20090730

गृहमन्त्री भीम रावलले व्यवस्थापिका संसदको बैठकमा सभासद्हरुलाई जानकारी गराए - तीन महिनामा ५८० पटक बन्द हड्ताल र ४६५ पटक सडक अवरुद्ध



सशस्त्र समूहको संख्या १०९ वटा
११ महिनाको अपराध वृद्धि दर १०.७७ प्रतिशत
११ महिनाको अपहरण वृद्धिदर २५० प्रतिशत
तीन महिनाको बन्द हडताल ५८० पटक
तीन महिनाको सडक अवरोध ४६५ पटक



गत ११ महिनामा अपराधका घटनामा १०.७ प्रतिशतले र अपहरणका घटनामा २५० प्रतिशतले वृद्धि भएको छ। गृहमन्त्री भीम रावलले बुधबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै यस्तो जानकारी दिएका हुन्। उनले वि.स.२०६५ फागुनदेखि २०६६ वैशाखको तीन महिनामा ५८० पटक बन्द हड्ताल भएको र ४६५ पटक सडक अवरुद्ध भएको समेत जानकारी सदनलाई दिए।
गृहमन्त्रीले सरकारले ल्याउन लागेको विशेष सुरक्षा योजनाको बारेमा सदनलाई जानकारी गराउने क्रममा यस्तो जानकारी दिएका हुन्। सरकारले शान्ति सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना पनि लागू गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले शान्तिसुरक्षाको प्रभावकारी कार्यान्वयन, दण्डहीनताको अन्त्य र मानवअधिकारको रक्षाका लागि करिब ३ खर्ब ८० करोड १० लाख खर्च अनुमानको विशेष कार्यक्रम स्वीकृत गरेको हो। सरकारको विषेश सुरक्षा योजनाका विषयमा बुधबार नै गृहमन्त्री भीम रावलले व्यवस्थापिका संसदको बैठकमा सभासद्हरुलाई जानकारी गराएका थिए। संसदमा जानकारी दिदैं गृहमन्त्री रावलले तराई, पूर्वी तराई तथा मध्यपश्चिमी पहाडमा शान्ति सुरक्षालाई सुदृढ बनाउन र सार्वजानिक सेवा तथा सडकको अवरोध, अपहरण तथा गम्भीर प्रकृतिका अपराधलाई नियन्त्रण गर्न विषेश सुरक्षा योजनालाई अघि सारेको बताएका थिए। उनले राजनीतिक, अपराधिक, विखण्डनकारी र धार्मिक ४ समुहमा बाँडिएका १०९ समूहको पहिचान गरिएको जनाकारी दिए। विशेष सुरक्षा योजनामा अपराधका गतिविधि बढी हुने क्षेत्रमा कर्डन एन्ड सर्च अपरेशन गर्ने तथा गस्ती कार्यलाई बढाउने उल्लेख छ। यसबाहेक उपत्यकामा विमानस्थलमा विशेष सुरक्षा योजना, सवेंदनशील क्षेत्रमा सीसीटीभी जडान, आकस्मिक जाँच, मोटरसाईकलमा हतियारसहितका सुरक्षाकर्मी परिचालन, गुप्तचर परिचालमा वृद्धि जस्ता योजना छन्। उनले सुरक्षाकर्मीको दरबन्दीमा वृद्धि गरेर सुरक्षा योजनालाई प्रभावकारी बनाईने उल्लेख गरेका छन्।

सरकारले शान्ति सुरक्षाको प्रभावकारी कार्यान्वयनका लागि विशेष सुरक्षा रणनीति अघि सारेको छ। बुधबारको मन्त्रिपरिषदबाट पारित विशेष कार्यक्रमका लागि करिब पौने चार अर्ब रुपैयाँ थप खर्च चाहिने जानकारी गृहमन्त्री भीम रावलले दिए।
'शान्ति सुरक्षाको प्रभावकारिता, दण्डहीनताको अन्त्य तथा मानवअधिकारको रक्षाका लागि विशेष कार्यक्रम २०६६' नाम दिइएको सुरक्षा रणनीतिलाई बुधबारको मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। पारित कार्यक्रममा तराई, पूर्वी पहाड र मध्य पश्चिमको पहाडी जिल्लाको सुरक्षा सुदृढीकरणका लागि विशेष कार्ययोजना अघि सारिएको छ। ती जिल्लामा १ सय ९ सशस्त्र समूहको पहिचान गरेको जानकारी गृहमन्त्रीले संसद्लाई जानकारी दिए। ती समूहलाई गृह मन्त्रालयले राजनीतिक, अपराधिक, विखण्डनकारी र धार्मिक गरी चार समूहमा विभाजन गरेको छ।







एन आर एन कोरियाको दोश्रो

साधारण सम्पन्न,

अध्यक्षमा कुवर आई सि सिमा राई

- उमेश बस्नेत/पुरु जोशी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाको दोस्रो साधारण सभा यहि अगष्ट २ तारिख आईतबार सम्पन्न भएको छ । एन आर एन कोरियाका निवर्तमान अध्यक्ष गंगा राज राईको सभापति्वमा सम्पन्न उक्त दोस्रो साधारण सभामा नेपाली राजदूतावासका उपनियोग प्रमुख यादव खनालको प्रमुख आतिथ्य तथा एन आर एनका केन्द्रीय उपसभापति देवमान हिराचनको बिशेष आतिथ्यमा सम्पन्न भएको थियो । एन आर एन कोरिया कै निवर्तमान राष्ट्रिय संयोजक डा देवी बस्नेत तथा महिला संयोजक सरस्वती राईद्वारा सञ्चालन गरिएको उक्त साधारण सभा सफलताका लागि जापानबाट अतिथिको रुपमा एन आर एन जापानका अध्यक्ष भवन भट्ट एन आर एन जापानका प्रतिनिधी अरुण कुमार श्रेष्ठ उपस्थित हुनु भएको थियो भने पावर नेपाल २००९ का लागि कोरिया आउनु भएका एफ एन सी सीका ज्ञानेन्द्र प्रधान समेत उपस्थित हुनु भएको थियो । नेपाली राजदूतावासका उपनियोग प्रमुख यादव खनाल तथा एन आर एनका केन्द्रीय उपाध्यक्ष देवमान हिराचन र एन आर एन एसिया प्यसिफिकका सहसंयोजक रुद्र शर्माद्वारा संयुक्त रुपमा गरिएको दीप प्रज्वलनसंगै एन आर एन कोरियाका उपाध्यक्ष ध्यान राईले स्वागत भाषण मार्फत उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नु भएको थियो ।
अतिथिको रुपमा आसित बिभिन्न संघसंस्थाहरुका प्रतिनिधीहरुद्वारा मन्तब्य राख्ने क्रममा जनअधिकार मञ्च अध्यक्षः डी आर भण्डारी जनसम्पर्क समिति अध्यक्षः सुनील कर्माचार्य प्रवासी नेपाली संघ अध्यक्षः बिक्रम राई नेपाली सम्मर्क समिति अध्यक्षः डेविट राई त्यसैगरि जापानबाट पाल्नु भएका एन आर एन केन्द्रीय उपसभापतिः देव मान हिराचन एन आर एन जापानका अध्यक्षः भवन भट्ट एन आर एन जापानका प्रतिनिधीः अरुण कुमार श्रेष्ठले आ आफ्नो मन्तब्य राख्नु भएका थिए । त्यसैगरि एन आर एन एसिया पेसेफिक सह संयोजकः रुद्र शर्मा एन आर एन आईसीसी प्रतिनिधीः तेन्जी शेर्पा नेपालबाट पाल्नु भएका एफ एन सी सीका ज्ञानेन्द्र प्रधान नेपाली र राजदूतावास उपनियोग प्रमुख यादव खनालद्वारा दोस्रो साधारण सभाको पूर्ण सफलताका लागि शुभकामना मन्तब्य दिनु भएको थियो ।
एन आर एन कोरियाका निवर्तमान अध्यक्ष गंगाराज राईद्वारा पहिलो चरणको कार्यक्रम समापन गरिए लगत्तै उम्मेदवारी दर्ता गर्ने प्रकृया अगाडी बढाइएको थियो । यसका लागि निर्वाचन मण्डल आवश्यक भएको हुंदा जापानबाट पाल्नु भएका अरुण कुमार श्रेष्ठका साथ रुद्र शर्मा शुनील कर्मचार्य र गणेश अधिकारी गरी ४ जनाको निर्वाचन मण्डल बनाइएको थियो । शुरुमा थुप्रै जनाले उम्मेदवारी दिएपनि एन आर एन कोरियाको नयाँ कार्यसमितिलाई सहमतिमा अगाडी बढाउनु नै उपर्युक्त हुने भएका कारण बिनोद कुंवरको अध्यक्षतामा १३ जनाको कार्यसमिति निर्माण गरिएको थियो । नबनिर्मित कार्यसमितिमा
आइ सी सी सदस्य
गंगाराज राई
अध्यक्षःबिनोद कुंवर
उपाध्यक्षद्वयः
ध्यान राई
दिनेश हिराचन
राष्ट्रिय संयोजकः
आनन्द गुरुङ
राष्ट्रिय सह संयोजकः
दिपकराज रेग्मी
कोषाध्यक्षः
एल बी प्रधान
सदस्यहरुः
रोशन भट्टराई
खगेन्द्र बुढामगर
मनोज कुमार भारती
काजी बावु पोखरेल
खेम कार्की
अक्कल तामाङ
र कुश राज राई रहनु भएको छ।
सर्वसम्मतिद्वारा नयाँ कार्यसमिति निर्माण भएपछि एन आर एनका केन्द्रीय उपाध्यक्ष देवमान हिराचनद्वारा सबै पदाधिकारीहरुलाई सपथ गराउनु भएको थियो ।साथै
उक्त साधारण सभामा बिषेश आतिथि कारुपमा आउनु भएका केन्द्रीय उपाध्यक्ष देवमान हिराचनको योपाला एन आर एन केन्द्रीय अध्यक्षमा एसियाबाट हुनुपर्नेकुरामा जोडदिन्दै आगामि अक्टुबरमाहुने एन आर एनको चौथो सम्मेलनमा सहयोग गर्न हार्दिक आपिल गर्नु भएको छ ।




नेपाल एसोसियसन को जलपान तथा

अभिनन्दन र धन्यबाद कार्यक्रम सम्पन्न


भेनिस / नेपाल एसोसियसन को आयोजना तथा यस क्षेत्रबाट अधक्ष लगायत निर्वाचित सदस्यहरुको प्रायोजनमा शनिवार जलपान तथा अभिनन्दन र धन्यबाद कार्यक्रम सम्पन्न भयो । कार्यक्रम निर्बाचित हरुलाई आसनग्रण गराउदै शुरु गरिय पछी नेपाल एसोसियसनका सलाहकारहरु सर्बज्ञ लम्साल , रेशम लाल अधिकारी र नेपाल एसोसियसनका सदस्य छत्र बहादुर गुरुङ ले बधाई दिदै एन आर एन को कार्यकालको सफलता , आपसी मेलमिलाप राख्न र सर सल्लाहमा काम गर्न सुझाब दिएका थिए । भने रेशम लाल अधिकारी र मंदारी भट्टले अबिर लगाएर अबिनान्दन गर्नु भएको थियो। तेसै गरि मञ्जु सापकोटा ( खरेल ) , छत्र गुरुङले पनि अध्यक्षलाई फुल र खादा लगाई बधाई र शुभकामना दिनुभएको थियो । यसरी नै शुभकामना दिनेहरुमा लक्ष्मी अधिकारी र मंदरी भट्टले एन आर एन गठन तथा भेनिस बासीहरुको तर्फबाट अन्य ६ सदस्य पदमा बिजय हासिल भएकोमा खुसि ब्यक्त गर्दै यो खुसि सम्पूर्ण इटालीवासी नेपालीको शुसी बनाउन प्रयास गर्नुपर्ने बताउनु भयो । र निर्वाचन समितिको तर्फबाट रामकुमार राई ले निर्वाचन सम्पन्न हुदा देखिका प्रयासहरुका बारेमा प्रस्ट पारेपछि अभिनन्दनको पालो सकिएको थियो । भने धन्यबाद दिने क्रममा निर्बाचितहरु बिष्णु प्रसाद पाण्डे , अम बहादुर पुन ( लक्कु ) सुमन रिमालले निर्बिरोध गराउन र निर्बाचित गराउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनुभएको थियो र अन्त्यमा नब निर्बाचित अध्यक्ष शेर बहादुर तुम्बापोले नेपाल एसोसिएसन , मतदाता , सहयोगी , शुभचिन्तक , सदस्यहरु , निर्बाचन समिति र अधिबेसन आयोजक रोमलाई समेत धन्यबाद दिदै आफु र आफनो टिम नेपाल र नेपालीका लागि काम गर्न सबैसग हातेमालो र सरसहयोग आदान प्रदान गर्दै जिम्बेवारी बहन गर्न तयार रहेको बताउनु भयो . कार्यक्रम संचालन नगेन्द्र मान खत्रीले गरेका थिए ।र कार्यक्रमको अन्त्यमा विभिन्न गीतहरुमा डिस्को गर्नेहरु रातको ११ बजेसम्म पनि भरपुर मनोरंजन लिएका थिए यसरि लगभग १०० को सख्यामा उपस्थितहरुले एन आर एन गठन भएको प्रति शुसी मनाएका थिए ।
सोही अबसरमा महिलाहरुको हरितालिका मनाउने बारेमा छलफल भएको थियो भने सेप्टेम्बर १२ मा नेपाल एसोसिएसन को आयोजनामा शक्ति लामाको सम्योजनमा हुन गैराहेको दसै तथा सास्क्रतिक कार्यक्रमको सूचना समेत गरिएको थियो सो कार्यक्रम मा अबिनास घिसिंग , रोज मोक्तान र ..नीमा लामाको उपस्थिति हुने तथा रात्रि भोज सहित प्रबेस शुल्क २० तोकियकोले सबैलाई सहयोगको लागी अनुरोध गरिएको छ ।

नगेन्द्र मान खत्री/मिलान इटाली

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक