20100104

कुन कुन नेपाली कसरी मारिए अमेरिकामा ?

- विजय पौडेल/न्युयोर्क

"हातको मैला सुनाको थैला, के गर्नु धनले , साग र सिस्नु खाएको बेस, आनन्दी मनले ।"
महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित उपन्यास मुनामदनको यी माथिका हरफहरु आज एक पटक फेरि हरेक नेपालीले विदेसिनुभन्दा अगाडि सोच्नुपर्ने भएको छ । हुन त विदेसिएर विभिन्न देशहरुमा पुगेका नेपालीहरुको विभिन्न प्रकारका समस्याहरु आज बढ्दै गएका छन् । त्यसमा पनि विश्वको समृद्धशाली मुलुक अमेरिका आइपुगेका नेपालीहरुसमेत विभिन्न समयमा विभिन्न ठाउँहरुमा घटेका घटनाहरुबाट अछुत छैनन् या भनौं भने आज अमेरिकामा नेपालीहरु लुटेराहरुको गोलीको सिकार भएर मरेको समाचार बढी मात्रामा सुन्न थालिएको छ ।
यस पटक विश्वसन्देश खोजअर्न्तर्गत अमेरिकामा ज्ञान हासिल गरेर ठूलो मान्छे बन्ने सोच लिएर श्रम गरिरहेका वा आफ्नो देशमा वातावरण अनुकूल नभएर अमेरिकामा मेहनत गरेर भोलिको सुन्दर जीवनको कल्पनामा श्रम गर्दागर्दै निष्ठुरीहरुको अपराधको सिकार बन्न पुगेका केही नेपालीहरुलाई फेरि एक पटक पत्रिकाका पानाहरुमा उतार्न खोजिएको छ ।
सन् २००४ को नोभेम्बर महिनाको १ तारिखका दिन एक नेपाली पत्रकारले टेक्सास राज्यमा बिहानीको झिसमिसेमा लुटेराको गोलीको सिकार भएर संसारबाट बिदा लिनुपर्‍यो । ५७ वषर्ीय केशवलाल श्रेष्ठ नेपालका हेटौंडा निवासी पत्रकार हुन् ।
मकवानपुरको सबैभन्दा पुरानो पत्रिका 'कुराकानी' को प्रकाशक तथा सम्पादकको भूमिका निभाइसकेका पत्रकार विगत ४ वर्षेखि परिवारसहित अमेरिकामा बस्दै आएका थिए । तत्कालीन समयमा नेपाली सञ्चारमाध्यमहरुको अमेरिकामा त्यति विकास नभएको हुँदा एकदर्ुइ वटा स्थानीय सञ्चारमाध्यममा श्रेष्ठको हत्याको समाचार सम्प्रेषण भयो भने पत्रकार महासंघ नेपाल र 'कुराकानी' पत्रिकाले समवेदना जनाउनुबाहेक अन्य केही हुन सकेन । उनी समयसँगसँगै हराए आज हामीले भुलिसक्यौं, उनको अध्याय समाप्त भइसक्यो । उनी भुटनीदेवी हाइस्कुलमा शिक्षकसमेत थिए ।


त्यसपछि सन् २००५ को डिसेम्बर महिनामा शेखर रेग्मीलाई २० वर्षो कलिलो उमेरमा टेक्सास राज्यको बेलपार्क फिना मार्ट भन्ने पसलमा काम गर्दागर्दै मंगलबार २० तारिखको दिन लुटेराहरुले गोली चलाई हत्या गरे । नेपालमा जेहेन्दार विद्यार्थी, निस्टबाट अन्डर ग्रयाजुएट गर्दागर्दै डाक्टर बन्ने सोच बनाएका थिए उनले । तर पछि अकस्मात यिनलाई इन्जिनियर बन्ने सोचले अमेरिका हुत्यायो । 'हुनी हुनामी र्टर्दैन' भन्ने पुरानो भनाइ स्वर्गीय रेग्मीमा लागू भयो अनि सदाका लागि इन्जिनियर बन्ने सपना, सपनामा नै रहृयो र संसारबाट बिदा लिए ।

त्यसपछि नेपालको राजनीतिक पृष्ठभूमिमा एउटा स्थान बनाइसकेका पर्ूवसांसद प्रकाश कोइराला......
पछिल्लो समय सन् २००६ को नेाभेम्बर महिनामा काम गर्दागर्दै पसलमा लुट्न आएका लुटेराहरुको सिकार भए । उनलाई टेक्सस राज्यको एउटा पसलमा उनको हत्या गरिसकेपछि लुटेराले उनको शरीरलाई अनुहार नचिन्ने गरी जलाइदिएका थिए । उनी नेपालको सिन्धुली जिल्लाबाट सांसद थिए र जीवनको पछिल्लो समय अमेरिकामा बसेर काम गर्दै थिए ।

सन् २००७ को अगस्ट महिनामा नेपाली विद्यार्थी हिमांक कार्की टेडस्को ग्यास स्टेसन बाल्टिमोरमा काम गर्दागर्दै रातिको दर्ुइ बजे लुट्न आएका लुटेराहरुले चलाएको गोलीबाट मृत्यु भएको थियो । विराटनगर स्थायी घर भएका कार्की मात्र १८ वर्षा थिए । उनी अन्डर ग्राजुएटका विद्यार्थीका थिए ।

त्यसपछि सन् २००८ को अगस्ट महिनामा राति कोठामा सुतिरहेको अवस्थामा जर्जियाको मारेटाममा गुल्मी जिल्लाको तम्घास घर भएका विनोदकुमार श्रेष्ठको अज्ञात समूहको गोलीबाट मृत्यु भएको थियो ।

हिउस्टन कम्युनिटी कलेजमा पढ्दै गरेका अशोक भट्टर्राईलाई सन् २००८ को सेप्टेम्बर महिनाको अन्त्यमा फर्स्ट स्टप फुड स्टोर टेक्ससमा रातिको काम गर्दागर्दै लुट्न आएको लुटेराले गोली हानेर हत्या गरे । २१ वषर्ीय अशोक भट्टर्राईले नेपालमा परासीबाट हाइस्कुल पास गरेपछि डाक्टर बन्ने सोच बनाएर निस्ट कलेजमा बाइलोजी लिएर अध्ययन गर्दागर्दै अमेरिका आएर अध्ययन गर्ने लोभ यिनमा पनि जागेको थियो र मृत्यु हुनुभन्दा डेढ वर्षपहिला मात्र अमेरिका आएका थिए ।

त्यसपछि टेक्ससमा नै अशोक भट्टर्राईको हत्या भएको केही महिनापपछि सन् २००९ को जनवरी महिनाको ६ तारिखका दिन टीएल फुड स्टोरमा काम गर्दागर्दै लुट्न आएका तीन जना लुटेराहरुको समूहले सोलुखुम्बु जिल्ला घर भएका जसबहादुर र्राईको हत्या गरे । र्राईलाई लुटेराहरुले बिहानको समयमा पसलमा आई करिब १० ठाउँमा छुरा प्रहार गरेका थिए । उमेरले करिब ४५ वर्षा र्राईका दर्ुइ वटा बच्चा र श्रीमती छन् ।

त्यसको ६ महिनापछि झापाको शरणार्थी शिविरबाट अमेरिका आएको पाँच महिना मात्र भएको थियो हरि अधिकारीको । तर निष्ठुरी हत्यारालाई के थाहा उनको ६५ वषर्ीया बूढो बाउ पनि छन् भनेर । हरि अधिकारीलाई दिउँसो १ बजे लुट्ने उद्देश्यले हत्या गरिएको कुरा लुटिएको उनको पैसा राख्ने पर्स र मोबाइल लुटेको देखेर बुझिन्थ्यो । अधिकारीलाई पनि लुटेराले गोली प्रहार गरेर हत्या गरेका थए तर काम गर्ने पसलमा होइन उनी बस्ने अपार्टमेन्ट सँगैको पार्किङमा हो ।

अधिकारीको हत्या भएको दर्ुइ महिना बित्दा नबित्दै साउथ क्यारोलिनामा ४० वषर्ीया रविन्द्र शर्माको हत्या भयो । शर्माको सिट्को नामको आफ्नै खुद्रा पसल थियो । सन् २००९ को सेप्टेम्बर महिनाको ३० तारिखका दिन राति १०ः३० बजे आफ्नै पसलमा काम गर्दागर्दै लुट्न आएका लुटेराले गोली हानी शर्माको हत्या गरेका थिए ।
र्
पर्वत जिल्ला घर भएका शर्मा सन् १९९८ देखि अमेरिकामा बस्दै आएका थिए अनि उनको हत्या सेप्टेम्बरमा भएको थियो भने नोभेम्बर वा डिसेम्बर महिनामा परिवार आउनेवाला थिए नेपालबाट अमेरिका । स्व. शर्माको नेपालमा श्रीमती र एक छोरी छन् ।

हालसम्मको अन्तिम हत्याको घटनाका रुपमा बोस्टनमा भएको सुरेन्द्र डंगोलको हत्यालाई लिन सकिन्छ । बोस्टनस्थित टेडस्वी फुड स्टोरमा काम गर्दागर्दै दिउँसो ४ बजे पसल लुट्न आएका लुटेराहरुले छातीमा गोली हानी हत्या गरे ।
र्
भर्खर मात्र नेपाल गएर दशैंतिहार मनाइवरी १२ अक्टोबरमा अमेरिका आएर काम शुरु गरेका थिए । चार वर्षगाडि परेको अमेरिका आउने चिट्ठाले आइपुगेका डंगोलको एक श्रीमती र एक छोरी छन् । उनीहरु पनि अब चाँडै अमेरिका आउने तर्खरमा थिए । मृतक डंगोल ४० वर्षा थिए भने उनी साँखुका स्थायी बासिन्दा हुन् र बालाजुमा बस्दै आएका थिए । हत्या नै हुने गरी भएका घटनाबाहेक अमेरिकामा बेलाबेलामा लुटेराको आक्रमणमा परेर नेपालीहरु घाइते मात्र भएका घटना पनि व्यापक मात्रामा सुनिने गरेका छन् ।

सुन्दर भविष्य निर्माणका लागि रोजाइको गन्तव्य बन्ने गरेको अमेरिकामा पछिल्लो समय नेपालीहरुको चाप पनि बढ्दो छ र त्यही चापसँगै विभिन्न प्रकृतिका घटनाहरुमा नेपाली मानिसहरुको संलग्नता पनि वृद्धि हुन थालेको छ भने अमेरिकी समुदायमाझ त्यति सम्पन्न बन्न नसकेको नेपाली समुदायका अधिकांश मानिसहरुको कामको क्षेत्र भनेको विभिन्न प्रकारका खुद्रा पसलहरु, जहाँ चौबीसै घन्टा नगद कारोबार भइरहने ठाउँ भएको हुँदा लुटेराहरुको आँखा सधैं यस्ता पसलहरुमा परिरहन्छ र व्यापारीहरुले पनि नेपाली समुदायका मानिसहरुको इतिहासदेखिको इमानदारितालाई मध्यनजर राखेर सहजै पैसाको ढुकुटी सुम्पेर काममा लगाउने गर्दछन् । यस्ता पसलहरुका अधिकांश व्यापारीहरु भारतीय, पाकिस्तानी र बंगाली हुने गर्दछन्, जसले नेपालीलाई अत्यधिक विश्वास गर्ने गर्दछन् । अनि यस्ता लुटका घटनामा नेपालीहरु बढी पीडित बन्नुको पछाडि अर्को कारण पनि देखिन्छ । नेपाली समुदायका मानिसहरु जुन ठाउँमा काम गर्दछन् त्यस ठाउँबाट कुनै व्यक्तिले सानो सामान लिएर भाग्यो भने अमेरिकी सडकमा दगुरेर भए पनि समातेर सामान फिर्ता ल्याउने गरेको पनि पाइएको छ । जसले गर्दा ती व्यक्तिले सधैं मौका हेरिरहेका हुन्छन् । बदलाको भावनाले र अर्को पक्ष लुटेरा लुट्न आएपछि पनि आफ्नो जिम्मेवारी निर्वाहका लागि सहजै ढुकुटी लुटेरालाई जिम्मा लगाउन नसक्ने स्वभावका कारण पनि नेपालीहरु पीडित बन्न पुगेको विभिन्न समयका घटनाले पुष्टि गर्दछ ।

यसरी बाक्लिदै गएको नेपालीको लुटेराद्वारा गरिने हत्याको विषयमा वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासमा सर्म्पर्क गर्दा पर्ूव कार्यवाहक राजदूतले तत्कालै आजसम्म अकालमा मारिएका नेपालीको अभिलेख उपलब्ध गराउन सकेनन् र अर्को शाखामा सर्म्पर्क गर्न अनुरोध गरे तर अफसोस सम्बन्धित शाखामा नै सर्म्पर्क गर्दा कर्मचारी अक्कमक्क परे र जबाफ आयो हामीलाई समय दिनुस् । हामी जति सक्दो चाँडो संकलन गरेर उपलब्ध गराउने छौं । सरकारको जिम्मेवार निकाय, जसको दायित्व अमेरिकामा रहेका नेपालीहरुलाई सहयोग गर्ने र आपतविपतको साथी बन्ने हो तिनै व्यक्तिहरुसँग आजसम्म लुटपाटमा परेर मृत्यु भएका नेपालीको दुरुस्त अभिलेखसम्म छैन भने अमेरिकामा अबउप्रान्त नेपालीले नेपाली राजदूतावाससँग के अपेक्षा गर्ने हो - जसको परिणाम राजदूतावासको र त्यहाँ कार्यरत कर्मचारीहरुको काम, कर्तव्य र अधिकारको पुष्टि अपरिहार्य देखिन्छ ।

वासिङ्टनस्थित नेपाली राजदूतावासबाट प्रस्ट जबाफ नपाएपछि सायद न्युयोर्कस्थित नेपाली मिसनको कार्यालय संवेदनशील छ कि भनेर सोही प्रश्न राख्दा उत्तर पाइयो- 'यो काम त हाम्रो होइन, यो काम त डीसीस्थित नेपाली राजदूतावास हो, हाम्रो क्षेत्राधिकार भनेको न्युयोर्क मात्र हो ।'

यस विषयमा वेर्स्र्टन मिचिग्यान युनिभर्सिटीका एसोसिएट्स प्रोफेसर डा. महेन्द्र लावती भन्नुहुन्छ- यस्ता घटनाहरु जोसँग नेपालीहरुको संलग्नता छ, त्यसको दुरुस्त अभिलेख नेपाली राजदूतावासमा हुनर्ुपर्छ । अन्यथा औचित्य छैन राजदूतावासको । यदि राजदूतावासमा स्रोतसाधनको कमी भएर काम गर्न नसकिएको हो भने अर्कै कुरा हो । यदि स्रोत भएर पनि काम नगरेको भए राजदूतावासको हेलचेक्र्याइँ हो ।

नेपाली राजदूतावासले अभिलेख उपलब्ध गराउन नसकेकोबारे भर्खरै अवैतनिक राजदूत नियुक्ति भएका प्रेमराजा महत पनि यसको दुरुस्त अभिलेख राजदूतावासमा हुनुपर्नेमा सहमत छन् । त्यसै गरी यही विषयमा डा. तारा निरौलाको पनि एउटै भनाइ छ- नेपालीहरुको सहयोग र संरक्षणप्रति नेपाली राजदूतावासको उत्तरदायित्व नै हो । यस्ता घटनामा प्रत्यक्ष रुपमा अभिभावकत्व निर्वाह गर्नै पर्छ । त्यो उनीहरुको नै काम हो, यस्ता घटनाको अभिलेख राजदूतावासलगायत न्युयोर्कस्थित नेपाली मिसनको कार्यालयमा पनि हुनर्ुपर्छ अन्यथा औचित्य छैन ।

यसरी अमेरिका आएर विभिन्न घटनालगायत कालगतिले मृत्यु हुने एक्ला व्यक्तिहरुको परिवार नेपालमा रहने हुँदा अधिकांश व्यक्तिहरुको हकवाला अमेरिकामा नभएको अवस्थामा उनीहरुको जीवन बिमा र बैंक खातामा रहेको रकमसमेत सम्बन्धित व्यक्तिका परिवारले पाउन नसकेको कतिपय अवस्थामा अमेरिकी राजदूतावास मूकदर्शक हुने गरेको जनगुनासो व्यापक सुनिने गरेको छ ।

दष्वबथबउयगमभउियगमभ२जियtmबष्।अिom

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक