20090922

प्रचन्ड, गिरिजा र माकुने का हातबाट टिका लगाउदा अशुभ हुन्छ रे यो पटक !!! राष्ट्रपतिबाट टीका थाप्नु चाहिँ शुभ रे !


ज्योतिषी अंगीरस न्यौपानेका अनुसार यसपटकको विजया दशमी धार्मिक दृष्टिले जति शुभ छ, राजनीतिक रूपमा त्यति नै अशुभ देखिएको छ। राजनीति गर्नेबाहेक अरुका लागि टीकाको साइत राम्रै छ। असोज १२ गते सोमबार बिहान ११ बजेर एक मिनेट जाँदा टीका शुभारम्भ गर्नु सबैभन्दा उत्तम छ।

त्यसभन्दा अगाडि ८ बजेसम्म काल बेला परेका कारण टीका नलगाउनु राम्रो ८ बजेभन्दा अगाडि टीका लगाउँदा पनि राम्रै हुन्छ। ५५ घडी २५ पलासम्म विजया दशमी तिथि रहेका कारण दिनभरि राम्रो छ। शुभयोग र कौटिल्यकरणलाई ज्यादै राम्रो मानिन्छ। यसपटकको विजया दशमीमा यी दुवै जुरेका छन्। उत्तरा भद्र नक्षत्र छ। यो नक्षत्र पनि ज्यादै राम्रो हो। सोमबार आफैं राम्रो बार हो। यसपटक प्रधानमन्त्री माधवकुमार नेपालको पनि टीका राम्रो छैन। भदौ २० देखि साँढेसाती दशा सुरु भएका कारण प्रधानमन्त्री नेपालको हातबाट टीका थाप्नु शुभ छैन। गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल दुवैको अढैया शनि सुरु भएको छ। यी दुवैको मिथुन राशि सिंह लग्न हो। अढैया शनिको दशा हुनेहरूबाट टीका ग्रहण गर्नु पनि शुभ मानिन्न। अढैया शनिको दशा भनेको साँढेसाती दशाको भाइ हो।

राष्ट्रपतिबाट टीका थाप्नु चाहिँ शुभ छ। विजया दशमीलगत्तै राजनीतिक दलबीच कलह बढेर जाने, एकअर्काको धतुरो झार्न नेताहरू प्रतिस्पर्धामा उत्रने भएकाले सबैको प्रतिष्ठा माटामा मिल्नेछ। सरकार ढाल्ने र नयाँ सरकार बनाउने खेल पनि दसैंपछि नै सुरु हुनेछ। मंसिर या माघ महिना सरकार परिवर्तनसँगै राजनीतिक दुर्घटनाको योग छ। बोलीमा संयमता अपनाए भने राष्ट्रपतिले मुलुकको स्थिति सम्हाल्न सक्ने सम्भावना पनि त्यत्तिकै प्रबल देखिन्छ।
(न्यौपाने वरिष्ठ ज्योतिषी हुन्)



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक