20090801

परमानन्द झाको बालहठ प्रदर्शन

गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाद्वारा हिन्दी भाषामा शपथ लिइएकोसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएको छ। अदालती फैसलाले परमानन्द झालाई वैधानिक तवरमा 145उपराष्ट्रपति146 मान्ने कि नमान्ने भन्ने द्विविधा आमनेपाली जनतामा पैदा गराएको छ। एक वर्षअघि उपराष्ट्रपतिमा निर्वाचित भएलगत्तै शपथमा प्रयोग गरेका भाषाका कारण तीव्र विवादमा पर्नुभएका झामाथिको अदालती फैसलाले सो विवादलाई पुनः बल्झाइदिएको मात्र नभई यस सवालमा तरङ्गित हुन थालेका दुई किसिमका तर्क वा प्रतिक्रियाले मधेस र पहाडेबीच पुनः विवाद वा द्वन्द्व सिर्जना हुने सम्भावना पनि बढाएको छ। यसका साथै विविध संस्कृति र भाषाभाषी रहेको मुलुकमा कुनै समुदाय वा भाषाविशेषमाथि सर्वोच्च अदालतलाई माध्यम बनाएर राज्यले दूराग्रही व्यवहार गरेको आक्षेपसहितको विरोध सुरु भएबाट मूल मुद्दालाई बहकाएर कतिपय समूह वा दलले कुत्सित राजनीतिक अभीष्ट सिद्धि गर्ने चलखेल गर्न लागेकोसमेत आभास दिलाएको छ।
नेपालको अन्तरिम संविधान, २०६३ ले नेपाली भाषालाई सरकारी कामकाजको भाषा भनी स्पष्ट व्याख्या गरेको छ। संविधानको अनुसूचीमा शपथको ढाँचा पनि नेपालीमै रहेकोले सोही संवैधानिक व्यवस्थाको जगमा उभिएर सर्वोच्च अदालतले फैसला दिएको बुझ्न सकिने विषय हो। तर, यो स्पष्ट हुँदाहुँदै पनि सर्वोच्चको आदेशलाई 145भाषिक अधिकारमाथि बलमिच्याइँ गरेको146 भन्ने अर्थमा बङ्ग्याएर राजनीतिक रंग प्रदान गर्न खोजिनु दुर्भाग्यपूर्ण सन्दर्भ हो। नेपाल बहुभाषिक मुलुक हो भन्नेमा दुई मत हुनै सक्दैन र उपराष्ट्रपतिको शपथसम्बन्धी सर्वोच्चको फैसलाले कुनै भाषाभाषीमाथि प्रहार गरेको मतलब निकाल्न पनि किमार्थ मिल्दैन। यस्तोमा संविधान पालना गर्ने–गराउने विशेष दायित्वसमेत बोकी राष्ट्रको सम्मानित ओहोदामा आसीन व्यक्तिले आफ्नो पैंतीसवर्षे न्यायसेवाको क्यारियरलाई चटक्कै बिर्सेझैं गरेर सर्वोच्च अदालतको फैसलामाथि नकारात्मक टीका–टिप्पणी गर्नु घोर विडम्बनाको विषय हो। नेपाली भाषामै शपथ नलिएसम्म उपराष्ट्रपतिको जिम्मेवारी संवैधानिक नठहरिने आदेश सर्वोच्चले दिइसकेपछि त्यसको पालना गरी समस्त जनता र देशको हृदय जित्ने कर्मतर्फ क्रियाशील हुनुको साटो 145कुनै हालतमा नेपालीमा शपथ नलिने146 बयानबाजी गरेर उपराष्ट्रपति पदमा निर्वाचित परमानन्द झाले कानुनी शासनको उपहास गर्ने धृष्टता गर्नुभएको छ। अझ उदेकलाग्दो त यो छ कि साढे तीन दशक न्यायाधीशका रूपमा नेपालीमा फैसला लेखेर अवकाश पाएको इतिहास लत्याउँदै उहाँ नेपाली भाषामै तर्क गर्दै हुनुहुन्छ, 145मलाई त नेपाली बोल्नै आउँदैन।146 उपराष्ट्रपतिको सम्मानित ओहोदा सम्हाल्ने व्यक्तिले यस्तो ढोंग गर्नुको अर्थ स्पष्ट छ― विधिको शासनमा सर्वोच्च अदालतको आदेश सबैले पालना गर्नुपर्ने मान्यतालाई लत्याएर 145भाषिक अवहेलना146को जलपमा यहाँ चर्कै राजनीतिक चलखेलको प्रपञ्च रचिँदै छ। आफूलाई मधेसवादी ठान्ने कतिपय दलहरूले झालाई उक्साउने किसिमले वक्तव्य दिनुले आशङ्कालाई झनै बल पुर्याेएको छ। यस प्रकरणलाई सामान्य रूपमा अर्थ्याएर उपेक्षा गर्न मिल्दैन। यस प्रकरणले कुनै सङ्कटको अवस्था निम्त्याउनुअघि नै कानुनी वा संवैधानिक सीमा उल्लङ्घन नहुने गरी समाधानको मार्ग पहिल्याउनु अत्यावश्यक छ। राजनीतिक दलहरू, सरोकारवाला पक्ष र राज्यबीच एउटा यस्तो सहमति तत्काल बन्नु जरुरी छ जसले यस समस्याको 145सर्वस्वीकृत समाधान146 आविष्कार गरोस्। 145संविधानअनुरूप शपथ पनि खान्न, राजीनामा पनि दिन्नँ146 भन्ने लवजमा जसरी परमानन्द झाले बालहठ प्रदर्शन गरिरहनुभएको छ, यथार्थमा यो कतै भाषिक विभेदको मुद्दामा रूपान्तरित बनी विविध भाषाभाषी नेपालीको आपसी सद्भाव खल्बल्याउने माध्यम कदाचित नबनोस्। -Devprakash Tripathi


अनेसास बोर्ड अफ ट्रस्टीजका

अध्यक्ष होमनाथ सुवेदीको प्रेस-वक्तव्य


नेपाली साहित्य-प्रेमी मित्रहरु!

यही अगस्तको १५ मा अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने भएको छ । न्युयोर्क जस्तो खर्चिलो ठाउँमा अर्काको देशमा जीवन यापन गर्नै कठीन अवस्थामा भएका नेपाली डायास्पोराका कवि साहित्यकारलाई विश्वभरबाट बोलाएर एक ठाउँमा भेला गराउन निकै कठीन कुरा हो । यद्यपि तपाई हामी जस्ता धेरैले यसो भैदिए कति राम्रो हुन्थ्यो भनेकै हौं तर पहिले कहिल्यै यो सम्भव हुन सकेको थिएन । यस पटक अनेसासको काकासले भारती गौतमको नेतृत्वमा यो सबैको पुरानो सपना वर्तमानमा उतार्ने गहन जिम्मेबारी लियो । पहिले त कसैले पत्याएको पनि थिएन । ऐले त ढुंगामाटाले पनि यो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनुलाई पछ्याइरहेको मैले पाएको छु । यो निकै खुशीको कुरा हो । सम्मेलनलाई यो फेजमा ल्याइपुराएकोमा म संमेलन आयोजक समितिलाई धेरै धन्यवाद दिन्छु । नेपाली भाषा हाम्रो पहिचानको हाम्रो अस्तित्वको अभिलक्षण हो । नेपाली भाषा र साहित्यको सेवा र संरक्षण विना हाम्रो पेट भरिन्न । यसको सेवा र संरक्षण तपाई हामी सबैको दायित्व हो । त्यसैले यो कन्भेन्शनको मूल स्वर पनि हाम्रो भाषा हाम्रो साहित्य सेवा र संरक्षण हाम्रो दायित्व रहेको छ । विश्वका अरु भाषाको दाँजोमा हामी कहाँ छौं त्यो किटान गर्नुभन्दा पहिले हामीले विश्वका अरु भाषा र साहित्यभन्दा हामी कम हुनुहुन्न भनेर हामी सबै नेपाली एक जुट भै अगाडि बढ्नु जरुरी छ । अनि मात्र हाम्रा लेखकहरुले विश्वका अरु लेखकको दाँजोमा दाँजिने हौसला पाउनेछन् । डायास्पोरामा कनिकुथी भए पनि हामीले लेख्नुपर्छ । दुईचार जना भए पनि जम्मा भएर सभा सम्मेलन गर्नुपर्छ । यस्तो निरन्तरको प्रयासले एक दिन लक्ष्य वेध गर्न हामीलाई अर्जुन बनाउने छ । त्यही निरन्तरताको प्रयोग हो ऐले अमेरिकामा भैरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन । आयोजक समिति धन्य हो -अगाडि बढी रहेको छ उकालोमा जन्ती हिडाइरहेको छ । कही कतै तपाई हामीले हात निकालिदियौं भने उनीहरुको डुवाँ डुब्न सक्छ । उनीहरु बगरमा झर्न सक्छन् । सम्मेलनका जन्ती त कहाँ कहाँ आयोजक कमिटीको ब्याह नै देखिन सक्छ ! त्यसो भो भने हामी नेपालीको लागि यो अत्यन्त नराम्रो घटना हुनेछ । त्यसैले तपाई हामी खास गरी ऐले नर्थ अमेरिकी नेपाली डायास्पोराले यो ुअन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनुलाई काधमा काँध थापेर टेबा दिई यसको चोटीसम्म पुराउन आयोजक कमिटीलाई मदत गर्नु आजको हाम्रो कर्तव्य भएको छ । सबै जन्ती भैदिएर भाग लिएर यो सम्मेलन सफल पार्न योगदान गरौं । यो हाम्रो कर्तव्य हो ।

नेपाली डायस्पोरा साहित्य विद्यूतीय संचार माध्यम र नेपाली भाषा साहित्यको विकास लगायत विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत हुने सो सम्मेलनमा विषेश गीत गजल तथा कविता गोष्ठी सेमिनारले प्रार्थमिकता पाएका छन् । संगठित हुनु र एकेडेमिक साहित्यको शास्त्रार्थ हुनु यो कन्भेन्शनको विशेषता रहेको छ । फेरि तत्काल यस्तो विद्वान्को जमघट खोजेर पनि पाइदैन ।

आयोजक कमिटीले तपाई हामीलाई नुयोर्कका निशुल्क बस्न र कन्भेन्शनमा भोजको समेत व्यवस्था गरेको छ । नेपालबाट डायास्पोरिक साहित्यको व्याख्याका प्रथम व्याख्याता विद्वान् टियुका प्राध्यापक डा। गोविन्दराज भट्टराईलाई आयोजक समितिले बोलाएको छ । त्यस्तै रुसबाट नेपाली भाषाको सेवा गर्ने डा। कृष्णप्रकाश श्रेष्ठलाई भाषा सेवी जिवा लामिछोको प्रायोजनमा आयोजक समितिले सम्मेलनमा उपस्थित गराएको छ । त्यस्तै विद्वान् प्राध्यापक टियु नेपाली केन्द्रिय विभागका हेड रहिसक्नुभएको डा।घनश्याम कडेल समालोचक शिवप्रसाद सत्याल ुपीठु अनि डा।देवीप्रसाद सुवेदी र भारतका विद्वान्हरु र तपाई हामी जस्ता जिन्दगी डायास्पोरामा बसी आफ्ना अनुभूतिलाई नेपाली डायास्पोरिक कलामा उतार्ने धेरैलाई यो सम्मेलनमा उतार्न अनेसासका कुमार जापानबाट यहाँ आउदै हुनुहुन्छ र हाम्रो नाकका अध्यक्ष सुमन तिमसिना र सम्मेलनकी संयोजिका रातदिन यो संमेलनको भान्सा तयार गर्न पसिना काडेर लाग्नुभएको छ । यसमा तपाई हामी अरुको ठुलो सहयोग चाहियो । ठूलो भनेर हजार बाह्र सय पन्ध्र सयको कुरो पनि हैन । त्यो महङ्गो न्युयोर्कमा मुद्रा राक्षसले निकै दुःख दिदो रहेछ । तपाई हामी सबैले यो सम्मेलनको बेभसाइटको मा जाउँ र डोनेश बक्समा गै आफ्नो छ ५ १० १५ बिस जति राख्न सक्नुहुन्छ राखेर आफ्नो सहयोगको हाँजिरी जताउनुहोस् र भारतीजीको यो नेतृत्वलाई टेवा दिनुहोस् ।

अर्को कुरा अनेसासका पदाधिकारीहरु सबैले त्यहाँ गए पनि न गए पनि डोनेशन वा रजिष्ट्रेशनमा आफ्नो नाम दर्ता गराएर सहगोग गर्नुहोस् । आयोजक कमिटीले पनि यहाँ पैसा राख्छ । यो लक्जरी गर्ने बेला हैन । तपाई हामी आआफैले पैसाको हतियार उठाएर मुद्रा राक्षसलाई मारेर हामीले न्युयोर्कमा यो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सफल पार्नुपर्छ भन्ने धारणा लिएर अगाडि बढौं । हाम्रो बाटो मुद्रा राक्षस मात्र हैन कुनै पनि प्रकारको राक्षसले छेक्न सक्ने छैन ।

आर्ष परम्परामा पाहुना देवता मानिएका छन् । हाम्रा न्युयोर्कका सबै भाषा प्रेमीले हामी बाहिरबाट जाने सबैलाई देवता बराबर गरी राख्ने प्रण गर्नुभएको छ । यो सम्मेलन पहिले हुने गरेका सम्मेलनहरुभन्दा हाम्रो आर्ष संस्कृतिको अनुपम नमुना हुनेछ भन्ने मलाई लागेको छ । यो तपाई हाम्रो सहभागिता अझ सजिलै सम्भव हुने कुरा हो । ऐलेसम्म सम्मेलनमा जुट्नुभएका भाषा र साहित्यप्रेमी नेपालीहरुको फेहरिस्त लामै छ तापनि म यहाँहरुको आवागमन र संचार सुविधाको लागि ऐले केही आयोजक कमिटीका सदस्यको नाम म यहाँ उल्लेख गर्छु कन्भेन्शनमा आउन वा डोनेशन गर्न वा रर्जिट्रेशन गर्न उहाँहरुको नजीक हुनेले उहाँहरुबाट आवश्यक सहयोग लिन सक्नुहुनेछ ।

अमेरिका लगायत विभिन्न मूलुकमा गरी झण्डै ५६ केन्द्रहरु रहेको अनेसासले सम्मेलन सम्पन्न गर्नका लागि समाजका केन्द्रीय उपाध्यक्ष श्रीमती भारती गौतमको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ । आयोजक समितिको सह संयोजकमा सुमन तििम्सना, उप संयोजकमा ज्ञानेन्द्र गदाल र सचिवमा शिव प्रकाश रहनु भएको छ । आयोजक समितिमा समाजका केन्द्रीय अध्यक्ष डा। कुमार बस्नेत तथा कमला प्रसाइ अर्थ संकलन समित संयोजक तथा सह संयोजक मोहन सिटौला कार्यपत्र मस्यौदा, होमनाथ सुवेदी, भीमप्रसाद रेग्मी, एच्बि भण्डारी, प्रभात खेम भट्टचन, बासु सत्याल अतिथि आमन्त्रण तथा सत्कार, गीता खत्री मन् तयारी तथा व्यवस्थापन निलम कार्की कविगोष्टी संचालन पुरुषोत्तम सुवेदी नेटवर्क कोअर्डिनेशन तथा प्रविधि व्यवस्थापन प्रकाश पौडेल प्रकाशन समितिका संयोजक रहनु भएको छ भने अन्य सदस्यमा प्रदीप थापा मणी वाङ्देल र सहदेव पौड्याल रहनु भएको छ । त्यसैगरी सल्लाहकारका रुपमा अमेरिका लगायत विभिन्न मुलुकमा रहेर नेपाली भाषा र साहित्य तथा समुदायमा सकि्रय रहेका व्यक्तिहरु डा। शिव गौतम डा। श्याम कार्की डा। तारा निरौला डा। विजय शर्मा डा। मधु माधुर्य रोहिणी शर्मा दुवसु क्षेत्री खगेन्द्र जीसी सीता पाण्डे गोविन्दिसंह राउत ज्ञानेन्द्र गदाल विनोद रोक्का वसन्त श्रेष्ठ गोविन्द गिरी प्रेरणालाई सम्मेलन आयोजक समितिले सल्लाहकारका रुपमा चयन गरेको छ । उहाँहरुबाट विशेष उल्लेखनीय सहयोग सम्मेलका सहभागी हामीले पाउनुपर्छ र पाउछौं भन्ने हाम्रो विश्वास छ । नामको लागि नाम राख्ने परम्परा आर्ष परम्परा हैन । त्यो हामीले तोड्नुपर्छ र सम्मेलन पछिको मूल्याङ्कनमा सबैले खरो उत्रनुपर्छ ।

काम गर्दा हाम्रा गल्तीहरु हुनसक्छन् त्यस्ता गल्तीहरु भए हामी र हाम्रा आयोजक समितिका पदाधिकारीलाई तपाई आर्षपरम्पराका प्रतिनिधि भएर क्षमादान दिदै यहाँ सहयोगको हात अगाडि बढाउनुभो भने हामीलाई तपाईहरुले ऋणी बनाउनुहुनेछ यो सबैको सन्दर्भ भएकोले हामीले हामीलाई नै ऋणी बनाउनेछौं । यस्तो गुन लाएको ऋण आर्ष परम्परामा अनमोल धन मानिन्छ । आयोजक कमिटीका सदस्य सल्लाहकार र सुभेक्छुक सबैको कर्तव्य हो कि आफूले पहिले डोनेशन गरेर रजिष्ट्रेशन गरेर अरुलाई नमुना बनिदिनू । साहित्यकार लक्ष्मीका वरद पुत्र हैनन् तैपनि उनीहरु मन खुला गरेर अगाडि आउन् । अरुहरुले सोचुन् साहित्यकार सरस्वतीका वरदपुत्र हुन् तर लक्ष्मीको लागि अभिशाप भएका यिनीहरुसंग हाम्रो भाषा हाम्रो साहित्यको संरक्षण र संवद्र्धन गर्न पर्याप्त पैसा छैन समान उद्देश्यको लागि हामी लक्ष्मीका वरदपुत्रहरुले मदत गरौं यो सम्मेलन सफल बनाउष साथै नेपाली भाषा र साहित्यलाई अन्तर्राष्टिय मन्चमा सशक्त रुपमा उभाऊँ भनेर अगाडि बढून् । साहित्यकार र धनकुबेरहरुको मिलोमतोको यो गोरेटोले हामीलाई लक्ष्यको चोटीमा पुराउनेछ । हाम्रो पहिचान दिगो हुनेछ । फाट्नुको साटो हामी डोरी बाट्नुमा तल्लीन हुनेछौं । हाम्रा मनका पीडा हाम्रो डायास्पोरिक साहित्यमा उत्रनेछ । हाम्रो हृदय विरेचन हुनेछ । हामी मन र शरिरले स्वस्थ हुनेछौं । सुख शान्ति र संवृद्धि हाम्रो पक्षमा हुनेछ । यी सपनाको सिरान तलामा उभिएर एक पटक फेरि म यो कन्भेशन कमिटीलाई डोनेशन बक्समा डोनेशन राखेर वा रजिस्ट्रेशन गरी सहयोग गरेर कन्भेशन सफल बनाउन सहयोग गर्न विनम्र अनुरोध गर्दछु र ऐलेसम्म सहयोग गरिरहेकाहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । यद्यपि यो संसारभर फैलिएको ५६ च्याप्टर भएको व्यापक छाता संगठन हो तापनि साहित्यको संस्था भएकोले पैसामा हामी पक्कै कमजोर छौं तर भोका नाङ्गा पनि छैनौं । त्यसैले हामीले पनि सकेको राखौं अनि धनीमनीलाई पनि सहयोग मागौं वा धनीमनीहरुले पनि सहयोग गनु्रहोस् भन्ने अनुरोध गर्दै मेरो सन्देश यही टुङ्याउँछु ।

होमनाथ सुवेदी, अध्यक्ष – बोर्ड अफ ट्रस्टीज, अनेसास
1727 Horner Road, Woodbridge, VA 22191, 7034911014

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक