20090917

एकै छिन यि नारा सुनौं, गतिबिधी हेरौं, प्रधानमन्त्री को त यस्तो हालत छ, जनताको सुरक्षा को के हालत होला ? कठै मेरो नेपाल, कस्तो थियो, कस्तो भयो !

नागरिक सर्वोच्चताको लागि भन्दै एकीकृत नेकपा माओवादीका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध गरेको प्रदर्शन

कती अप्ठेरो है हाम्रा नेता प्रचन्डलाई

नेपाल सरकारलाई कठपुतली भन्दै भारतविरुद्ध जतिसुकै चर्का कुरा गरे पनि आखिर माओवादी अध्यक्ष प्रचण्डको भारतभक्ति बुझी नसक्नुको रहेछ। बिहीबार र शुक्रबार दुई दिनसम्म लगालग प्रचण्डले गरेको रहस्यमय भेटघाट र वार्तालापबारे थाहा पाउने हो भने माओवादी पार्टीकै कार्यकर्तालाई पनि लाग्न सक्छ, यो कस्तोखालको राष्ट्रियता हो? बिहीबार साँझ ६ बजे अमरेशकुमार सिंहलाई भेट्न पार्टीका अन्य कुनै पनि नेतालाई नलिई एक्लै पूर्वप्रधानमन्त्री प्रचण्ड उनको डेरामै पुग्दा ढोकामा ताला झुन्डिइरहेको दृश्य निकै रोचक थियो।

खुलामञ्चमा भाषण गर्नुभन्दा अघिल्लो दिन अर्थात् बिहीबार अध्यक्ष प्रचण्डले नेपालको राजनीतिमा कुनै पनि पदीय हैसियतमा नभएका अमरेशकुमार सिंहलाई टेलिफोन गरी आफू उनलाई भेट्न आउन लागेको जानकारी दिए। सल्लाहअनुसार अध्यक्ष प्रचण्ड साँझ ६ बजे सिंहको डेरामा पुग्दा ढोकामा ताला लागिरहेको थियो। ढोकाबाहिरै टहलिएको केहीबेरमा अमरेशले हस्याङ–फस्याङ गर्दै आएर प्रचण्डलाई भित्र लगे। त्यसपछि उनीहरूबीच लामो अन्तरंग भयो। सोमबार बिहानै भारतीय पाहुना एसडी मुनीसित भेट गर्दा अमरेशसित पनि प्रचण्डको बातचित भइसकेकै थियो, फेरि किन उनले अमरेशलाई डेरामै धाएर भेट्नुपरेको होला? यसको जवाफ स्वयं माओवादीका नेताहरूलाई पनि छैन।
भक्तपुरका सहायक प्रजिअ कृष्ण सापकोटा कार्यालयबाट फर्केर काठमाडौंको शंखमूलस्थित आफ्नो निवासमा आउँदा छेउमा रहेको बन्धु श्रीधर सापकोटाको घरअगाडि प्रचण्ड अल्मलिइरहेका थिए। अमरेशको डेरा श्रीधरकै घरअगाडि रहेको छ। प्रधानमन्त्री भइसकेको मान्छे, त्यसमा पनि विदेशी प्रभुसित नझुक्ने बताउँदै आएका प्रचण्ड अमरेशका दैलामा के आग्रह बोकेर गए होलान्? सरकार ढाल्नुको विकल्प नरहेको बताइरहेका वेला उनकोे त्यस्तो के बाध्यता पर्योश? यो प्रश्न निकै रोचक छ।

पूर्वप्रम प्रचण्ड र अमरेशबीचको संवाद बिहीबार साँझ पनि सकिएन। शुक्रबार खुलामञ्चमा क्रान्तिकारी राष्ट्रवादी भाषण सक्नेबित्तिकै प्रचण्ड साँझ पाँच बजे नयाँबजारस्थित आफ्नो निवासमा के पुगेका थिए, फेरि त्यहाँ उनै अमरेश र डा. बाबुराम भट्टराईका पिएचडी गुरु एसडी मुनी देखा परे। प्रचण्डले उनीहरूसित कालोचिया खुवाएर डेढ घन्टासम्म विविध विषयमा कुराकानी गरे। दलहरूबीच विश्वासको वातावरण कसरी बनाउने भन्नेबारे पनि उनीहरूबीच छलफल भएको बताइन्छ। बाहिर निर्णायक आन्दोलनमा उत्रने धम्की दिइरहेका प्रचण्डले उक्त भेटघाटमा सहमतिको वातावरण बनाइदिन आग्रह गरेको बुझिएको छ।
त्यसो त प्रधानमन्त्रीबाट हटिसकेपछि पनि प्रचण्डले भारत भ्रमणको इच्छा जाहेर गरेका रहेछन्। प्रधानमन्त्री माधव नेपालको भ्रमणपूर्व यस्तो भ्रमण सम्भव नहोला भनेर भारतले रोकिदिएको रहेछ भन्ने कुरा एसडी मुनी र केभी राजन नेपाल आएपछि खुलेको छ।
भारतसित मात्रै होइन, माओवादी अध्यक्ष प्रचण्ड आफँैले कठपुतली भनेको सरकारका प्रधानमन्त्रीसित पनि निकै नरम देखिन थालेका छन्। शुक्रबार खुलामञ्चमा बढीजसो समय एमालेलाई गाली गर्न खर्चिए पनि प्रधानमन्त्री माधव नेपालसितको भेटमा भने उनले 'राष्ट्रपति प्रकरणबारे सदनमा छलफल गर्न दिनोस्, मन लागेसम्म सरकार चलाउनोस्' भन्ने आश्वासन दिएको सूत्रको दाबी छ। तर, प्रम माधव नेपालले 'म राष्ट्रपतिलाई धोका दिन्नँ' भनेर जवाफ फर्काएपछि मात्रै प्रचण्ड रिसाएको स्रोतले बतायो।
पछिल्लो समयमा सरकार र माओवादीबीचको दूरी झनै बढ्दै गएको छ। मन्त्रिपरिषद् सदस्यलाई बहिष्कार गर्ने माओवादी नीतिका कारण विभिन्न कार्यक्रममा भाग लिन जाने प्रधानमन्त्री र मन्त्रीसमेत आक्रमणको सिकार हुन थालेका छन्। यसरी एकातर्फ स्वदेशी मन्त्रीलाई बहिष्कार गर्ने र विदेशीलाई भेटघाट गर्ने क्रम माओवादीले बढाएको छ।

Grand Cultural Rally in DC,


Dear Community members,

We are proud to announce that for the first time in DC metro area, 100th Anniversary of Mahakavi Laxmi Prasad Devkota Celebration Committee is organizing Cultural rally. We request Nepali community living in DC, Maryland and Virginia to participate in rally with ethnic cultural dress and custume.Let us show in the Capital city of America how rich is our culture. Rally will begin at 10.00 Am from Nepali Embassy and proceed towads Dupont circle and come back to Embassy where brief Inaguration program will be performed as the 1st day of weeklong Mahakavi Devkota 100th Anniversary Celebration followed by FREE launch.


Venue:2131 Leroy Place, NW, Washington, DC 20008
Date:3rd October 2009
Time:10.00 Am onwards

For More Information, contact:
Govinda Giri Prerana 703-587-0795
Hemanta Shrestha 202-577-3897
Basanta Shrestha 703-889-0631
Lekhnath Bhandari 703-638-9686
Basu Shrestha 703-338-7828
Bidur Gurung 571-218-8697
Vishnu Shital 703-309-6776
Tika Pun 703-342-8885
Prakash Nepal 703-864-4141
Manju Niraula 240-743-9671
Kabindra Sitaula571-259-3984
Sudipbhadra Khanal703-568-5429
Ankush Nepal 703-309-0202
Sita Pandey 646-702-4494
Prem Raja Mahat 410-916-4237
Pearl Regmi 443-474-6465
Ram Prasad Khanal703-419-0924
Prem Sangraula 202-320-6115

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक