20100121

राजा बीरेन्द्रसँग सहकार्य थियो रे माओवादीको, प्रचन्ड आफैले भनेको !!!


एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तत्कालिन राजा वीरेन्द्र र एमाले नेता मदन भण्डारीको हत्या भारतीय चाहनामा भएको दाबी गरेका छन्। भारतले भने अनुसार नमान्दा तत्कालीन राजा वीरेन्द्र र भण्डारीको हत्या भएको दाबी गरेका अध्यक्ष दाहालले प्राचीनकालदेखि सुरू भएको नेपालमा देशभक्तहरूको हत्या हुने क्रम अझै नरोकिएको बताए। राष्ट्रिय जागरण तथा भण्डाफोर अभियान अन्तर्गत विहीवार बर्दियाकेा सदरमुकाम गुलरियामा आयोजित आमसभामा माओवादी अध्यक्ष दाहालले वीरेन्द्र र भण्डारीको हत्यामा पटक पटक भारतीय संंलग्नताको आरोप लगाइरहे। 'जसले मदन भण्डारीको हत्या गरे। यत्तिखेर एमाले त्यसैकौ नोकर भएको समेत दाहालले टिप्पणी गरे। 'राजा वीरेन्द्रले भारतबाट मात्र हतियार ल्याउने प्रचलनको अन्त गरी चीनबाट हतियार ल्याउनु तथा भण्डारीले दिल्ली/वासिङ्टनले भेट्न खोज्दा समय छैन भन्नुले भारत चिढिएकेा थियो' उनले भने । राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव राख्दा भारतले समर्थन नगरेकेा घटनाबाट पनि भारत राजा वीरेन्द्रसँग खुशी थिएन भन्ने बुझिन्छ उनले.......
भने।

तत्कालिन राजा वीरेन्द्रले आफुँसग भेटने तयारी गरिरहेकै बेला नारायणहिटी हत्याकाण्ड भएको उल्लेख गर्दै अध्यक्ष दाहालले धीरेन्द्रमार्फत् डेढ महिनापछि वीरेन्द्रसँग भेटने तयारी हुँदै गर्दा भएको दरवारहत्या काण्ड 'दुर्भाग्यपूर्ण' बताए। 'मुलुकमा गणतन्त्रको घोषणा गर्ने र त्यसकेा पहिलो राष्ट्रपति वीरेन्द्र हुने सहमति समेत भएको थियो दाहालले खुलासा गरे। भाषणको क्रममा स्वर्गीय राजा वीरेन्द्र र भण्डारीलाई पटक पटक देशभक्तको रुपमा सम्बोधन गरेका दाहालले नेपालमा देशभक्तहरूलाई हत्या गर्ने तथा बेइज्जत गर्ने प्रचलन रहे पनि आँफुलाई भने यस्तो अवस्थाले चिन्तित नबनाएको बताए। आँफुलाई दे्शभक्त नेताको रुपमा प्रस्तुत गरेका दाहालले आँफु मृत्युसँग नडराउने बताए। देशभक्त असुरक्षित रहँदै आएको बताउने दाहालले आफुनो सुरक्षा/असुरक्षा बारे भने केही बोलेनन्। '१० वर्ष जनयुद्ध लडेर आएको व्यक्ति भएकाले पनि होला मृत्युसँग डर छैन उनले भने।

स्वर्गीय एमाले नेता भण्डारीसँग कम्युनिष्ट पार्टीको एकता तथा विभिन्न पक्षमा छलफल गर्न उनको हत्या भएको एक सातापछि भेटने मिति तय गरिएको पनि दाहालले खुलासा गरे। 'ललितपुरको एक ठाउँमा २०५० जेठ ११ गते एमाले नेता भण्डारीसँग भेटने तय भएको थियो। तर जेठ ३ गते नै उनको हत्या भयो। अध्यक्ष दाहालले विगतलाई स्मरण गर्दै भने, 'वीरेन्द्र र भण्डारीको माओवादीसँग वार्ता गर्ने मिति तय भइसकेकेा अवस्थामा हत्या हुनु संयोग मात्र थिएन। भारत राष्ट्रवादी व्यक्ति नेपालमा चाहदैन्थ्यो।' कतिपय व्यक्तिले वीरेन्द्रको हत्या दीपेन्द्रले गरेकेा बताउने गरेपनि त्यो किमार्थ नभएको उनले दावी गरे । 'वीरेन्द्र र भण्डारी देशभक्त भएका कारण हत्या गरिएको हो सताब्दी लामो इतिहास कोट्याउँदै दाहालले भने्, 'विदेशी इशारामा भीमसेन थापाजस्ता राष्ट्रभक्तलाई बेइज्जत गर्ने तथा भारतको गुलामी गर्ने जंगबहादुरलाई सत्ता प्राप्त भएका नेपालमा थुपै्र छन्।'

राजनीतिक दलहरूले संविधान सभाको जति वकालत गरेपनि देशेमा परिवर्तनको अवस्था आउनुमा माओवादीको सकारात्मक र पुर्व राजा ज्ञानेन्द्रको नकारात्मक भुमिका रहेको उनले बताए। दरवार हत्याकाण्डपछि ज्ञानेन्द्रतिर लागेका दलहरूलाई दरवारले लात हानेपछि माओवादीतिर लाग्दा परिवर्त सम्भव भएको हो उनले भने । नेपाललाई स्वाधिन बनाउन माओवादी यत्तिखेर अन्तिम लडाई लडिरहेको उल्लेख गर्दै दाहालले यस लडाईमा सबै देशभक्तलाई साथ दिन आग्रह गरे। 'सुगौली सन्धिदेखि अर्ध उपनिवेस रहेको नेपाललाई स्वाधिन बनाउने लडाईमा माओवादी छ। देशलाई माया गर्ने हरेक नेपाली मुक्तिको अभियानमा सामेल हुनुपर्छ उनले भने। देशमा बैदशिक हस्तक्षेपले चरम रुप लिएको बताउने दाहालले चुनावमा जितेपनि जनताका पक्षमा काम गर्ने अवस्था नरहेको बताए। परिवतर्नको आशामा रहेका जनताको चाहना अनुसार जनताले मन नपराएको प्रधानसेनापतिलाई हटाउन खोख्दा सिधै भारतको दवावमा राष्ट्रपतिले निर्वाचित सरकारको निर्णय उल्टाइदिए दाहालले गुनासो गरे , 'जे गर्दा पनि भारतको घुडा टेक्ने परम्परा मान्न माओवादीले अस्वीकार गर्यो। र , सत्ता छाड्यो।'

विदेशीको इशारामा जननिर्वाचित सरकारको निर्णय उल्टाएको दिनदेखि नै नेपालमा प्रतिक्रान्ति सुरू भएको उनले बताए। विगतका दिनमा नारायणहिटीले खेल्ने 'प्रभु'को भुमिका राजतन्त्र अन्त्य पछि दिल्लीले खेलिरहेकोउनले गुनासो गरे। विगतका तुलनामा दाहालको भाषण भारतप्रति वढी आक्रोशपुर्ण थियो।-रुद्र खड्का/निर्मल घिमिरे, गुलरिया/नागरिक

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक