20100109

प्रचन्डले घुमाउरो भाषामा भने भने "राजा बिरेन्द्र र मदन भण्डारीको हत्या भारतले गरेको हो "

प्रचन्डलाई भारतबाट ज्यानको खतरा भयो रे !

माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतका अगाडि नझुकेकाले पूर्व राजा बीरेन्द्र र एमालेका तत्कालीन महासचिब मदन भण्डारी मारिएको दाबी गरेका छन् । माओवादी राष्ट्रियता र नागरिक सर्बोच्चताको प्रमुख माग अघि सारेको बेला उनले बिगतका दुई हत्या को प्रसंग कोट्याएका हुन् । 'बीरेन्द्र र मदन भण्डारी नझुकेकाले मारिए' उनले राजधानीमा शनिबार आयोजित अन्तक्रिर्या कार्यक्रममा भने- 'अब बीरेन्द्रको बंशनास गरेजस्तै नेता मारेर यो लडाई रोकिनेवाला छैन, माओवादी अर्कै धातुको पार्टी भइसक्यो । अब पुरानै तरिकाले मदन भण्डारीको हत्या जस्तै गरेर ठीक हुन्छ भन्ने ठान्याछौ भने ........

त्यो भ्रम हो ।' पूर्ब राजा बीरेन्द्र मारिनुभन्दा एक महिना अघि उनीसंग भेट्ने योजना भएको उल्लेख गर्दै दाहालले उनी देशभक्त राजाको रुपमा आफूले बुझेको बताए । उनले राष्ट्रियतको आन्दोलनका लागि सेना, प्रहरीलगायत सबैले साथ दिनुपर्ने बताए ।

 एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई सुरक्षा खतरा (सेक्युरिटी थ्रेट) आएको दाबी गरे


एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई सुरक्षा खतरा (सेक्युरिटी थ्रेट) आएको दाबी गरेका छन्। राष्ट्रिय स्वाधीनताको मुद्दा उठाउँदा यसअघि राजा वीरेन्द्र र मदन भण्डारीको हत्या गरिएको प्रसंग उप्काउँदै माओवादीले पनि राष्ट्रिय स्वाधीनताको नारा ल्याएपछि आफूलाई यस्तो खतरा आएको उनले दाबी गरेका हुन्।
'वीरेन्द्रको वंश नाश गरेजसरी राष्ट्रिय स्वाधीनताको लडाईं रोकिदैंन,' माओवादी राज्य समितिद्वारा शनिबार राजधानीमा आयोजित राष्टिय स्वाधीनता र नागरिक सर्वोच्चता विषक अन्तर्क्रिया कार्यक्रममा उनले भने, 'वीरेन्द्र र मदन भण्डारीको हत्याले जस्तै (यो लडाईं) रोकिने सोचेका छन् भने यो भ्रम हो।' उनका अनुसार वीरेन्द्र र भण्डारी राष्ट्रवादी भएकै कारणले हत्या भएको हो। आफूले पनि राष्ट्रिय स्वाधीनताको लडाईं शंखघोष गरेकाले त्यस्तै चुनौती आएको उनले दाबी गरे। माओवादी उच्च स्रोतको दाबी छ, 'सेक्युरिटी थ्रेटको भरपर्दो सूचना प्राप्त भएको छ। तर डिटेल अहिले नखोलौं।'
भण्डारीको हत्यापछि तत्कालीन कार्यवाहक महासचिव माधव नेपालसँको भेटमा आफूले राष्ट्रियताको पक्षमा अडिग रहेकैले उनी मारिएको बताएको दाहालले उल्लेख गरे।
भण्डारीलाई 'स्पष्ट वक्ता'का रूपमा चित्रण गर्दै उनले भने, 'उनले विस्तारवादी, साम्राज्यवादीले बोलाउँदा पनि 'फुर्सद छैन' भनेर भेटेनन्। उनी मारिए।'
भण्डारी मारिएको केही समयपछि भेट्दा नेपालले 'अमेरिका र भारतले भेटौं भन्दा ठाडठाडै फुर्सद छैन भन्नेको ताल यस्तै हुन्छ' भनेको दाहालले दाबी गरे। भेटमा आफूसहित बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पनि साथमा रहेको उनले बताए।
वीरेन्द्रले स्वेच्छाले गद्दी त्यागेको भए गणतन्त्र नेपालको पहिलो राष्ट्रपति मान्न तयार रहेको बताउँदै उनले भने, 'गद्दी त्यागेको भए उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन तयार थियौं। ठीक त्यही पृष्ठभूमिमा उनको हत्या भयो।'
उनले नेपालको राष्ट्रिय स्वाधीनतामा भारतले हस्तक्षेप गरेको भन्दै चर्को आलोचना गरे। उनले भारत स्वतन्त्र भए पनि अंग्रेजको मानसिकता नत्यागेको आरोप लगाए। त्यहींबाट समस्या खडा भएको उनको दाबी थियो।
'रोबोट चलाउने, नेपाली र नेपालीलाई भिडाउने, लडाउने, सोचेका भए त्यो जमाना गयो,' उनले भारतलाई इंगित गर्दै भने, 'तीन करोड नेपाली जनता फौजीकृत हुन तयार हुनेछन्।'




कुमार बस्नेत, प्रेमराजा महत र म, हामी तीन जना सँगै बसेर...
लोक सम्राट कुमार बस्नेत दाई, अमेरिकामा रहेका मेरा अर्का अभिन्न मित्र लोक गायक एबम महा-बाणिज्यदुत प्रेमराजा महत र म हामी तीन जना आज सँगै बसेर देस र संस्कृतिको बिषयमा मन्थन गरियो, मन्थनको केही भाग मात्र भिडियोमा तल हेर्नुस् ...

Kumar Basnet, Ram Prasad Khanal and Prem Raja Mahat talking about Their Field, in USA, Part -1 from Ram Prasad Khanal on Vimeo.





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक