20100127

बिहीबारदेखि दैनिक ११ घण्टा लोडसेडिङ !!!

नेपाल विद्युत् प्राधिकरणले भोलि बिहीबारदेखि लोडसेडिङको समय बढाएर दैनिक ११ घण्टा पुर्याएको छ। नयाँ तालिकाअनुसार अब दिनको एक पटक ६ घण्टा र एक पटक ५ घण्टाका दरले लोडसेडिङ हुने भएको छ। नदीमा पानीको बहावमा व्यापक कमी आई विद्युत् उत्पादन पनि घटेकाले लोडसेडिङ बढेको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख शेरसिंह भाटले बताउनुभयो। बुधबारसम्म दैनिक ९ घण्टाका दरले लोडसेडिङ भइरहेकोमा भोलिदेखि २ घण्टा लोडसेडिङ थप भएको छ। प्राधिकरणले यो वर्ष १२ घण्टा लोडसेडिङ हुने प्रक्षेपण गरे पनि योभन्दा बढी हुने भएको छ।
अपहरणपछि सचिवको गोली हानी हत्या
बाँकेमा एक गाविस सचिव को अपहरणपछि हत्या गरिएको छ। सीतापुर गाविसका सचिव इन्द्रबहादुर श्रेष्ठको अपहरणपछि मंगलबार हत्या गरिएको हो। गाविस परिषद् बैठक सकेर नेपालगन्जस्थित घर र्फकंदै गरेका उनलाई साँझ पौने ५ बजेतिर अज्ञात समूहले अपहरण गरी हत्या गरेको हो। अपहरणको सूचना.....
पाएलगत्तै प्रहरीले उनको खोजी गरे पनि मंगलबार राति पौने १० बजेतिर इन्द्रपुर-४ र ७ को सीमामा पर्ने मानपुरस्थित अडहरबारीमा श्रेष्ठको शव फेला पारेको थियो।  हत्यालगत्तै आ-आफ्नो संलग्नता दाबी गरेका सशस्त्र समूहहरूले श्रेष्ठविरुद्ध विभिन्न आरोप लगाएका छन्। श्रेष्ठको हत्या आफ्नो पार्टी गरेको भन्दै तर्राई जनतान्त्रिक पार्टीधेसका कमान्ड इन्चार्ज बताउने भगत सिंहले सञ्चारकर्मीलाई टेलिफोन गरेका थिए। उनले आफ्ना कार्यकर्तालाई लुटेरा भनेर गाली गरेपछि कारबाही गरिएको दाबी गरे।

आफूलाई तर्राई जनतान्त्रिक पार्टीको जिल्ला इन्चार्ज आदर्श बताउने अर्का व्यक्तिले भ्रष्टाचारमा संलग्न रहेकाले श्रेष्ठको हत्या गरेको दाबी गरेका छन्। दुवै समूहले फरकफरक स्थानमा शव रहेको दाबीसहित सूचना प्रवाह गरेपछि प्रहरीले झन्डै तीन घण्टा लगाएर चारैतिर खोजी गरेको थियो। हत्याको जानकारी पाएपछि बाँकेका अधिकांश गाविससचिव श्रेष्ठको निवास पुगेका थिए। नेपालगन्ज-१६ निवासी श्रेष्ठलाई यसअघि कसैले कुनै धम्की दिएको जानकारी आफूलाई नभएको स्थानीय विकास अधिकारी केदारनाथ शर्माले बताए। सुरक्षास्रोतका अनुसार एक साता अघिदेखि नै जिल्लास्थित सरकारी कर्मचारीहरू असुरक्षित रहेको भन्दै उच्च र्सतर्कतासाथ रहन निर्देशन दिइएको थियो। ‘परिषद् बैठकमा सुरक्षाकर्मी बोलाइनुपथ्र्यो’, एक सुरक्षा अधिकारीले भने- ‘जिल्लामा सुरक्षा जोखिम बढेको सूचना पाइएकाले नै र्सतर्कताको निर्देशन दिइएको हो।’ जिल्ला सुरक्षा समितिको बैठकपछि प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाँले जिल्लाका सबै कार्यालय प्रमुखलाई सुरक्षा र्सतर्कता अपनाउन निर्देशन दिएका थिए।

प्रजिअ बानियाँले उक्त कुरा स्वीकार गर्दै गाविसस्तरमा समेत सुरक्षाको र्सर्कुलर पठाइएको पुष्टि गरेे। उनले नगरमा सुरक्षा व्यवस्था बढाइसकिएको जानकारी दिँदै गाविसस्तरमा समेत उच्च सुरक्षाका लागि निर्देशन भएको बताए। यसैबीच बारा संवाददाताका अनुसार अपहृत गाविस सचिव आसमहमद अन्सारीको खोजतलासका लागि जिल्लामा ठूलो संख्यामा प्रहरी परिचालित गरिएको छ। उनको अवस्था मंगलबारसम्म अज्ञात रहेको छ। अज्ञात समूहले सोमबार दिउँसो गाविस सचिव अन्सारीको अपहरण गरेको थियो।-झलक गैरे

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक