विदेशमा पनि टेलिभिजनका दर्शकहरूले प्रत्यक्ष प्रसारणमार्फ हेरिरहेका थिए। मनोविज्ञानविद् डा. गंगा पाठक राष्ट्रपतिले बिहीबार र्सार्वजनिक समारोहमा देखाउनुभएको आदत बच्चा देखिकै बानी हुन सक्ने बताउनुहुन्छ।

‘तर, देशको संवेदनशील पदमा रहनुभएका व्यक्तिले र्सार्वजनिक समारोहमा यस्तो हर्कत देखाउनु लाजमर्दो कुरा हो। राष्ट्रपतिजस्तो मान्छेले गरेको काम बच्चाले अनुकरण गर्न सक्छन्। उहाँबाट आखिर के सिक्ने त ? उहाँको पहिलादेखि लागेको बानी भए पनि र्सार्वजनिक समारोहमा त्यस्तो आदत नियन्त्रण गर्नुपथ्र्यो। तर उहाँले नियन्त्रण नगरेको देख्दा उहाँको अवचेतनले नै त्यसो गरेजस्तो देखियो’ -डा. पाठकको भनाइ थियो। ठूलो ओहोदाधारीले विदेशमा पनि यसखाले गतिविधि नगरेका भने होइनन्। बंगलादेशका तत्कालीन राष्ट्रपतिले एकपटक राष्ट्रसंघको महासभामा बोल्ने क्रममा पाना पल्टाउँदा ठूलो आवाज निकालेको र नेक्स्ट पेज भनेकोमा हाँसो उत्पन्न भएको एकपटक हामीले सुनेका थियौं, पूर्वराजदूत तथा पूर्वशिष्टाचार महापाल केशवराज झाले भन्नुभयो- ‘राष्ट्रपतिलाई यस्ता सामान्य कुराको जानकारी राष्ट्रपति कार्यालयका कर्मचारी वा परराष्ट्र मन्त्रालयका कर्मचारीले नै दिनुपर्नेमा त्यसो नगरेर गल्ती भएको छ’ -उहाँले भन्नुभयो।

उतिबेला राजाहरूले यस्ता कार्यक्रममा भाग लिँदा पहिला नै ब्रिफिङ लिन्थे र ‘रिहर्सल’ गर्ने हुँदा यस्तो गल्ती देखिँदैनथ्यो’ -उहाँको भनाइ थियो। डा. समीर भने विदेशमा यसखाले भीभीआईपीले सम्बोधन गर्ने कार्यक्रममा एउटा सानो बट्टामा कपास राखेर पानी वा कुनै रसायन हाल्ने गरिएको र त्यहाँ औंला चोपल्दै पाना पल्टाउने गरिएको बताउनुहुन्छ। नेपालमै पनि बैंकहरूमा पैसा गन्दा त्यस्तो बट्टा प्रयोग गरेको पाइन्छ।

कतिपय प्रसंगमा भने विशिष्ट व्यक्तिले लिखितरूपमा बोल्दा पाना कुनै सहायकले पल्टाइदिने चलन पनि हुन्छ। तर, बिहीबार राष्ट्रपतिले नीति तथा कार्यक्रममाथि सम्बोधन गर्दा पाना पल्टाउने कुरामा कसैको ध्यान जाने त कुरै भएन, पिउने पानीसमेत राखिएको रहेनछ- ‘उहाँ वाचन गरिरहेकै बेला ‘मुख सुक्यो पानी खाऔं न’ भन्न पुग्नुभयो।

त्यसपछि केहीबेरमा बल्ल उहाँका लागि पानी आइपुग्यो। राष्ट्रपतिलाई पहिल्यै पानीसम्मको व्यवस्था नगरिएको प्रसंगमा संसद् सचिवालयका कार्यवाहक महासचिव मनोहरप्रसाद भट्टर्राईसँग नेपाल समाचारपत्रले जिज्ञासा राख्न प्रयत्न गर्दा बिहीबार राति उहाँले फोनमा भन्नुभयो- ‘म भीडमा छु। अहिले राम्रोसँग बुझिनँ है।’ फेरि सर्म्पर्क गर्दा उहाँ सर्म्पर्कमा आउन नै चाहनुभएन। किनकि पहिल्यै विषयवस्तु भनिसकिएको थियो। -लेखनाथ अधिकारी

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________