20090922

माधवकुमार नेपाललाई अमेरिकामा रहेका माओवादीले विद्यार्थीका नाममा कालो झन्डा देखाउदै नाराबाजी गर्ने तयारी






"हामी माकुने को सातो पुत्लो काड्छौं" : माओवादी

न्युयोर्क / लेखनाथ भण्डारीले हामीलाई ईमेल मा पठाउनुभएको समाचार अनुसार संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालबाट आइपुगेका प्रधानमन्त्री माधवकुमार नेपाललाई न्युयोर्कबासी नेपाली विद्यार्थीहरुको एक समुहले कालोझण्डा देखाउने तयारी गरिहेका छन् । न्युयोर्कमा आएका नेपाली प्रधानमन्त्रीले कालोझण्डा र उनीमाथि नारावाजी गरिएको भने यो पहिलो अवसर नै हुनेछ । चुनावको भोटलाई बेइजत नगर, संविधान लेख्ने काम पुरा गर, विधिको शासन लागू गर, भारतीय हस्तक्षेप अन्त्य गर जस्ता विभिन्न नाराहरु सहितका व्यानर र सकेसम्म कालो टि-सर्ट र कालो झण्डा बोकेर यही सेप्टेम्बर २६ तारिख शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म युएन प्लाजा अगाडि ड्याग हृमर्सकोल्ड प्लाजाको सडक नम्बर ४७ पूर्वको १ र २ बीचमा प्रदर्शनीका लागि भेला हुन समेत न्युयोर्कस्थित नेपाली विद्यार्थीहरुको समुहले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । दुइ दुइ ठाउँबाट हारेका प्रधानमन्त्री त्यसैगरी निर्वाचनमै पराजित भएकी परराष्ट्रमन्त्रीको संयुक्त राष्ट्रसंघको आगमनको विरोध गर्दै न्युयोर्कमा रहेका विद्यार्थीहरुले विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको हुन् । उनीहरुको भनाइ छ, जनताको चाहना राजनीतिक पार्टीहरु मिलेर र विद्रोही समुहहरुसँग तत्काल वार्ता गरेर, समावेसी संविधान बनाउनुहो । हामीलाई विधिको शासन चाहिन्छ । कानुन राष्ट्रपति र प्रधानमन्त्रीदेखि लिएर आम जनता सबैलाई बराबर हुनुपर्छ । मानवअधिकारको रक्षा गर । वेपत्ता नागरिकको खोजी गर । दोहोरो भिडन्तका नाममा निर्दोष मधेशी र जनजातिको हत्या गर्न बन्द गर । लोकतन्त्रमा जनताले नचुनेको मान्छेले देशको नेतृत्व खोस्न पाइँदैन । अधिनायकवादी नबन । पूजारीदेखि प्रधानसेनापति, प्रधानमन्त्रीदेखि हाम्रो विदेश नीति भारतीय हस्तक्षेप हामीलाई अमान्य छ । नेपाल स्वतन्त्र राष्ट्र हो । भारतको उपनिवेश नरहेको कुरा उल्लेख गर्दै विरोध कार्यक्रममा सहभागी हुन न्युयोर्कबासी आम नेपालीलाई आहृवान गरिएको छ ।

आयोजकमध्येकै फोर्डह्याम युनिभर्सीटी न्युयोर्कमा अध्ययनरत र नेपालमा संविधान सभाको समयमा नेपालस्थित अन्मिनमा समेत काम गरिसकेका विद्यार्थी ज्ञानु शर्मा भन्छन्, "म आफू नेपालमा सम्पन्न संविधान सभाको निर्वाचनको समयमा निर्वाचन बुथबुथमा गएर हेरेको छु कसरी मतदान भयो आज त्यही मतदानबाट हारेका व्यक्तिलाई नेपालका संचारमाध्यमहरुले समेत स-सम्मानका साथ राष्ट्रसंघको महासभामा भाग लिन पठाएका समाचारहरु दिएर नेपालको नै बेइजत गरेका छन् यसका कारणले पनि हामी जे जति यहाँ विद्यार्थीहरु छौं स्वस्फूर्त रुपमा विरोध कार्यक्रमको आयोजना गरेका हौं ।" लोकतन्त्रमा विधिको शासन चाहिन्छ भन्ने मान्यता हामी आम नेपालीको चाहना हो यसैले यो विरोध कार्यक्रम राखिएको हो शर्माले शर्माले बताए ।

यसैगरी यस समुहमा न्युयोर्कस्थित कोलम्विया युनिभर्सिटीमा अध्ययनरत एरिसा सुवाल, एनवाइ युनिभर्सिटीका विद्यार्थी फुदोर्जी सेर्पा र हार्डभर्ड युनिभर्सिटीका विद्यार्थी प्रभास पोखरेल लगायतका विद्यार्थीहरु सक्रिय रहेको जानकारी समेत ज्ञानु शर्माले दिए । आफूहरुलाई किन कुनै संघसंस्थाहरुसँग मिलेर यो विरोध कार्यक्रम नराखिएको भन्ने कुरा अहिले आएर राखिएको छ तर यसअघि न्युयोर्कमा रहेका कुनै पनि संघसंस्थाहरुले विरोध कार्यक्रम नराखेका कारण हामी आफैंले जति सकिन्छ यो कार्यक्रम गरौं भनेर लागेका हौं यस्तो निर्वाचनबाट बहिस्कृत प्रधानमन्त्रीको टोलीलाई हामीले बेइजत नगर्ने हो भने हाम्रो नेपालमा कहिल्यै पनि विधिको शासन नहुने भएकाले पनि बाध्य भएर यो कार्यक्रम राखेको बताए । शर्मा भन्छन्, यस कार्यक्रममा भाग लिन आम न्युयोर्कबासी नेपाललाई माया गर्ने आम दाजुभाइ दिदीबहिनीहरुको सहभागीता रहोस् भन्दै यस्तो सरकारलाई कुनै ज्ञापन पत्र दिनको औचित्य समेत नहुने उनले बताए ।

यो समाचार प्रती ध्यानाकर्षण गराउदा एक एमालेका केन्द्रिय स्तर का नेताले भने "आतंककारी माओवादीका चम्चा हरु अमेरिकामा पनि केही रहेछन तिनिहरुको लगत हामीले होइन अमेरिकि प्रशासनले भित्री रुपमा सँकलन गरेको पाइयो, तिनिहरुले जेसुकै गरुन हामीलाई मत्लब छैन, तिनिहरुकै नाइके प्रचन्ड ले रोएर सांसद बनाएको हो माधव नेपाल लाई, पछी छेरुवा प्रचन्ड ले आँफै राजिनामादिएपछि वहाँ प्रधानमन्त्री हुनुभएको हो, माओवादीका यि चम्चा हरुले कालो झन्डा देखाउनु कुनै आनौठो कुरा होइन" तर एक माओवादी समर्थकले भने "हामी माकुने को सातो पुत्लो काड्छौं"
नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी आफूले गर्न खोजेको 'कू' असफल भएपछि ढुंगामुढाको राजनीतिमा उत्रेको आरोप लगाएका छन्। 'आफ्नो कू असफल भएर तिल्मिलाएको माओवादी अहिले देशभरि नै ढुंगामुढा गर्न लागी परेको छ '

1 comment:

  1. Bidesh ma basera sabhyatako path siknu chahi ramro hola He student bhaiho. Kukurle khutta tokyo bhandaima kukurko khutta natoka.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक