20100121

यसरी भाग बिलो लगाइदैछ हाम्रो नेपाललाई !

कस्तो बिडम्बना !!! माओवादी ले जे जे भन्छन, काङ्रेस् एमाले र अन्य हाम्रा महान लोकतान्त्रिक दलहरु माओवादीकै सती जादैछन र भन्दैछन "हुन्छ यसरी नै बिभाजन गरौँ देशलाई", चौध प्रदेशमा चौध मुख्य मन्त्री, चौध प्रदेशमै अलग अलग मन्त्री मन्डल, सबैलाई भाग बिलो पुग्ने भए पछी तै चुप मै चुप छन दलहरु, तर घरमा आगो लगाएर आगो ताप्न खोज्ने हाम्रा महान नेताहरुलाई के थाहा सबै खरानी भए पछी यिनिहरु कहाँ को केन्द्रिय सरकार, कहाको प्रदेशका प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री हुने हुन ?? हेरौ यसरी बिभाजन गर्ने सहमति भएछ देशलाई !!!!

प्रदेश र त्यसको राजधानी :

खप्तड प्रदेश ( राजधानी दीपायल–सिलगढी),

लुम्बिनी–अवध–थारूवान प्रदेश ( राजधानीः घोराही),

जडान प्रदेश (राजधानीः सिमीकोट),

कर्णाली प्रदेश (राजधानीः वीरेन्द्रनगर),

मगरात प्रदेश (राजधानीः तानसेन),

तमुवान प्रदेश (राजधानीः पोखरा),

नारायणी प्रदेश (राजधानीः भरतपुर),

ताम्सालिङ प्रदेश (राजधानीः चौतारा),

नेवाः प्रदेश (राजधानीः काठमाडौँ),

मिथिला–भोजपुरा–कोचिला प्रदेश (राजधानीः जनकपुर),

सुनकोसी प्रदेश (राजधानीः कमलामाई),

किराँत प्रदेश (राजधानीः त्रियुगा),

लिम्बुवान प्रदेश (राजधानीः इलाम)

सेर्पा प्रदेश (राजधानीः सोलु)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक