
गुरुको सल्लाहअनुसार भट्टराईको सेवा गर्न बस्दा पनि कपालीले संन्याशीका रूपमा दिनहुँ साधनामा लागिरहनेछन् । कपालीले संन्याशीको दीक्षा लिंदा नेता भट्टराई र पूर्वमन्त्री पीएल सिंहसमेत पाइलट बाबाकै आश्रममा सँगै थिए ।
भट्टराईसँगै उनी पटकपटक पाइलट बाबाकहाँ जान्थिन् । बाबाको जीवन र उनबाट पाएको शिक्षाबाट प्रेरित भएर कपाली संन्याशी भएको जानकारी उनी निकट स्रोतले दिएका छन् । नेता भट्टराई, सिंह र कपाली शुक्रबारसम्म फर्किसकेका छैनन् । उनीहरू पाइलट बाबाको नैनीतालस्थित आश्रममा नै छन् ।
उनी २०४९ सालदेखि भट्टराईको सहयोगीका रूपमा कार्यरत छन् । २०४३ को नगर निर्वाचनमा उनी कांग्रेसबाट काठमाडौं वडा नं. १ बाट वडा सदस्य निर्वाचित भएकी कपालीको भट्टराईसित पहिल्यैदेखि चिनजान थियो । ललितपुरको बखुण्डोलस्थित भान्जाको घरमा बस्दै आएका भट्टराईले आफूलाई भेट्न आएकी कपालीलाई भने 'तिमी मेरो सहयोगीका रूपमा मेरो निवासमा बस ।' तर, उनले सुरुमा मानिनन् । स्रोतका अनुसार जब त्यो कुरा काठमाडौं कांग्रेसका नेता तीर्थराम डंगोलले थाहा पाए । उनले कपालीलाई भने- 'तिमीले बस्दिन भनेर गल्ती गर्यौ । किसुनजीकहाँ गएर बस र सहयोग गर ।' त्यसपछि उनी भट्टराई निवासमा गइन् र निःस्वार्थ ढंगले निरन्तर भट्टराईको स्याहारसुसार गर्दै आएकी छन् । उनले भट्टराईको सेवा गर्दागर्दै जीवनकै महत्वपूर्ण पक्ष विवाहसमेत गरिनन् । 'भट्टराईकहाँ बस्न थालेपछि कपालीका विरुद्ध विभिन्न प्रचार गरिए, तर उनले कहिल्यै प्रवाह गरिनन् । उनले रोगी भट्टराईको यति राम्ररी स्याहार गर्दै आएकी छन्, त्यति हेरचाह त छोराछोरीले आफ्ना वृद्ध बाबुआमालाई पनि गर्दैनन् । उनले किसुनजीका लागि आˆनो जीवनको उर्वरकाल बिताइन्' भट्टराई निकट स्रोतले भने- 'संन्याशी बनेपछि पनि भट्टराईलाई जीवनपर्यन्त सहयोग गर्छु भन्नु उनको महानता हो ।' राजधानीको नागपोखरीमा जम्मेकी कपालीका बुबा मोहनलाल र ठूलो बुबा सहर्षनाथ दुवै दलित आन्दोलनका अग्रणी नेता हुन । मोहनलाल र जवाहर रोकाले पछौटे जाति सुधार संघ भन्ने सस्था खोलेर जातीय विभेदको विरोधी आन्दोलन सुरु गरेका थिए । कांग्रेसमा लागेका उनीहरूले २०११ सालमा दलितहरूले पशुपति मन्दिर प्रवेश आन्दोलनको नेतृत्व गरेका थिए । सहर्षनाथ पञ्चायतकालमा राष्ट्रिय पञ्चायतका सदस्यसमेत भएका थिए । बुबा र ठूलो बुबाको प्रेरणाबाट उनी सानैदेखि विद्यार्थीदेखि नै कांग्रेस राजनीतिमा लागिन् । -बलराम बानियाँ/गोविन्द परियार,नागरिक
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक