20091121

जब सरकार नै दण्डहीनताको खेतीमा लागेकोछ ...


नेपाल दण्डहीनता र अराजकताको उर्वरभूमि रहेको तथ्य अब गोप्य रहेन। कृषि राज्यमन्त्री करिमा बेगमले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि गरेको अभद्र, असभ्य र जर्जर जंगली व्यवहारले नेपालमा दण्डहीनताको स्थिति र अवस्था कस्तो छ तथा दण्डहीनताको मूल कहाा छ भन्ने अनुत्तरित प्रश्नको उत्तर दिएको छ। सो घटना र प्रवृत्तिले नेपालमा अराजकता र दण्डहीनताका स्रोत र स्रष्टा अरु कोही नभएर सरकार तथा राजनीतिक दल नै रहेको तथ्यलाई उजागर गरेको छ। र, यस्तो अवस्थामा शक्ति
र सामर्थ्यहीन आम नागरिकले शान्ति, दण्डहीनताको अन्त्य र कानुनी राज्यको अपेक्षा गर्न सक्दैनन् भन्ने नयाा पाठ पनि गणतन्त्र नेपालका सरकार सञ्चालकबाट प्राप्त भएको छ। आम नागरिकले नयाा नेपाल यही र यस्तै होला भनेर चित्त बुझाउनुपर्ने हो कि? समय र परिस्थितिले गरेको यो प्रश्न अहिले अनुत्तरित छ।
यद्यपि, हिंसा, हत्या र आतंकले वैधता पाएर त्यस किसिमका प्रवृत्ति र व्यवहारको सर्वोच्चता कायम भएको आजको अवस्थामा करिमा बेगमले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायमको जिम्मेवारी वहन गरेका प्रजिअको गाला चड्काउनु नौलो र अनौठो होइन। किनकि, अहिले जसले व्यक्तिगत वा संगठितरुपमा ज्यादति र अराजकता दर्साउन सक्दछ, त्यस्ता व्यक्ति वा समूह नै पूजित भइरहेको अवस्था छ। हुनसक्छ, राज्यमन्त्री बेगम पनि पूजित एवं सम्मानित हुन यस दौडमा सामेल भएर प्रजिअलाई थप्पड लगाउन पुगेकी हुन्।
कुट्ने मन्त्री र कुटाइ खाने प्रजिअ दुबै जना लोकतान्त्रिक गणतन्त्र नेपालका धरोहर हुन्। कुट्ने मन्त्री त त्यसै पनि नयाा नेपालकी उत्तराधिकारी हुादै हुन्, कुटाइ खाने प्रजिअलगायतका कर्मचारीले पनि लोकतन्त्र वहालीका लागि कम पापड बेलेका छैनन्। राजनीतिक दलहरुसाग कााधमा कााध, गोडामा गोडा र स्वरमा स्वर मिलाउादै ट्रेड युनियनहरुका झन्डा बोक्ने निजामति कर्मचारी आफ्नै अग्रगामी राजनीतिक सहयोद्धाबाट यसरी प्रताडित हुनु आश्चर्य हो। कमसेकम लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण नभएसम्म लोकतन्त्र वहालीको आन्दोलनमा जस्तै दलका नेता र निजामति कर्मचारी तथा प्रहरी नङ र मासु जस्तो भएर अघि बढ्नुपर्ने हो। हिजो सागसागै आन्दोलन गरेर नेपालमा लोकतन्त्र वहाली गर्ने तत्वबीचको यस मनोमालिन्यले लोकतन्त्रका तन्तुलाई कमजोर बनाउने हुादा कुट्ने र कुटाइ खाने दुबै पक्ष समयमै सचेत हुन जरुरी छ।
राजनीतिक दल र तिनको सरकार नै दण्डहीनता र अराजकतालाई ऊर्जा ठानेर आजको अवस्थामा आइपुगेका हुादा दण्डहीनता र अराजकता नयाा नेपालको परिचय र संस्कृति बनेको छ। यसैकारण नेपालको वर्तमान कानुनले प्रजिअलाई कुट्ने दलकी नेतृमाथि कारबाही नगरेको बुझ्न कठिन छैन। राज्यमन्त्री बेगमलाई सरकारले उन्मुक्ति प्रदान गर्नु यसको ज्वलन्त उदाहरण हो। जब सरकार नै दण्डहीनताको खेतीमा लागेको छ भने नागरिकले सरकारको अनुकरण गर्नु कुन आश्चर्य हो र?


0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

Ghar-E-Kabab Indian/Nepali cuisine

Ghar-E-Kabab Indian/Nepali cuisine
Ghar-E-Kabab (Indian/Nepali cuisine and Restaurent) 944 Wayne Ave, Silver Spring MD-20910, Pro. Lok Tiwari,Tel: 301-587-4427___________________________________

Shangri-La Nepali and Indian cuisine

Shangri-La Nepali and Indian cuisine
Shangri-La (Indian/Nepali Cuisine and Restaurent) 7345-A, Wisconsin Ave, Bethesda, MD, 20814, Tel: 301-656-4444