प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति रामवरण यादव र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन । प्रधानमन्त्री नेपालले राष्ट्रपति यादवलाई राष्ट्रपति निवास शितल निवासमा पुगेर भेटेका थिए भने माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नै निजी निवास कोटेश्वरमा भेटेका हुन । राष्ट्रपतिलाई भेटेलगत्तै प्रम नेपाल कोटेश्वर गएका थिए भने प्रचण्ड पनि पेरिस डाँडास्थित माओवादी कार्यालयमा बसिरहेको पदाधिकारीको बैठक सकाएर नेपाल निवास छिरेका थिए । आज अपरान्ह बस्ने शिर्ष नेताहरुको बैठक पूर्व भएको यो भेटबाट सहमतिका लागि वातावरण बन्दै गएको प्रम निकट स्रोतले बतायो । प्रधानमन्त्री माधबकुमार नेपालले आज राष्ट्रपति
डा.रामबरण यादवसंग भेट गरेर मुलुकको पछिल्लो राजनीतिका बारेमा छलफल गरेका थिए । राष्ट्रपतिको निवास महाराजगञ्जमा आज बिहान भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै सदनमा अलपत्र परेको बजेटका सम्बन्धमा परार्मश गरेको प्रधानमन्त्रीका सहयोगीहरुले जनाएका छन् । सरकारको बजेट सदनमा रहेको र
बजेट अभावका कारण सरकारलाई समस्या परिरहँदा आज प्रधानमन्त्री नेपालले राष्ट्रपति डा.यादवसंग परार्मश गरेका हुन । त्यसै गरेर आज राष्ट्रपति डा.यादवलाई प्रधानमन्त्री नेपालले मुलुकका बारेमा समग्र बिषयमा जानकारी समेत गराएका थिए । भेटपछि पत्रकारहरुसंग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले भेटमा आफूले आफ्नो पोजिशन क्लियर गरेको भन्दै आजसम्म सहमति निस्कने विश्वास व्यक्त गरे । प्रधानमन्त्री नेपालले पनि राष्ट्रपतिको कदमका बारेमा मध्यमार्ग खोज्ने सहमति भएको बताए । राजनीतिक गतिरोध अन्त्यको प्रयास स्वरुप मुख्य तीन दलका शिर्षस्थ नेताको बैठक आज बस्दैछ। साझा संकल्प प्रस्ताव मस्यौदा तयार पार्न गठित तीन दलीय कार्यदलको बैठक बिहीबारको बैठक विना निष्कर्ष टुङ्गीएपछि बिहीबारै बस्ने भनिएको शिर्षस्थ नेताहरुको बैठक स्थगित भएको थियो।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह ४ पछि बस्ने तीनै दलका शिर्षस्थ नेताहरुको बैठकमा कार्यदलले तयार पारेको मस्यौदामाथि छलफल हुने एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो। बैठकमा माओवादीले अघि सारेको सहमतिको प्याकेज बारे समेत छलफल हुनेछ। त्यसै गरी बिहान ११ बजे कार्यदलको बैठक बस्ने छ। बिहीबारको बैठकमा एकीकृत नेकपा माओवादीले मस्यौदामा राष्ट्रपतिको कदम स्पष्ट उल्लेख गर्नुपर्ने माग गरेको थियो भने कांग्रेस र एमालेले त्यसलाई अस्वीकार गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________



0 comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक