20090803

भारत, अमेरिका र बेलायतका लागि राजदूत नियुक्त

सरकारले भारत, अमेरिका र बेलायतका लागि क्रमशः रुक्मसमशेर राणा र शंकर शर्मालाई राजदूत नियुक्त गर्ने निर्णय गरेको छ। राजदूत नियुक्त गर्दा परराष्ट्र सेवाका कर्मचारीलाई न्यूनतम ५० प्रतिशत स्थान दिने सहमती पार्टीगत भागबण्डाका कारण यसपटक पनि लागु भएन। राष्ट्रिय सभाका पूर्वसदस्य राणा नेपाल ओलम्पिक कमिटिमा १० वर्षसम्म अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का दुई कार्यकाल सदस्य सचिव हुन् । अर्थशास्त्री शर्मा भने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । उनी लामो समय अर्थ मन्त्रालयमा वरिष्ठ सल्लाहकार थिए। कांग्रेस कोटामा राजदूत सिफारिस गरिएका उनीहरुको नाम परराष्ट्रमन्त्री सुजाता कोइरालाले बैठकमा निणायार्थ प्रस्तुत गरेकी थिइन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले कांग्रेस कोटामा गएका ती देशका राजदूतलाई करिब सात महिना अघि फिर्ता बोलाएपछि नयाँ नियुक्ती हुन सकेको थिएन।


कोमल ओलीले मर्द नभेटे पछी

यो तीजमा यसरी गीत गाउदै छन

लौन हो कोही मर्द त निस्क !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक