20090803

माकुने सरकारले कर्मचारी यन्त्रमा हल्ली खल्ली बनायो

सरकारले हालै बढुवा भएका २४ सचिवको विभिन्न मन्त्रालयमा पदस्थापना र ११ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले ठूलो संख्यामा सचिवको सरुवा गर्नुका साथै २४ जनाको पदस्थापना गरेको हो। पदस्थापना भएका २४ जनामध्ये राम्रा मन्त्रालय पाउने भाग्यमानी सचिवमा युवराज भुषाल, नगेन्द्र घिमिरे, नवीन घिमिरे, पुण्य न्यौपाने, दीप बस्न्यात, प्रतापकुमार पाठक, कृष्णहरि बाँस्कोटा, सुशील घिमिरे र रामस्वरुप सिन्हा छन्।
उनीहरुले क्रमशः वन तथा भूसंरक्षण, रक्षा, शान्ति तथा पुनर्निर्माण, पर्यटन तथा नागरिक उड्डयन, भौतिक योजना तथा निर्माण (खानेपानी तथा भवन), उद्योग अर्थ (राजस्व), सूचना तथा सञ्चार र शिक्षा मन्त्रालय (आधारभूत शिक्षा) छन्।
पाठक, बाँस्कोटा, सुशील घिमिरे र सिन्हा कामु र निमित्त सचिव हुँदासमेत तिनै मन्त्रालयमा थिए भने भुषाल, घिमिरेद्वय र बस्न्यातले आकर्षक मन्त्रालय पाएका हुन्। कामु सचिव हुँदा राम्रा मन्त्रालय पाएका तर जिम्मेवारी कम भएका आयोग र कार्यालयमा पुग्नेमा यज्ञप्रसाद गौतम र गणेशराज जोशी छन्। रक्षा र स्थानीय विकास मन्त्रालयमा कामु र निमित्त सचिव भइसकेका जोशी र गौतमलाई क्रमशः भूमिसुधार आयोग र निर्वाचन आयोगमा पदस्थापना गरिएको छ।
कामु र निमित्त भएकै ठाउँमा पदस्थापना भएकामा रुद्रकुमार श्रेष्ठ र नाथुप्रसाद चौधरी छन्। कामु सचिवमध्ये चौध जना सचिव भएकामा ९ जनाको भिन्नै मन्त्रालय या कार्यालयमा पदस्थापना भएका छन्। श्रेष्ठको क्षेत्रीय प्रशासन कार्यालय र चौधरीलाई उपराष्ट्रपति कार्यालयमै पदस्थापना गरिएको छ कामु क्षेत्रीय प्रशासक भएर पुनः क्षेत्रीय प्रशासक नै हुने श्रेष्ठ एक्ला हुन्। कामु क्षेत्रीय प्रशासकबाट सचिव भएका दीप बस्न्यातले भौतिक योजना तथा निर्माण (खानेपानी तथा भवन) तथा विनोद ज्ञवाली शिविर व्यवस्थापन कार्यालयमा पदस्थापन भएका छन्। पदस्थापना भएकामा दिनेशहरि अधिकारी प्रशासन पुनर्संरचना आयोग, युवराज भुषाल वन तथा भूसंरक्षण, दीप बस्न्यात भौतिक योजना तथा निर्माणको (खानेपानी तथा भवन), श्रीराम पन्त मुक्त कमैया पुनःस्थापना समिति, केशवप्रसाद भट्टराई लोकसेवा आयोग, प्रतापकुमार पाठक उद्योग मन्त्रालय छन्।
त्यसैगरी मदनकुमार भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय, निराजन बराललाई काठमाडौं महानगरपालिका, सुशील घिमिरेलाई सूचना तथा सञ्चार, नवीनकुमार घिमिरेलाई रक्षा, कृष्ण ज्ञवाली स्थानीय विकास (नगरपालिका व्यवस्थापन), रुद्रकुमार श्रेष्ठलाई क्षेत्रीय प्रशासन कार्यालय पोखरा, किशोर थापालाई जल तथा शक्ति आयोगमा पदस्थापना गरिएको छ।
पदस्थापना भएकामा कृष्णहरि बाँस्कोटा अर्थमन्त्रालय (राजस्व) मोदराज डोटेल संस्कृति, संघीय मामिला, विनोद ज्ञवाली शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय, ध्रुवप्रसाद शर्मा प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् सचिवालय, यज्ञप्रसाद गौतम निर्वाचन आयोग नाथुप्रसाद चौधरी, उपराष्ट्रपतिको कार्यालय रामस्वरुप सिन्हाशिक्षा मन्त्रालय, आधारभूत शिक्षा गणेशराज जोशी, भूमिसुधार आयोग नगेन्द्र घिमिरे, पर्यटन तथा नागरिक उड्डयन सुधा शर्मा र प्रवीण मिश्र स्वास्थ्य तथा जनसंख्या र कामु सचिव धनराज रताला क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत छन्। मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय र आयोगका ११ सचिवको सरुवा गरेको छ। सरुवा भएकामा बाबुराम आचार्य, वामनप्रसाद पाण्डे, श्याम मैनाली, उदयराज शर्मा, प्रमोद कार्की, बज्रकिशोरप्रसाद साह, त्रिलोचन उप्रेती, सुशील जबरा, रामचन्द्रमान सिंह, रामहरि अर्याल र शंकरप्रसाद पाण्डे छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका तीन सचिवमध्ये वामनप्रसाद न्यौपानेलाई राष्ट्रपतिको कार्यालय, आचार्यलाई श्रम तथा यातायात मन्त्रालय, कार्कीलाई संस्कृति, संघीय मामिला संविधानसभा तथा संसदीय व्यवस्था मैनालीलाई, स्थानीय विकास शर्मालाई, वातावरण साहलाई, कृषि उप्रेतीलाई प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् सचिवालय, राष्ट्रपति कार्यालयका सचिव रामहरि अर्याललाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रीसँग कुरा नमिलेका कारण आफैं मागरे सरुवा भएकामा उदयराज शर्मा र युवराज पाण्डे छन्। राष्ट्रपति कार्यालयका सचिव रामहरि अर्यालसमेत मागेर सरुवा भएका हुन्।
सरकारले चारवटा अस्थायी प्रकृतिका कार्यालयमा सचिव नराख्ने भनी प्रशासनतर्फका २२ सचिवको मात्र बढुवा गरे पनि अहिले ती कार्यालयमा पुनः सचिव राखेको छ। त्यसरी पुनः सचिव राखिएका कार्यालयमा प्रशासनिक पुनस्रंरचना आयोग शिविर व्यवस्थापनको कार्यालय मुक्त कमैया पुनःस्थापना समिति र भूमिसुधार आयोग छन्।

अस्थायी प्रकृति कार्यालयमा सचिव राखिएकाले तीनवटा क्षेत्रीय प्रशासन कार्यालय नेपाल ट्रष्टको कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयमा गरी पाँच सचिव पद अझै खाली रहेका छन्। मैनालीले मन्त्रिपरिषद्बाट आफूमाथि अन्याय भएको र हतोत्साहित पारिएको दाबी गर्दै सोमबार पदबाट राजिनामा दिएका छन् । उनले सोमबार दिउँसो मुख्यसचिव माधव घिमिरेलाई राजिनामा पत्र बुझाएका हुन् । राजिनामामा उनले सरकारबाट आफ्नो भावनामाथि खेलबाड गरेर चोट पुर् याइएको वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाइएकोसमेत उल्लेख गरेका छन्। आफ्नाबारेमा के निर्णय भएको हो भन्ने कुरा ११ दिनसम्म गुमराहमा राखेर सरकारले आफूलाई अपमान गरेको उल्लेख गर्दै राजिनामा उनले आफूले ३२ वर्षसम्म गरेको योगदानको पुरस्कार यही त हो भन्ने प्रश्नसमेत गरेका छन्। यसैबीच मन्त्रिपरिषद्ले योजना आयोगका सचिव जनकराज जोशीले दिएको राजिनामा स्वीकृत गरेको छ। उनले आफू सबभन्दा वरिष्ठ हुँदाहुँदै कनिष्ठ माधव घिमिरेलाई मुख्यसचिव बनाइएकामा सरकारप्रति रोष प्रकट गर्दै गत साउन १० गते राजिनामा दिएका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक