20100110

कता जांदैछ हो नयाँ गणतान्त्रिक नेपाल !!!

यो नेवाः राज्य हो,यहाँ संघीयताविरोधी कार्यक्रम गर्ने कसैलाई छाडिने छैन : यमी, संघीयताको विरोध गर्न नदिने माओवादीको कदम फासिस्ट: चित्रबहादुर केसी,  उच्चस्तरीय राजनीतिक संयन्त्र सरकार ढाल्ने षड्यन्त्र : श्रेष्ठ , 'गौर हत्याकाण्ड' दोहोर्‍याउने राज्यमन्त्री साहको चेतावनी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयतामा गए मुलुक टुक्रने ठोकुवा गर्दै उहाँले संविधान निर्माण नहुँदै, राज्य पुनर्संरचना आयोग नबन्दै संघीयताको विरोध गर्न नदिने माओवादीको कदम फासिस्ट भएको आरोप लगाउनुभएको छ।उहाँले राजधानीजस्तो ठाउँमा दिनदहाडै शान्तिपूर्ण विरोध गरिरहेकालाई आक्रमण गरेर माओवादीले कम्युनिस्टकै बदनाम गरेको आरोप लगाउनुभएको छ। अध्यक्ष केसीले ३, ३ दिनसम्म राजधानी बन्द र १३ दिनदेखि ताप्लेजुङ बन्द गरिरहेको माओवादीले बन्दका क्रममा.........
आफ्ना दर्जनौं कार्यकर्तालाई खुँडा र खुकुरी लिएका मरणासन्न हुने गरी आक्रमण गर्दा पनि प्रहरी रमिते बनेको उनले आरोप लगाउनुभयो। रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जयकुमार साहले माओवादी अराजकता, हिंसा र अनैतिकता जारी राखे मधेसी जनताले 'गौर हत्याकाण्ड' दोहोर्‍याउने चेतावनी दिनुभएको छ। उहाँले माओवादीसँग १२ बुँदे समझदारी गर्नु नै राष्ट्रिय भूल हो भन्दै माओवादी युद्ध वा द्वन्द्वको भाषा बोलिरहे मधेसी जनताले सहन नसक्ने चेतावनी दिनुभएको छ। माओवादी पोलिटब्युरो सदस्य हिसिला यमीले संघीयता विरोधी राष्ट्रिय जनमोर्चालाई अफगानिस्तानमा अलकायदा जस्तै प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको छ। उहाँले यो नेवाः राज्य हो। यहाँ संघीयताविरोधी कार्यक्रम गर्ने कसैलाई छाडिने छैन। शान्ति र संविधानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु राम्रो भएको उहाँको धारणा थियो। नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले उच्चस्तरीय राजनीतिक संयन्त्र सरकार ढाल्ने षड्यन्त्र भएको आरोप लगाउँदै संयन्त्र कुनै हालतमा पनि सफल नहुने दाबी गर्नुभएको छ।
उहाँले पार्टीभित्र कमजोर रहेका तीनै जना नेताले बलियो हुने षड्यन्त्रको तानाबाना बुनेको मात्र हो भन्दै पार्टीमा छलफल नगरी संयन्त्रमा बसेका एमाले अध्यक्ष झलनाथ खनाललाई आगामी केन्द्रीय समितिको बैठकमा स्पष्टीकरण लिने बताउनुभएको छ। कार्यक्रममा श्रेष्ठले संघीयताको विरोधमा उत्रेकामाथि आक्रमण गर्ने वाइसिएलको चरित्र फासिस्ट भएको टिप्पणी गर्नुभएको छ।


'मान्छेलाई भगवान मान्दा काङ्ग्रेसको यो दुर्गति भएको हो, गिरिजाबाबुले माओवादीलाई धेरै छुट दिएकाले नै नेपाली काङ्ग्रेस जनतामा अलोकप्रिय र मुलुकमा यो अवस्था सिर्जना भएको हो।'  : खुमबहादुर खड्का

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काले माओवादीद्वारा काङ्ग्रेस कार्यकर्तामाथि बढ्दै गएको ज्यादतीको प्रतिकार गर्ने विषयमा काङ्ग्रेसले समय छँदै नचेते राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै प्रजा परिषद्मा सीमित हुने बताउनुभएको छ।  नेपाली काङ्ग्रेस जिल्ला समिति, बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै खड्काले भन्नुभयो– 'मान्छेलाई भगवान मान्दा काङ्ग्रेसको यो दुर्गति भएको हो, गिरिजाबाबुले माओवादीलाई धेरै छुट दिएकाले नै नेपाली काङ्ग्रेस जनतामा अलोकप्रिय र मुलुकमा यो अवस्था सिर्जना भएको हो।'
'माओवादीसँग अब मुकाबिला गर्न तरुण दस्ताको विकल्प छैन'– खड्काले भन्नुभयो– 'तरुण दस्ता तयार पार्न नसके आगामी दिनमा हुने संसदीय चुनावमा माओवादीले दुई तिहाइ बहुमत ल्याउने र काङ्ग्रेसको अस्तित्व समाप्त हुनेछ।'
उहाँले सङ्घीयताका बारेमा संविधानसभामा छलफल भइरहेको बेला माओवादीले जातीयताको आधारमा सङ्घीय राज्य घोषणा गरेर बाह्रबुँदे सहमतिको उल्लङ्घन गर्दा पनि पार्टीका सभापति गिरिजाप्रसाद कोइराला मौन रहेको बताउनुभयो।
पृथ्वीनारायण शाहले एकीकरण गरेको बाइसेचौबिसे राज्यलाई सङ्घीयताको नाममा टुक्रा–टुक्रा पार्दा यसले गृहयुद्व निम्त्याउने खतरा औँल्याउँदै खड्काले सङ्घीयताको पक्षमा आफू नभए पनि पार्टीको केन्द्रीय समितिले सङ्घीयतामा जाने निर्णय गरेको हुँदा आफूले यसको विरोध नगर्ने बताउनुभयो।
बागलुङमा माओवादीले काङ्ग्रेसको झण्डा जलाउँदा पनि पार्टी मौन बस्ने प्रवृत्तिले माओवादीलाई हौसला मिलेको छ उल्लेख गर्दै खड्काले कार्यकर्तालाई भन्नुभयो–'पार्टीको झण्डा जलाउने जो–कसैका पनि हात अब काट्नुपर्छ।'  सत्ताधारी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका खड्काले माधव नेपाल नेतृत्व सरकार निरीह रहेको बताउँदै काङ्ग्रेस सरकारमा बस्नुको कुनै औचित्य छैन, काङ्ग्रेस सरकारमा बस्ने वा नबस्नेबारे पार्टीले सोच्नुपर्छ भन्नुभयो। ऊर्जामन्त्री डा. प्रकाशशरण महत बागलुङ आउँदा माओवादी कार्यकर्ताले गाडी तोडफोड गरेको घटना मन्त्रिपरिषद्मा उठेपछि काङ्ग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्का बागलुङ आउँदा व्यापकरुपमा सुरक्षा परिचालन गरिएको थियो।  सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय, बागलुङले ७० प्रहरी कार्यक्रम स्थल र चोकचोकमा खटाएको थियो भने सशस्त्र प्रहरी र हतियारसहितका सादा पोसाकका सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिएका थिए।  पूर्वगृहमन्त्री खड्का पोखराबाट सुरक्षा दस्तासहित बागलुङ आउनुभएको थियो।

नेपाल गणराज्य मुलुक बन्न असम्भव : प्रदीप नेपाल

नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रदीप नेपालले नेपाल गणराज्य मुलुक बन्न असम्भव भएको दाबी गर्नुभएको छ। एमालेको क्षेन नं. १ को क्षेत्रीय अधिवेशन उद्घाटन गर्नेक्रममा उहाँले नेपालमा गणतन्त्र सम्भव छ, तर गणराज्य भने हुन नसक्ने किटान गर्नुभयो। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको देशलाई सङ्घीयतामा लाने नलाने विषयमा जनमतसङ्ग्रह गर्नुपर्छ भन्ने भनाइ विवादमा परेको बेला नेता नेपालको यस्तो विचार आएको छ। नेपालले एकीकृत नेकपा माओवादीले घोषणा गर्दै हिँडेको गणराज्यले नेपाली समाजभित्रको सामाजिक संरचना र आपसी एकतालाई भत्काउने काम भएकोसमेत आरोप लगाउनुभयो। नेपालले जहाँजहाँ माओवादीले जातीय हिसाबले गणराज्यको घोषणा गर्दै हिँडेको छ, त्यहीँ त्यहाँका आदिवासी जनजातिले अर्को छुट्टै गणराज्य घोषणा गर्नु नेपाल गणराज्य हुनै नसक्ने दर्‍हो प्रमाण भएको पनि स्पष्ट पार्नुभयो। उहाँले 'माओवादी नेतृत्वको सरकारमा पनि निर्वाचनमा हारेका र निर्वाचित नभएका व्यक्ति मन्त्रीमा थिए त्यतिखेरचाहिँ उसको सरकार कठपुतली भएन, अहिलेचाहिँ कसरी कठपुतली भयो?' भन्ने प्रश्न गर्दै नेता नेपालले राजनीतिमा पनि नैतिक जिम्मेवार बन्न माओवादीलाई आग्रहसमेत गर्नुभयो। अधिवेशनले क्षेत्रीय सभापतिमा इन्द्र राईलाई निर्वाचित गरेको छ भने उपसभापतिमा तीर्थ मास्के, सचिवमा इन्द्रदीप पोखरेल र उपसचिवमा नरेश इवारमलाई चयन गरेको छ। क्षेत्रीय समितिमा रहने २९ जना सदस्यको पनि अधिवेशनले निर्विरोध चयन गरेको छ।




कुमार बस्नेत, प्रेमराजा महत र म, हामी तीन जना सँगै बसेर...
लोक सम्राट कुमार बस्नेत दाई, अमेरिकामा रहेका मेरा अर्का अभिन्न मित्र लोक गायक एबम महा-बाणिज्यदुत प्रेमराजा महत र म हामी तीन जना आज सँगै बसेर देस र संस्कृतिको बिषयमा मन्थन गरियो, मन्थनको केही भाग मात्र भिडियोमा तल हेर्नुस् ...

Kumar Basnet, Ram Prasad Khanal and Prem Raja Mahat talking about Their Field, in USA, Part -1 from Ram Prasad Khanal on Vimeo.





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक