20090917

मुलुक फेरि द्वन्द्वको भूमरीमा पर्ने आशंका



सत्ताधारी प्रमुख राजनीतिक दलहरू र प्रमुख प्रतिपक्षी दल एनेकपा माओवादीबीच खडा भएको हिउँको पहाड चुलिँदै गएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र एनेकपा माओवादीबीच न्यूनतम समझदारी कायम नहुँदासम्म संसद पनि चल्न सक्दैन, शान्ति प्रक्रिया पनि टुङ्गोमा पुग्दैन र संविधान पनि बन्न सक्दैन भन्ने तत्वज्ञान सवैलाई भए पनि टाउके नेताहरू नै एक अर्को दलबीच लक्षेदार प्रहार गरेर दूरी बढाउने र द्वन्द्व चर्काउने धुनमा लागेका छन् । सत्ता वहिर्गमनपछि एमाले र कांग्रेस विरुद्ध आक्रोशित शैलीमा उत्रिएको एनेकपा माओवादी अब आक्रामक शैलीमा उत्रिएको छ । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई र्सार्वजनिक बहिष्कार गर्ने घोषित कार्यक्रम नारावाजी र कालो झण्डा पर््रदर्शन मात्र होइन ढुङ्गामुढा प्रहारमा समेत रुपान्तरित भएको छ ।

कानुनको सीमा तोड्ने जो कोहीलाई पनि कार्वाही गरिने ढ्यांग्रो सरकारले पिटिरहे पनि प्रधानमन्त्री-मन्त्रीकै सुरक्षा दिन नसक्ने अवस्था सिर्जित भएको केही दिन यताका घटनाक्रमले नै देखाएका छन् । माओवादीका नेताहरूलाई जेल हाल्नेदेखि लिएर श्रीलंकामा लिट्टेको जे हालत भयो त्यही हालतमा पुर्‍याइदिने जस्ता माओवादीलाई उत्तेजित पार्ने कुराहरू एकातिर उरालिएका छन् भने अर्कातिर माओवादीलाई सरकारमा ल्याउन जस्तोसुकै बलिदान गर्न तयार हुने अरण्य रोदन पनि प्रधानमन्त्रीबाट भैरहेको छ । एनेकपा माओवादी सत्ता प्रत्यावर्तनको तीब्र आकांक्षा राखेर सदन र सडक आन्दोलनमा होमिइरहेको बेला एमाले नेतृत्वको वर्तमान सरकारमा माओवादी सामेल हुनसक्ने कुनै सम्भावना देखिंदैन । प्रधानमन्त्री माधवकुमार नेपालले आठौं पटक मन्त्रिमण्डलको विस्तार गरी ४४ सदस्यीय बनाए पनि सरकारको क्रियाशीलता र कार्यक्षमता कहीं कसैले अनुभूत गर्न पाएको छैन । माओवादीले मन्त्रीहरूलाई र्सार्वजनिक कार्यक्रमहरूमा भाग लिन नदिन सिर्जना गरेको दबाबले देशका विभिन्न भागमा उत्तेजनात्मक स्थिति समेत पैदा भएको छ ।

एनेकपा माओवादीका नेताहरू यो सरकार 'विदेशी प्रभु'को कठपुतली हो र यो बुख्याचा सरकारले संविधान निर्माण गर्न सक्दैन भन्दै देशव्यापी रुपमा कार्यकर्ता तताउन लागिपरेका छन् । राष्ट्रपतिलाई राजा बनाउने प्रयासमा एमाले-कांग्रेका नेताहरू लागेका र संविधानसभा विघटन गरी सैन्य बलमा राष्ट्रपति शासन वा सैनिक शासन लगाउने षड्यन्त्र भैरहेको भय प्रवाह गरेर तेस्रो जनआन्दोलनका लागि जनता उठाउने हुँकार माओवादीका नेताहरूले गरिराखेका छन् । कांग्रेस र एमालेका नेताहरू माओवादीले आन्दोलनबाट सत्ता कब्जा गर्न खोजेको र वैधानिक बाटोबाट होइन अधिनायकवादी शैलीबाट राज्यसत्ता हत्याउन खोजेको आशंका प्रवाह गरिरहेका छन् । माओवादीसंग दूरी मेटाउन र प्रमुख दलहरूबीच खडा भएको हिउँको पहाड पगाल्न सत्ताधारी दलका नेताहरू झन्झन् विफल हुँदैगएका छन् । प्रमुख दलहरूबीच बढ्दै गएको दूरीले मुलुकलाई कस्तो दर्ुघटनाको नियतिमा पुर्‍याउने हो भन्ने आम जनमानसमा चिन्ता र भय जागृत छ । प्रमुख दलहरू शान्ति वहाली र संविधान निर्माणको अग्रगामी बाटोमा होइन द्वन्द्व विस्तार गर्दै गृहयुद्धको दिशातिर मुलुकलाई धकेल्ने पश्चगामी बाटो पछ्याउन उन्मुख देखिएका छन् । नेताहरूमा दूरदृष्टि, सहकार्यको भावना र राष्ट्रिय सहमति सिर्जनाप्रतिको सजगताभन्दा क्षणिक स्वार्थपर्ूर्ति, उत्तेजना र आक्रोश पर््रदर्शन र जवाफदेहिताहीन अपसंस्कृतिको विकासप्रतिको संलग्नता उत्कर्षुखी बन्दैगएको छ । राजनीतिक युद्धविरामको स्थिति अन्त्य गर्दै दलका नेताहरू वाकयुद्धमा ओर्लिसकेका छन् । नेताहरूमा सद्बुद्धी फिर्ला र देश र जनताको दर्ुदान्त अवस्थाप्रति सम्वेदनशील भएर उनीहरू सहमति र सहकार्यको बाटो पछ्याउन उद्यत होलान् भन्ने झिनो आशा पनि र्सवसाधारण जनताले राख्न छोडेका छन् ।

राजनीतिक सूत्रहरू भन्दछन्- एनेकपा माओवादीले जुन जुन मुद्दा उठाएर संसद् अवरोध गर्दैआएको थियो त्यो मुद्दा सहमतिमा किनारा लगाउन प्रमुख दलहरू विफल भएकाले गतिरोधको स्थिति जहाँको तहीं छ । सत्ता नेतृत्वमा रहेको नेकपा एमालेभित्र माओवादीलाई हर्ेर्ने र राजनीतिक निकास निकाल्नेबारे भिन्नभिन्न मतहरू सतहमा उत्रिरहेका छन् भने पार्टर्ीीत्रै गुटगत चलखेल उत्कर्षा रहेकाले माओवादीलाई सहमतिको एउटा विन्दुमा ल्याएर संसदको अवरोध हटाउने कसरत एमालेबाट हुन सकेको छैन । सत्ताको नेतृत्वमा रहेर पनि सहमतिको राजनीतिक वातावरण सिर्जना गर्न एमाले नेताहरूले खासै चासो देखाएका छैनन् भने प्रधानमन्त्री स्वयंले पनि त्यस्तो कुनै क्षमता देखाउन सक्नुभएको छैन । पार्टर्ीीत्रै गुटगत चलखेल उत्कर्षा पुगेको बेला माओवादीविरुद्ध मात्र लक्षेदार शब्दवाण प्रहार गरेर पार्टर्ीी गुटगत चलखेल रोकिने र एकता कायम हुने स्थिति छैन । एमालेको संस्थापत पक्ष माओवादीसंग सहकार्यको वातावरण सिर्जना गर्न नसके संविधान नै नबन्ने र यथासमयमा संविधान नबने देश दर्ुघटनामा पर्ने र गृहयुद्ध नै मच्चिने आशंकामा रहेको छ । अर्कातिर एमालेको अर्को पक्ष संस्थापत पक्षलाई पार्टर्ीी कमजोर पार्ने र आफ्नो काबुमा राख्ने कसरतमा मात्र लागेको नभै माओवादीलाई जति सकिन्छ पर धकेलेर किनारामा पुर्‍याई ठेगान लगाउने प्रयासमा लागेको छ । सत्ताधारी एमालेभित्रको खचपचले पनि मुख्य मुख्य मुद्दाहरूलाई ओझेलमा पार्ने काम गरिरहेको छ । एमालेकै एकथरि नेताहरू संस्थापन पक्ष माओवादीको निकट रहेर राजनीतिक निकासको बाटो अवरुद्ध पार्न उपयोग भैरहेको अर्थ लगाइरहेछ भने संस्थापन पक्षका नेताहरू माओवादीसंग अधिकतम दूरी बढाएर मुलुकलाई भड्खालोमा पार्ने कसरत एमालेभित्रैबाट भएको ठहरमा पुगेका छन् ।

राजनीतिक सूत्रहरू भन्दछन्- महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसमा पनि भावी दिशा निर्धारण र नेतृत्वको विषयलाई लिएर चर्कै मतभेद उभ्रिएको छ । पार्टर्ीीर्ीष्ा नेता गिरिजाप्रसाद कोइरालाको चाहना र धारणालाई प्रतिवाद गरेर पार्टर्ीी कसैले चलखेल गर्न नसक्ने पर्ूवस्थितिमा क्रमशः परिवर्तित आइरहेको छ । कांग्रेसभित्र प्रभावी रहेको अधिनायकवाद र परिवारवादबाट पार्टर्ीीई मुक्त गर्ने र समाजवादी लोकतन्त्रको धारमा लगेर पार्टर्ीीई पुनर्जीवन दिने आकांक्षा राख्नेहरू पारिवारिक वृत्त तोड्न कति सफल रहने हुन त्यो पनि उत्तिकै चासोको विषय छ । तर अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्न र पुनः माओवादीसंग सहकार्यको स्थिति सिर्जना गर्न कांग्रेसभित्रबाट पनि कुनै पहल भएको छैन । माओवादी र एमालेबीच बढ्दै गएको कटुतालाई भजाएर कांग्रेसभित्र परिवारवादको जरो गाड्ने आकांक्षा तृप्त गर्ने सोचले पनि राजनीतिलाई सङ्लिन नदिने देखिएको छ । सत्ताधारी दलहरूभित्रको गुटगत चलखेल र संकर्ीण्ा स्वार्थका लहरले राजनीतिक निकासको खोजीलाई नै ओझेलमा पारेका छन् । राष्ट्रिय चासोका मुद्दाहरू यी दुवै प्रमुख दलहरूभित्र गौण बनिरहेका छन् । एनेकपा माओवादीको त्रासमात्र देखाएर जनर्समर्थन प्राप्त हुने कुनै सम्भावना नरहेको तथ्यलाई यी दुवै दलका नेताहरूले आत्मसात गर्न सकेको देखिएको छैन ।

प्रमुख राजनीतिक दलहरूबीच विश्वासको संकट यति गहिरिंदै गएको छ कि राष्ट्रलाई महासंकटको अवस्थाबाट माथि उठाउन एकले अर्कोलाई सघाउने झिनो सम्भावना पनि देखिएको छैन । निरन्तरको अवरोधका कारण संसद्ले बजेट पारित गर्नसक्ने अवस्था पनि छैन । माओवादीले आफू सत्तामा नआए संविधान नै बन्न नसक्ने र शान्ति प्रक्रिया नै अवरुद्ध हुने भन्दै आफ्नो राजनीतिक आकांक्षा पूरा गर्न आन्दोलनको आँधीबेहेरी नै उठाउने हुँकार गरिरहेको छ । संसद्वादी दलहरूलाई विदेशी प्रभुहरूसामु झुकेका अपराधीहरू हुन् भन्न समेत माओवादी नेताहरू पछिपरेका छैनन् । प्रमुख राजनीतिक दलहरूबीच चलेको जुहारी र प्रहार प्रत्रि्रहारको गतिले तीब्रता लिंदैगएको र न्यूनतम सहमतिको विन्दु पहिल्याउन पनि नेताहरू विफल हुँदैआएकाले अवाञ्छित रुपमा वैदेशिक चलखेल बढ्ने र मुलुक फेरि द्वन्द्वको भूमरीमा पर्ने आशंका जताततै मडारिन थालेको छ । यसलाई राजनीतिक विश्लेषकहरूले अनिष्टकारी भविष्यको संकेतका रुपमा लिएका छन् । - युगसम्वाद


गैर आवासीय संघ बेल्जीयमद्वारा शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न

- पुरुशोत्तम सुबेदी

गत २० सेप्टेम्बर बेल्जीयमको लुभेन शहरमा बेल्जीयम गैर आवासीय संघले शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न गरेको गर्‍यो । दसैंको मुखमा आयोजना गरियको सो कार्यक्रम नवनिर्वाचित एन आर एन आइ सि सी बिजयी सदस्य अर्जुन कुमार श्रेष्ठलाई शुभकामना तथा बधाई दिनको लागि गरियको थियो ।

समारोहमा एन आर एन बेल्जीयमका पदाधिकारीहरु , एन डि एफ बेल्जीयमका पदाधिकारीहरु , सांग्रिला समाजका पदाधिकारीहरु पुर्व आइ सि सी सदस्य रबिन्द्रमान श्रेष्ठ,आइ सि सी सदस्य उम्मेदबार प्रेम गुरुङ ,सनातन धर्मसमितिका पदाधिकारीहरु लगाएत अन्य थुप्रै साधारण एन आर एन हरुको उपस्थिती रहेको थियो । शुभकामना तथा बधाई कार्यक्रममा एन आर एन बेल्जीयमका अध्यक्ष पि जी शेर्पा, उपाध्यक्ष लीलाधर पन्त,पुष्पराज अधिकारी शर्मा,एन डि एफ संस्थापक अद्यक्ष किश्न खतिवडा,एन डिएफ बर्तमान अध्यक्ष तुलसीनाथ सुबेदी,सांग्रिला समाजका महासचिव यमु निरौला, एन डि एफ बेल्जीयमका भु पु अध्यक्ष अर्जुन दाहाल,जनसंपर्क समितिका प्रत्यासी उम्मेदवार प्रेम गुरुङ, रबिन्द्रमान श्रेष्ठ , पासा पुंचका अध्यक्ष रजनि श्रेष्ठ , एन आर एन युरोप उपसंयोजक जानकी गुरुङ , एन आर एन आइ सि सि निर्वाचन आयोगक प्रमुख ईन्द्र प्रशाद ओली लगायतका सबै बरीस्ठ बक्ताहरुले बिजयी युवा नेता अर्जुन कुमार श्रेष्ठलाई आइ सि सि सदस्यमा बिजयी भएकोमा उहाको कार्यकालको उत्तरोत्तर प्रगतिको लागी शुभकामना तथा बधाई ज्ञापन गरे ।

साथै चुनाव अत्यन्त सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएकोमा एन आर एन बेल्जीयमले निर्वाचन आयोगलाई धन्यवाद दिदै नवनिर्वाचीत आइ सि सी सदस्य अर्जुन कुमार श्रेष्ठ द्वारा चुनाव आयोगका अध्यक्ष ईन्द्रप्रशाद ओली लाई प्रसंसा पत्र बितरण गर्नु भयो । साथै एन आर एन बेल्जीयमका बर्तमान अध्यक्ष पेम्वा गेल्मु शेर्पा द्वारा आइ सि सी बिजयी उम्मेदबार अर्जुन कुमार श्रेष्ठलाई खाता ओढाइ सम्मान गर्नु भएको थियो । साथै यो कार्यक्रम एन आर एन बेल्जीयमका महासचिव नन्द राज घले द्वारा सन्चालन गरिएको थियो । बिजयी उम्मेदबार अर्जुन कुमार श्रेष्ठले १२३७ एन आर एन मतदाता मध्य ३२२ मत प्राप्त गरी बिजयी भए पनि आफु ३२२ अर्थात १२३७ जनाको नभै पांच हजार नेपालीको साझा जनसेवी भएको द्रिढता ब्यक्त गर्नु भयो ।

साथै उहाका दोस्रो प्रत्यासी उम्मेदबार साथी प्रेम गुरुङले आफु उम्मेद्बार भएर हार भएकोमा कुनै नैरास्यता नदेखाइ २१ औं सताब्दीमा आफ्ना प्रती द्वन्दी संग गरिने सिस्टचारको शुभकामना तथा बधाई ज्ञापन गर्दै उनको कायकालमा आफुले यथासक्दो सहयोग सल्लाह दिने बचन दिए भने अर्जुन कुमार श्रेष्ठका निकटतम प्रतीदोन्दी श्रीप्रशाद सापकोटा भने उक्त बधाई कार्यक्रममा उपस्थित भएनन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक